सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग

शुभ खबर, सामुदायिक विद्यालयका अस्थायी शिक्षकले शतप्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । उनीहरुले हाल शिक्षा ऐन (आठौँ संशोधन) ऐन बमोजिम ४९ प्रतिशत अस्थायीका लागि खोलिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न पनि माग गरेका छन् । आयोगको विज्ञापनविरुद्धमा  यहाँ विरोध ¥याली गर्दै उनीहरुले अस्थायी शिक्षकले परीक्षा वा सुविधामध्येको विकल्पमा नभई सबै अस्थायीलाइ कार्यरत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न आवाज उठाएका हुन् ।

पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित ¥याली शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरबारमार्ग हुँदै पुनःशान्तिबाटिकामा कोणसभा गरी सम्पन्न भएको थियो ।

अधिवक्ता कोषराज काफ्लेले राजतन्त्रलेसमेत दिएको अस्थायी शिक्षकको अधिकार लोकतन्त्रमा दलले खोसेको आरोप लगाउनुभयो । पार्टीका अध्यक्ष गोविन्दबहादुर पौडेलले अहिलेको विज्ञापन खारेज गरेर अस्थायी शिक्षकको शतप्रतिशत दरबन्दीमा पुनःअर्को आन्तरिक विज्ञापन नखोलेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । रासस

प्रकाशित मिति : २०७३, २६ चैत्र शनिबार ११:१३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो