प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शुभ खबर, प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ ।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राख्नुभयो ।

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राख्नुभयो । (रासस)

प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार १९:०९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो