उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

शुभ खबर, जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।

जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरेर आयआर्जन गर्ने अवसर मिलेको मालिका गाउँपालिका–५ देवीस्थानका मनबहादुर पुनले बताउनुभयो । मालिका गाउँपालिकाको देवीस्थानमा ‘वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट’ तथा अन्नपूर्ण गाउँपालिकाको नांगीमा ‘हिमाञ्चल सामुदायिक हाते कागज उद्योग’ सञ्चालनमा छ ।

मालिकाको अदिभारा, धौलागिरिको लमसुङ र रघुगंगाको पाखापानीस्थित नेपाली कागज उद्योग मौसमीरुपमा सञ्चालन हुँदै आएका छन् । एउटा उद्योगमा कम्तीमा चारजनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

देवीस्थानका वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योगका सञ्चालक लोकेन्द्र पुनका अनुसार प्रतिकिलो कागज रु ८०० देखि रु छ हजारसम्ममा बिक्री हुन्छ । सरकारी काममा बढी प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुकलगायत सामग्री बनाउन सकिन्छ ।

घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाले स्थानीय स्रोत र सीपमा आधारित उद्योगको विकासका लागि सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सीपमा आधारित उद्यम र व्यवसायमार्फत खेर गइरहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी र आयआर्जनको वातावरण मिलाउने उहाँको भनाइ छ ।  (रासस)

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार १९:४०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो