जापानमा नेपाल फेस्टिबल शुरु

शुभ खबर, अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०औ नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो ।

एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र सङ्घका उपाध्यक्ष भवन भट्टले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

फेस्टिबलमा नेपालका मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिकरुपमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेला अवलोकनका लागि आएका अधिकांश नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकामा रमाएका थिए ।

फेस्टिबलमा राखिएका नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्ति आकर्षक बनेका छन् । फेस्टिबलमा कला सस्ंकृति , पर्यटकीयस्थलको जानकारी, नेपाल चिनाउने पथ प्रदर्शनमार्ग, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहेको आयोजक समितिका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७४, ११ भाद्र आईतवार ०८:२१

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो