दुई विमान खरिद गर्दै निगम

शुभ खबर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले वाइडबडी ए ३३०–२०० दुईवटा विमान खरिद गर्ने भएको छ । आज भएको उक्त विमान खरिद सम्झौतामा निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्नेछन् । । दुवै विमान २०९ दशमलव ६ मिलियन अमेरिकन डलर ९करिब २२ अर्ब रूपैयाँ० मा खरिद गर्ने गरी सम्झौता भएको छ ।

नेपालको उड्डयन इतिहासमा पहिलो पटक यति ठूलो रकम खर्चैर विमान खरिद गरेको महाप्रबन्धक कंशाकारले बताउनुभयो । अहिले खरिद गर्न लागिएको जहाज फ्रान्सको टुलुज सहरमा छ । उक्त एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा विजनेस क्लासका सिट हुनेछन् । दुई जहाज थपिएसँगै पाँचवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान भर्नेछ ।

महाप्रबन्धक कंसाकारका अनुसार नयाँ विमान लामो ‘रेन्ज’ को छ, जुन नेपालदेखि सिधा बेलायतको लण्डनसम्म निरन्तर उडान गर्न सकिन्छ । यसबाट श्रीलङ्का, म्यानमार, जापन, दक्षिण कोरिया, अष्ट्रेलिया, साउदी अरेबीयालगायत गन्तव्यमा उडान भर्नुका साथै हाल भएकै गन्तव्यमा थप उडान थप्ने निगमको योजना छ ।

प्रकाशित मिति : २०७३, २६ चैत्र शनिबार ११:३७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो