राष्ट्रिय युवा सम्मेलन २०१८ हुने

शुभ खबर, अन्र्तराष्ट्रिय युवा दिवस २०१८ को अवसरमा “रुपान्तरित नेपाल : युवा नेतृत्व र नवितम सोच” भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र महिला बेचबिखन बिरुद्धको राष्ट्रिय संजालको संयुक्त आयोजनामा राजधानीमा आगामी अगष्ट १२ देखि १४ सम्म ३ दिने राष्ट्रिय युवा सम्मेलन २०१८ हुने भएको छ ।

प्रत्येक जिल्लाबाट २ ÷ २ जनाको दरमा सहभागीता रहने उक्त कार्यक्रममा सहभागी हुनको लागि १८ देखि ३० बर्ष उमेर समूहको मात्र हुनुपर्नेछ भने सहभागीताको लागि सहभागीहरु आफ्नै जिल्लामा बसी अध्ययन गरिरहेको वा व्यवसाय गरिरहेको वा सामाजिक कार्यहरु गरिरहेको हुनुपर्नेछ ताकी कार्यक्रम समापन भएपछि उक्त सहभागीहरुले आफ्नो गृह जिल्लामा फर्कि त्यहाँको युवाहरुलाई पनि केहि सिकाउने अवसर रहोस र ग्रामिण परिबेसका युवाहरुलाई पनि सशक्तिकरण गर्न सकोस भन्ने अभिप्रार्य यस कार्यक्रमको रहेको छ ।

कार्यक्रमको पहिलो दिन युवा उद्यमशीलता सम्बन्धि बिषयमा बिशेष छलफल, प्रस्तुतीकरण, अन्र्तक्रिया गरिनेछ भने बिभिन्न बिशेषज्ञहरुले आफ्नो प्रस्तुतीकरण हुनेछ । त्यसैगरि दोस्रो दिन दिगो बिकास लक्ष्य सम्बन्धि प्यानल छलफल, बिज्ञहरुको प्रस्तुतिकरण, छलफल रहनेछ भने अन्तिम दिन सहभागीहरुलाई ७ प्रादेशिक समूहमा बिभाजन गरी प्रत्येक प्रदेशको भाबी कार्ययोजना बनाई उक्त कार्ययोजनालाई प्रदेश प्रमुख वा मुख्यमन्त्री ज्यूलाई हस्तान्तरण गरेर राष्ट्रिय युवा सम्मेलन २०१८ समापन हुनेछ ।

यस सम्मेलनमा मुलुकभरबाट करिब २३० जना नेपाली युवाहरुको सार्थक सहभागीता रहनेछ भने बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरु, व्यवसायीक संस्थाहरु लगायतका अन्य संघसंस्थाहरुको सहकार्य रहनेछ । यस सम्मेलन नेपाल युवा परिषदको पाचौं युवा सम्मेलन हो ।

यस सम्ममेलनमा बिभिन्न सहायक कार्यक्रमहरु पनि हुनेछ जस्तै युवा साँस्कृतिक साँझ, युवा व्यवसायीहरुको बिशेष भेटघाट साथै अन्य गतिबिधिहरु पनि आयोजना हुनेछ ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार १५:१६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो