नेपालमा मोटरसाईकलिंग स्पोर्ट्स

दिक्षा र रामविक्रम बने दशककै उत्कृष्ट राइडर

शुभ खबर,  ख्यालख्यालैमा नेपाली मोटर स्पोर्ट्सले १ दशकको यात्रा सुरु गरेको छ, अर्थात् ९ वर्ष पुरा गरेको छ | सामान्य मनोरञ्जन यात्रा, टुरीजम् प्रोमोसन तथा कम्पनीको प्रोमोसनको लागि मात्र नेपालमा भैरहेको गतिविधिलाई एकैपटक साहसिक स्पोर्ट्स , साहसिक पर्यटनको मूल आधार तथा कला , साहित्य र समाज सेवाको संजोगको रुपमा समेत उदाएको छ  नेपालमा मोटरिंग | २०६५ सालमा नासाको स्थापना हुदा कुनै चर्चा परिचर्चा र स्थान ग्रहण  गर्न नसकेको मोटर स्पोर्ट्स नेपालमा मात्र नभई संसारमै चर्चामा पुगेको छ | त्यसको श्रेय नासाका अफिसियल , प्राविधिक लाई जान्छ नै तर त्यो भन्दा ठुलो योगदान नेपाली राइडर्स्/ ड्राइभर्स ले गरेका छन् अत्युक्ति नहोला |

 

आज दिक्षा श्रेष्ठ , अमन चौधरी , रामबिक्रम थापा , उपेन्द्र प्याकुरेल , आसिक लामा तथा प्रत्यूष कुईकेल जस्ता खेलाडी को श्रम , सिप , साहस र सिर्जनामा अडेको मात्र होइन सुरक्षित् रुपमा गुडेको पनि  छ मोटर स्पोर्ट्स | हो तिनै राइडर्सलाई बिर्सने कुरा कल्पना भन्दा रह्यो | तसर्थ यो पहिलो दशकका दुई जना राइडर्स छनौट गरि दशककै उत्कृष्ट राइडर्स घोषणा गरियो यहि Dec२३ गते काठमाडौँमा ,जसले नेपाली मोटर साइकिलींग स्पोर्ट्सलाई आज संसारमा चिनाउन महत्वपूर्ण योगदान गरेको ठहर नासा तथा मोटर साइकल फेडेरेसनले गरे|

कुनै बगैचामा फुलेका फूलहरु मुलत : सबै सुन्दर हुन्छन्, त्यस्तै नेपाली राइडर्स र ड्राइभर्सहरु सबै सुन्दर फूल हुन्  समग्र क्षेत्रको हिसाबले त्यसमा रामबिक्रम र दिक्षा अझ सुन्दर निस्कीएका मात्र हुन् |

मोटरसाइक्लिंग स्पोर्ट्समा दिक्षा श्रेष्ठ र रामबिक्रम थापा दशककै उत्कृष्ट खिलाडी बन्न सफल भएका छन् | गत पौष ८ र ९ गते संम्पन्न भएको मोटरसाईकलिंग सम्मेलनमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष्  माननीय जीवनराम श्रेष्ठज्यू को हातबाट दुवै खिलाडीहरुलाई पच्चीस- पच्चीस हजार रुपैंया नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरियो | उनीहरु बिगतका केहि वर्ष देखि बाट मोटर रेसिंग क्षेत्रमा आफ्नो पहिचान बनाउदै आईरहेका छन् |

धुलिखेल निवासी २० वर्षीय खेलाडी दिक्षा श्रेष्ठले मोटरस्पोर्ट्समा निकै ख्याती कमाई सकेकी छिन् | उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा समेत सहभागीत जनाएकी छिन् | उनि होन्डा दिवा कप २०१३ मा प्रथम, रेसमाण्डु २०१४ मा प्रथम, रेसनारि २०१६ र २०१७ को विजेता भएकी थिइन् | साथै मलेसियामा आयोजित एसिया कप अफ रोड रेसिंग २०१६ मा सहभागि पनि भएकी थिइन् | स्नातक तहमा अध्यनरत दिक्षा श्रेष्ठको मोटर स्पोर्ट्समा भविष्य उज्वल देखिन्छ|

 

यसै गरि रामबिक्रम थापा पनि मोटरस्पोर्ट्स क्षेत्रमा चर्चित छन् | उनि  रेसमाण्डु १,२,३,४,५ मा सहभागी भएका थिए भने रेसमाण्डु ४ का बिजेता पनि हुन् | साथै रेसमाण्डु ५ को नेशनल क्याटागोरी मा पाचौं पनि भए | थापाले एसिया कप अफ रोड रेसिंग जस्ता अन्तराष्ट्रिय खेलहरुमा पनि सहभागिता जनाएका छन् | हालै भारतमा सम्पन्न  एसिया कप अफ रोड रेसिंग २०१७ मा सहभागी भएर उनले नेपाललाई तेस्रो स्थान समेत दिलाए |

 

प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार ०९:०८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो