पहिलो पटक भव्य रुपमा मोटरसाइक्लिङ सम्मेलन सम्पन्न

शुभ खबर, काठमाडौं – नेपालमै पहिलो पटक विशेष प्रकारको राष्ट्रिय मोटरसाइक्लिङ सम्मेलन (National Motorcycling Conference) सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइक्लिस्ट महासंघ, फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिज्म (FIM) को सहयोग तथा नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) सँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा आयोजित मोटरसाइकल सम्मेलन सम्भवतः विश्वमै यस प्रकारको पहिलो सम्मेलन भएको बताइएको छ।

गत पुस ८ र ९ गते सम्पन्न मोटरसाइकल सम्मेलनको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले गरेका थिए भने लक्ष्मन लमशालले धुलिखेल मोटरल्याण्डलाई चाहिएको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्नु भयो। उक्त कार्यक्रमको समापन सत्रका मुख्य अतिथि सांसद योगेश भट्टराई थिए । कार्यक्रममा उपस्थित सहभागीहरुको संख्या एक सय थियो।

कार्यक्रमलाई संचालन नासाका उपध्यक्ष् मेघराज पौड्याल ले गर्नु भयो भने । कार्यक्रमलाई निरन्तरता महासचिव गोविन्द भट्टराई र उपध्यक्ष् सिताराम न्यौपानेले दिनु भयो।

दुईदिने कार्यक्रमको पहिलो दिन अर्थात् शनिबारको उत्घाटन सत्रमा खेलाडी दिक्षा श्रेष्ठ र राम बिक्रम थापालाई माननीय जीवनराम श्रेष्ठज्यू को हातबाट पच्चीस-पच्चीस हजार रुपैंया नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरियो।

सम्मेलनमा एउटै विषय अर्थात मोटरसाइक्लिङको बारेमा १० वटा कार्यपत्र प्रस्तुत गरिएका थिए भने फरक फरक विषयमा २२ जना बक्ताहरुले अत्यन्तै महत्वपूर्ण टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा इन्जिनियरिङ, अटोमोबाइल्स, पर्यटन, खेलकुद र व्यवसायिक क्षेत्रमा संलग्न मानिसहरुको उपस्थिति थियो । नासाका महासचिव गोविन्द भट्टराईले भिडियो, प्रोमो तथा डकुमेन्ट्री प्रस्तुत गरेका थिए ।

सम्मेलनमा मोटरसाइक्लिङ स्पोर्ट्सको वारेमा सन्तोष न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस विषयमा नेपाल ओलम्पिक कमिटीका बोर्ड मेम्बर निलेन्द्रराज श्रेष्ठ, पत्रकार निरञ्जन राजबंशी र भिजी अटोमोबाइल्सका बिजनेस हेड श्याम पाण्डेले टिप्पणी गरेका थिए । त्यसैगरी स्पोर्ट्स ः परिचय र महत्व बारेमा राष्ट्रिय खेलकुद परिषदका निर्देशक डा. प्रकाश प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । सो विषयमा खेलाडी दीपक बिष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष पिताम्बर तिमल्सिना र नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिव सुशील तण्डुकारले टिप्पणी गरेका थिए ।

नासा र यसको महत्व वारेमा सुवाश भट्टराईले प्रस्तुत गरेको कार्यपत्र माथि क्लिकमाण्डुका प्रधान सम्पादक सागर गजुरेल, ब्राजिल ओलम्पिक २०१६ का रेफ्री दीपक थापा र यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले टिप्पणी गरेका थिए ।

सेफ राइड ः सेभ लाइफ वारेमा नेपाल अर्थोपेडिक एसोसिएसनका अध्यक्ष डा. बुलन्द थापाले प्रस्तुत गरेको कार्यपत्रमा इन्डियन एलाइन्स अफ एनजिओज फर रोड सेफ्टीका डाइरेक्टर रजनी गान्धी र होन्डा सेफ्टी राइडिङका संयोजक मन्दिप रेग्मीले टिप्पणी गरेका थिए ।

डाइभर्सिटी इन मोटरसाइक्लिङ विषयमा माउन्टेन स्पोर्ट्स फेडरेसनका कोषाध्यक्ष मेघराज पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्याल, डब्लुडब्लुएफ नेपालका डेपुटी डाइरेक्टर उगन मानन्धर र पूर्व मन्त्री कर्णबहादुर थापाले टिप्पणी गरेका थिए ।

विमेन पावर इन मोटरसाइक्लिङ विषयमा काठमाडौं विश्वविद्यालयकी लेक्चरर ईन्जिनियर नम्रता श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमा यूएनओएसडीपीका योङ लिडर रोमी गिरी, सेभेन समिटर्स विमेनकी सदस्य माया गुरुङ र इन्डियन एलाइन्स अफ एनजिओज फर रोड सेफ्टीका डाइरेक्टर रजनी गान्धीले टिप्पणी गरेका थिए ।

ट्रान्सपोर्टेसन इन्जिनियर आशीष गजुरेलले ‘मोटरसाइकल ः इकोनोमी, डेभलपमेन्ट विथ च्यालेन्ज’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि सडक बोर्ड नेपालका डाइरेक्टर इन्जिनियर सागर ज्ञवाली र नेपाल उद्योग वाणिज्य संघका युथ आन्त्रप्रेनर्स कमिटीका बोर्ड सदस्य सुदर्शन बस्नेतले टिप्पणी गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको   का डिपार्टमेन्ट प्रमुख डा. लोकेन्द्र शेरचनले ‘स्पोर्ट्स साइन्स ः ग्रिन एन्ड क्लिन स्पोर्ट्स’ विषयमा प्रस्तुत गरेको कार्यपत्र माथि नेपाल नेटबल एसोसिएसनका महासचिव दीपक लामा, राखेपका निर्देशक रिमबहादुर रानाभाट र वातावरण अभियन्ता तथा राइडर सुमित श्रेष्ठले टिप्पणी गरेका थिए ।

हुन्डाई मोटर्स, नेपालका तालिम प्रमुख बाशुदेव तिमल्सिनाले प्रस्तुत गरेको अटोमोबाइल : परिचय र इतिहास वारेको कार्यपत्र माथि एचएच बजाज नेपालका सर्भिस हेड उमेश श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका असिष्टेन्ट लेक्चरर बिजेन्द्र श्रेष्ठ र बतास अर्गनाइजेसनका सिनियर म्यानेजर सुशील तण्डुकारले टिप्पणी गरेका थिए ।

सो कार्यक्रममा नेपाल मोटरसाइकल फेडरेसनका अध्यक्ष सीताराम न्यौपानेले मोटरसाइकल फेडरेसनको परिचय, योजना र यसको नेतृत्व वारेमा जानकारी प्रदान गरेका थिए।

कार्यक्रममा पूर्व मन्त्रि कर्ण वहादुर थापा विशेष वक्ता थिए । त्यसैगरी उक्त कार्यक्रममा सडक बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत कृष्ण सिंह बस्नेतले सडक बोर्ड र नासासँगको सहकार्यको वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा इन्डियन रोड सेफ्टि एलाइन्सका सदश्य रजनि गान्धि र जस्ट स्पोटर्स कलकत्ताका निर्देशक तमाल घोषल समेतले आफ्नो विचार राखेका थिए ।

प्रत्येक सत्रको अन्त्यमा प्रस्तोता र वक्तालाई नासा तथा एनएमएफका पदाधिकारीको हातबाट सम्झनाको चिनो समेत प्रदान गरियो ।

कार्यक्रममा उपस्थित हुनुभएकी निरा रानाभाटले ट्राफिक जाम शीर्षक रहेको मनोरंजनात्मक गीत समेत गाउनु भयो।

नेपालका लागि महत्वपूर्ण मानिएको उक्त सम्मेलन मार्फत विभिन्न दश बुँदे प्रस्ताव पारित गरिएको छ ।

सम्मेलनले मुलत :

  • बिसौं मोटरसाइकलका प्रयोगकर्ता को सुरक्षा , व्यबस्थापन र चासोलाई ध्यान दिदै फेडेरेसन अब मोटरसाइक्लिस्टहरुको संगठनमा रुपान्तरण हुने ।
  • सरल र सार्वजनिक यातायात , वैकल्पिक उर्जा तथा एकीकृत यातायात ब्यबस्थापनका लागि सरकार र सम्बन्धित निकायलाइ सुझाव र दवाब दिने ।
  • मोटरसाइक्लिंग मार्फत शाहसिक पर्यटन प्रवर्धनमा ध्यान दिने , अवको टुरिजम ड्राइभ ।
  • सात वटै प्रदेशमा स्थाई/अस्थाई रेसिंग सर्किट निर्माण गर्दै नेपाललाई साहसिक खेलकुदको केन्द्रको रुपमा विकास गर्न विभिन्न अभियान संचालन गर्ने ।
  • मोटरसाइक्लिंग सेफ्टीको लागि राष्ट्रिय/अन्तराष्ट्रिय संघ संस्था निकाय संग सहकार्य गर्न, सडक तथा हेल्मेटको राष्ट्रिय गुणस्तर मापदण्ड निर्माणमा सम्बन्धित निकायलाई जोड दिने।
  • मोटरसाइक्लिंग मार्फत महिला अभियान संचालन गर्दा प्रभावकारी देखिएकोले क्रमश देशव्यापी रुपमा Women power in Motorcycling र Women in Sports and Adventure अभियान संचालन गर्ने ।
  • नेपालकै ठुलो र महत्वपूर्ण क्षेत्रको उपभोक्ताहरु संगठित हुने भएकोले उपभोक्ता अधिकार कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने साथै Save Mobility Right को अवधारणा अगाडी सार्ने ।
  • स्पोर्ट्स मार्फत वातावरण तथा रोजगारी सृजनाको लागि संभाब्यताको खोजि गर्न अभियानहरु संचालनमा ल्याउने।
  • Ride Green/Ride Clean र Road safety जस्ता FIM का अभियान अगाडी बढाउने ।
  • लाखौँ मोटरसाइक्लिस्टहरु लाई संगठित गर्न दिर्घकालिन रण्नीतिक / योजना /क्लब आदि को निर्माण गर्ने ।

साथै कार्यक्रमको समापन सत्रमा नेपाल मोटरसाइकल फेडेरेसनको नयाँ कार्यसमिति समेत गठन गरियो भने नेपाल मोटर स्पोर्ट्स क्लबका कार्यसमितिका सदस्य अमरज्योति रंजित द्वारा यहि डिसेम्बर ३० तारिकका दिन धुलिखेलमा रहेको हिमालयन मोटरल्याण्ड रेसिंग सर्किटमा हुन लागेको नेपालकै पहिलो जिमखाना रसको समेत ब्यहोरा गराइयो।

नेपालको सन्दर्भमा जहाँ मोटर साइकलको संख्या दिनानु दिन बढ्दो छ ,यस किसिमको सम्मेलनले सहभागी तथा जनता माझ सवारी सुरक्षाका उपायहरु, सडक सुरक्षाका आधारभूत जानकारीहरु प्रस्तुत गर्न मद्धत पुर्याउछ ।

प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार १२:५४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो