राष्ट्र र राष्ट्रियताका लागि सिड्नीमा एक उत्प्रेणात्मक कार्यक्रम हुने

शुभ खबर, सकारात्मक जीवन , राष्ट्र , राष्ट्रियता र स्वाभिमान जागरणका लागि सिड्नीमा एक भव्य उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । जहाँ नेपालका पूर्व  मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्यायधिश खिलराज रेग्मि , विश्व शान्ति परिषदका शान्ति दुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ), प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानीया,नागरिक समुहका प्रमुख तथा प्रेरक वक्ता निगम हुंमागांईं लगायतका वक्ताहरूको जोडदार प्रस्तुती रहने छ ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना र असनेपालन्युजको प्रस्तुतिमा ४ फेब्रुअरि २०१८ आईतबार ३ बजे देखि हर्ट्स्भिल स्थित सिभिक थिएटरमा आयोजना हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सह आयोजकमा नागरिक समाज, नेपाल , भिएफएम लगायतका संस्थाहरू रहेका छन्। कार्यक्रममा  राजदुतावास , महावाणिज्य दुतावास ,गैर आवसीय नेपाली संघ अस्ट्रेलिया  र विभिन्न संघ संस्थाको सहभागिता रहने जनाइएको छ । नेपाली समुदायले नेपाल सहयोग का लागि के-के गर्न सक्छन् !न्यायाधिश देखि प्रधानमन्त्री सम्मको यात्रामा नेपालका के के रहस्यहरू भेटिए ?एक स्वाभिमानि पत्रकार किन विदेश लाग्नु पर्‍यो ? नेपाललाई नयां युगको सम्पन्न राष्ट्र बनाउंन अब विदेशका नेपालीले के गर्न सक्छन् ? एक सुखी, तनाव रहित र सकारात्मक नागरिक बनेर देशलाई कसरी सघाउंन सकिन्छ ? लगायतका बिषयमा प्रेरक अभिव्यक्ति र वहस हुने जनाईएको छ ।

कार्यक्रममा अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विध्यार्थी संगठनका केन्द्रीय अध्यक्ष विजय सापकोटा लगायतको प्रस्तुती रहने छ । सञ्चार कर्मि तथा स्वाभिमान अभियानका अभियान्ता प्रेम बानीयाले असनेपालन्युजलाई प्रतिकृया दिंदै भने।” यो कार्यक्रम राष्ट्रियता र स्वाभिमान जगाउनको निम्ती एक कोशेढुङगा बन्ने विश्वास लिएको छु । “

राजनीतिक दल ,गुट र उपगुट भन्दा पनि स्वच्छन्द राष्ट्र निर्माण र जीवन उत्थानको कार्यक्रम भएकाले यो अष्ट्रेलियाकै एक ऐतिहासिक कार्यक्रम हुने समुदायका अगुवा राम्जी विस्टले असनेपालन्युजलाई बताए।

यस महाउत्प्रेरणा कार्यक्रममा सहभागीहरूले विभिन्न समयमा दिनु भएका प्रेरक प्रस्तुतीहरू यस्ता छन: नेपालका पूर्व  मन्त्री परिषदका अध्यक्ष तथा प्रधानन्याधिश खिल राज रेग्मि

विश्व शान्ति परिषदका शान्ति दुत ,नेपाल फिजी सान्स्कृतिक राजदुत तथा उत्प्रेरक वक्त्ता आचार्य राजन शर्मा (भीमसेन सापकोटा ),

प्रख्यात संचारकर्मि तथा प्रखर वक्ता प्रेम बानियाँ

नागरिक समूहको अध्यक्ष तथा संयोजक र प्रेरक वक्ता निगम हुंमागांईं

सो कार्यक्रमको निम्ती थप जानकारी छिटै सार्बजनिक गरिने आयोजकले  बताएका  छ।

Source: Ausnepalnews.com

प्रकाशित मिति : २०७४, १० माघ बुधबार ०९:२९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

शुभ खबर, प्रदेशसभा र संघको निर्बाचन पश्चात प्रदेशमा बिभिन्न व्यक्तिहरुलाई बिभन्नि जिम्मेवारी प्रदान गरिएको जस अन्र्तगत प्रत्येक प्रदेशको प्रदेश प्रमुख, […]

२०७४, १२ फाल्गुन शनिबार ११:३०
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

शुभ खबर, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । […]

२०७४, ११ फाल्गुन शुक्रबार १९:०९
ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख […]

२०७४, ११ फाल्गुन शुक्रबार १३:५०
नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

शुभ खबर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा […]

२०७४, ११ फाल्गुन शुक्रबार ०९:३७
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

शुभ खबर, विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको […]

२०७४, ११ फाल्गुन शुक्रबार ०८:५५
पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

शुभ खबर, नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको पाँचौ नुवाकोट महोत्सवको तयारी तिव्र […]

२०७४, १० फाल्गुन बिहीबार १९:०२
भिडियो