पौष २७ मा “राष्ट्रिय एकिकरण तथा एकता दिवस” विशेष समारोह -२०७३

शुभ खबर, राष्ट्र निर्माताको सम्मान, लोकतान्त्रिक गणतन्त्रको पहिचान” भन्ने मुख्य नाराका साथ राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आगामी पौष २७ गते नागरिक समूहको आयोजनामा राष्ट्रिय एकिकरण तथा एकता दिवस मनाईदैछ ।

करिब ४ बर्ष अघि “राष्ट्रिय समृद्घिका लागि भष्टाचारमुक्त समाज” भन्ने उदेश्यका साथ स्थापना भएको नागरिक समूहले बिभिन्न समयमा राष्ट्रिय स्तरको कार्यक्रमहरु संचालन गरिरहेको छ । साथै यस समूहको अभियान देश जबसम्म समृद्घितर्फ अघि बढ्दैन तबसम्म निरन्तर चलिरहनेछ ।

यस अभियनामा बिभिन्न क्षेत्रका युवा, उद्यमी, शिक्षक, बिद्यार्थी, पत्रकार, सामाजिक अभियान्ता लगाएतका बिभिन्न व्यक्तिहरुको एक्येबद्घता रहेको छ । नागरिक समूहले बिभिन्न भागमा टुक्रिएर रहेका बाईसे र चौबिसे राज्यहरुलाई एकिकृत गर्ने राष्ट्रनिर्माता पृथ्बीनारायण शाहले गर्नु भएको अतुलनीय योगदानको कदर गर्दै राष्ट्रिय एकिकरण तथा एकता दिवस मनाउन लागेको जानकारी मुलआयोजक समितिबाट प्राप्त भयो ।

यस राष्ट्रिय एकिकरण तथा एकता दिवसमा देशभर बाट करिब २००० भन्दा बढी राष्ट्रप्रेमी व्यक्तित्वहरुको सहभागीता गराउने उदेश्यका साथ व्यापक तयारी भईरहेको छ ।

राष्ट्र अहिले बिखण्डको भुमरी परिरहेको बेलामा यस्तो कार्यक्रमको महत्व निकै ठुलो हुने र अनिबार्य समेत रहेको कुरा नागरिक समूहको संयोजक निगम हुमागाईले बताउनुभयो । हाम्रो देशमा यस्तो बिडम्बना छ की न हाम्रो राष्ट्रिय दिवस छ, न हाम्रो राष्ट्रिय पोशाक नै छ अनि संघियताको नाममा हामीलाई बिखण्डन गर्न खोजिदैछ त्यसैले हामीले सम्पूर्ण राष्ट्रप्रेमी सम्पूर्ण नेपालीहरुलाई यस कार्यक्रममा सहभागीताको लागि हार्दिक अनुरोध समेत गरेका छौ ।

आगामी पौष २७ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा दिन २ बजेबाट सुरु हुने यस कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिमा तय भएको भने, बिशिष्ट अतिथिहरुमा कांग्रेसको नेता रामशरण महत, नेकपा माओबादीका नेता एवं सुचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्की लगायतका अन्य व्यक्तिहरुको समेत उपस्थिति रहने कार्यक्रम छ । साथै यस निकै महत्व बोकेको कार्यक्रमलाई सभ्य र भव्य बनाउन कुनै कसुर बाँकी नराख्ने कुरा नागरिक समूहको अध्यक्ष निगम हुमागाईले बताउनुभयो ।

प्रकाशित मिति : २०७३, २४ पुष आईतवार ११:३५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो