सोह्रवटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

शुभ खबर, बेनी, म्याग्दी, असोज १८ गते  । संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।

जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् । बेनीको शिरमा रहेको गुफाको डिलबाट धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

धौलागिरि हिमालमा मात्रै विभिन्न छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ ।

नांगो आँखाले गुर्जा हिमालदेखि माछापुच्छे«सम्म एकै नजरमा हेर्न पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस एकै नजरमा सररर हेर्न सकिन्छ ।

यसैगरी, पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाका डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ । गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिस पुग्ने गरेका स्थानीय नवीन बानियाँले जानकारी दिनुभयो ।

म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घण्टा र गाडीमा एक घण्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार १०० मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजंगल देख्न पाइन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिक्निकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्ने बताउँछन् ।

जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफाको डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताउनुभयो ।

प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टक तान्न सकिने उहाँको भनाइ छ ।

सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाँज्ने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किंवदन्ती रहेको छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाँज्ने गाउँ तथा गुफाको डिल हेर्न मानिस पुग्ने गरेका छन् ।  (रासस)

प्रकाशित मिति : २०७४, १८ आश्विन बुधबार १४:३४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो