भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

शुभ खबर, नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गर्नुभयो ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्नु भएको थियो । पशुपतिनाथ मन्दिर परिसरमा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँको स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थियो ।
भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताउनुभएको थियो । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उहाँले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गर्नुभयो । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराउनुभएको थियो ।

पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गर्नुभएको जानकारी दिनुभयो ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गर्नुभएको थियो । त्यसबेला पूजापछि उहाँले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ रु २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गर्नुभएको थियो ।  (रासस)

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार १४:१६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो