‘मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको छ, उहाँ कसरी असफल ?’

शुभ खबर, नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पार्टीका पदाधिकारी चयन हुने विश्वास दिलाएका छन्। रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘पार्टी सभापतिजीले सर्वसम्मतीमै पदाधिकारी चयन गर्नको लागि बैठक २१ गते डाक्नुभएको छ, मतदान नै गर्ने हो पनि सभापतिसँग सम्मानजनक बहुमत छ।’

उनले निर्वाचनमा पराजयको समीक्षा गर्दै आफ्नो चुनौतीलाई सामनासहित काँग्रेस अघि बढ्ने बताए। आफूहरु लोकतान्त्रिक पार्टी भएकाले विवादहरु भएपनि त्यसको व्यवस्थापन गर्दै यही वैशाख २१ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारीको मनोनयन गर्ने जानकारी दिए। उनले २१ गतेको बैठक कसैलेपनि बहिष्कार नगर्ने स्पष्ट पारे।

आउने चुनावमा कांग्रेसलाई सशक्त बनाउनको लागि पार्टीभित्र आन्तरिक एकता मजबुद हुनुपर्ने उनको भनाई थियो। उनले भने, ‘हाम्रो पार्टीमा नेतृत्व भनेको सामूहिक हुन्छ, एमाले–माओवादीजस्तो एक जनाले जे भन्यो त्यही हुने होइन।’

पूर्व मन्त्री समेत रहेका नेता विश्वकर्माले आफूले धेरै पहिलेदेखि नै एमाले–माओवादीबीच एकता होस् भनेर शुभकामना दिएको उल्लेख गर्दै फेरि पनि चाँडो भन्दा चाँडो एकता होस् भन्ने पक्षमा आफू रहेको बताए।

अहिले मुलुक कांग्रेस सभापतिकै नीतिमा अघि बढेको दाबी गर्दै उनले कसरी सभापति असफल भन्दै प्रश्न गरे। उनले भने, ‘सभापतिजी सफल हुनुहुन्छ, कांग्रेसले खेल जित्नको लागि मैदान भत्काउने काम गरेन, सभापति देउवाले संविधान कार्यान्वयनको लागि चुनाव गराएर छोड्नुभयो।’

सभापति देउवालाई ‘अनपुपलर’ बनाएर कांग्रेसलाई कमजोर बनाउनेहरुले असफल भनेर आरोप लगाएपनि अहिले मुलुक देउवाकै नीतिमा अघि बढेकोले सभापति सफल भएको उनको दाबी थियो।

उनले भने, ‘हिजो गिरिजाप्रसाद कोइराला जुन परिस्थितिमा हुनुहुन्थ्यो, आज देउवापनि त्यही परिस्थितिमा हुनुहुन्छ, गिरिजा कोइरालाजस्तै सफल सभापति भएर देउवाजी अघि बढ्नुहुन्छ।’  स्रोत : नागरिक न्युज

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलवार १७:४१

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो