नेपालको संविधान संसारकै गर्व गर्न लायक छ: नेता नेपाल

शुभ खबर, नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो –“जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा काँग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ ।”

नेता नेपालले नेपालको संविधान संसारकै गर्व गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उहाँले “कम्युनिस्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन्,” भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अब इमान्दारिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर राज्य सञ्चालन गरिने बताउँदै योग्य मान्छेलाई जिम्मेवारी दिइने व्यवस्था गरी विकास निर्माणको अध्याय शुरु गरिने धारणा व्यक्त गर्नुभयो ।

“इमान्दारीपूर्वक काम गर्ने हो भने समृद्धि र विकास टाढा छैन”, उहाँले भन्नुभयो । नेता नेपालले आफ्नो पार्टी र नेकपा (एमाले)का बीच एकता हुनेमा आशङ्का नगर्न आग्रह पनि गर्नुभयो । (रासस)

प्रकाशित मिति : २०७४, १२ पुष बुधबार १६:०९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो