एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

शुभ खबर, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी हुनुभयो ।

नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुग्नुभएका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको हो ।

अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत माग्नुभएको थियो ।

दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गर्नुभयो । “यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,” प्रचण्डले भन्नुभयो, “यस्तो व्यक्ति तपाईहरुले प्राप्त गर्नुभएको छ । यो तपाईहरुको पनि गौरवको कुरा हो ।”

सभालाई सम्बोधन गर्नुहुँदै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी दुई फरकफरक आन्दोलनका प्रतिक हौँ” नेपालले भन्नुभयो, “अहिले एकै ठाउँ उभिएका छौँ ।”  (रासस)

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार १९:०६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो