बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ ।

उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला पारेर सिकाउन थालेको छ ।

धर्म, संस्कृति, र बाजा जोगाउनका लागि आफूहरु लागेको समाजका अध्यक्ष किरण शाक्यले बताउनुभयो । “भजन र बाजा नजोगाएसम्म धर्म, संस्कृति र जातीय अस्तित्व जोगिँदैन”, उहाँले भन्नुभयो । बाजा बजाउने सीपको हस्तान्तरण युवा पुस्तामा हुन नसकेको समाजका उपाध्यक्ष जयन्द्र शाक्यले बताउनुभयो । युवा पनि बाजा बजाउनेतर्फ भन्दा अन्य क्षेत्रमा आकर्षित भएकाले धिमेलगायत विभिन्न स्थानीय बाजा लोप हुन लागेकाले यसलाई जोगाउन लागेको  उहाँले बताउनुभयो ।

खाँदबारीमा ३०० भन्दा बढी शाक्य समुदायको घरपरिवार छ । नेवार समुदायमा धिमे बाजा महत्वपूर्ण मानिन्छ । भजन र बाजाको संरक्षण गर्ने अभियानस्वरूप उनीहरूले धिमे बाजा र तबला बजाउन तथा भजन सिकिरहेका छन् । “यस पटकको बुद्धजयन्ती त्रिरत्न बुद्ध विहारमा मनाउन सबै भेला भएर भजन गाउँछौँ”, जयन्द्रले भन्नुभयो ।

गोरखापत्र अनलाईनबाट

प्रकाशित मिति : २०७५, १ बैशाख शनिबार २१:००

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो