नेपाल प्रकृतीको सुन्दर उपहार र ब्यवस्थापन लथालिंग भएको देश : लायन रुद्रहरि ज्ञवाली

बिगत लामो समयदेखि लायन्समा कार्यरत हुनुहुन्छ नेपालमा लायन्सको बास्तविकता के रहेको छ ?

नेपालमा लायन्स क्लब भनेको सबभन्दा पहिला यसको उदेश्य नै बुझ्नु पर्छ । हामी सेवा गर्छौ भन्ने यसको मुल मर्म हो । सन् १९१७ तात्कालिन प्रथम युद्ध चलिरहेको अबस्थामा एक जना विमा ब्यवसायी मिल्मिन जोन्स भन्ने ब्यक्तिले हामी स्थानिय केही क्लबहरु मिलेर मानव कल्याणका लागि केही गरौँ भनि २० वटा स्थानिय क्लबहरुलाई मिसाएर एउटै उदेश्य एउटै नैतिक सिद्धान्त अनुसार अगाडि जाउँ भनेर लायन्स क्लब नेसनल भनेर स्थापना गर्नु भयो । १९२० मा जब क्यानडामा पनि अर्को क्लब खोल्यो त्यसपछि यसको नाम लायन्स क्लब इन्टरनेसनल भयो । त्यसपछि एकपछि दुई, दुईपछि तिन राष्ट्र हुदैँ अहिले हामी २११ वटा देशमा फैलिएको छ । नेपालको सन्दर्भमा कुरा गर्दा १९७१ म स्वर्गिय मातृका प्रसाद कोइरालाले लायन्स क्लब अफ बिराटनगरको नामबाट लायन्स क्लब स्थापना नेपालमा प्रवेश गराउनु भएको हो । यो अभियानको नेपालमा अहिले १८ हजार भन्दा बढि सदस्यहरु छन्, ६५५ भन्दा बढि क्लब छौँ, चार वटा डिस्ट्रिक्स र एउटा मल्टिपल रहेको छ । यसको सबभन्दा सुन्दर पक्ष भनेको यो गैरराजनितीक, धर्म निरपेक्ष, जातजाति वर्ग सम्प्रदाय सबै निरपेक्ष केलब मानव कल्याणको हिसाबले मानवहरुले मानवहरुका लागि नै केही गर्ने, केही सक्नेले केही नसक्नेहरुका लागि सहयोग गर्ने उदेश्यका साथ यो स्थापना भएको हो । नेपालमा यसको परिस्थिती यो र क्रमश बढ्दो क्रममा रहेको छ ।

लायन्सले नेपालमा बिशेषगरि कुन कुन क्षेत्रमा काम गरिरहेको छ ?

खासगरि स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा र वातबरणको क्षेत्रमा हो । स्वास्थ्य कै क्षेत्रमा भन्नु हुन्छ भने झण्डै झण्डै सरकारले गर्ने भन्दा दोब्बर मोतियाबिन्दुको निशुल्क अपरेशन लायन्सले गर्छ । नेपालमा भएका सबै आँखा अस्पतालसंग लायन्स क्लबको दौत्य सम्बन्ध रहेको छ । तपाईले टिचिङ अस्पतालमा हेर्न सक्नु हुन्छ, बि.पी कोइराला लायन्स अफताल्मिक आई केयर सेन्टर स्थापना भएको छ, बुटवलमा बुटवल लायन्स आँखा अस्पताल छ, लुम्बिनी रण अम्बिका लायन्स आँखा अस्पताल भैरहवामा छ, सगरमाथा लायन्स आई केयर सेन्टर, दोलखा लायन्स आई केयर सेन्टर, आँखाको हरेक अस्पतालसंग यसको राम्रो सम्बन्ध रहेको छ ।

आफैले मिनभवनमा आँखा अस्पताल चलाएको पनि छ र अन्य सबै अरु आँखा अस्पताललाई अपग्रेडका लागि मद्वत गरेको छ । पहिलो लायन्सको एउटा अग्रग्रामी प्रोजेक्टको रुपमा आँखाको क्षेत्रमा यसले बिश्व भरिमा आफ्नो अग्र स्थान हासिल गरेको छ । त्यसपछि अस्पताललाई अपग्रेडिङ गर्ने निशुल्क स्वास्थ्य सेवाहरु सञ्चालन गर्ने, कहिले काँही क्यान्सर रोगीहरुलाई सहयोग गर्ने, मुटु रोगीलाई सहयोग गर्ने गर्दछ । यो भनेको स्वयमसेवक संस्था हो यसमा कसैलाई करकाप त छैन ।
Lion-Rudra-Hari-Gyawali

त्यसरी सेवा दिने गर्छ । अब शिक्षाको क्षेत्रमा जोरपाटी लायन्स एकेडेमी, जनकपुरमा भोला सिंह लायन्स स्कुल यस्ले स्थापना गरेको छ । दमौली क्याम्पसलाई लायन्सले भवन बनाउन सहयोग गरेको छ । बिराटनगरमा सिताराम दास जानकी नाम गरेको स्कुल मुसहरहरुले पढ्ने क्षेत्रमा स्थापना गरेको छ । बिद्यालयको क्षेत्रमा पनि यस्ले टूलो ठूलो योगदान दिएको छ । अहिले मकवानपुरको चेपाङ बस्ती ५० हजार डलरको भवन निर्माण हुँदै छ । धादिङमा पनि अर्को एउटा स्कुल लायन्स क्लब अफ काठमाडौँ हर्ट भन्नेले बिभिन्न आफ्नो दौत्य सम्बन्ध राखेर स्थापना गरेको छ । अर्को वाताबरणको क्षेत्रमा हरेक बर्ष आफ्नो एउटा बृक्षारोपण, सरसफाई कार्यक्रम गर्छ । बागमति सरसफाई अभियानमा आफ्नो योगदान पुराएको छ । संगसंगै अन्य सामाजिक क्षेत्रमा यसले काम गर्छ ।

साथै भोलीका भबिष्य भन्ने कार्यक्रम यस्ले चलाएको छ । जस अन्तर्गत हाम्रा भोलीका भबिष्यका कर्णधारहरुलाई कसरी राम्रा बनाउन सकिन्छ भनी त्यसका लागि उनीहरको चरित्र निर्माण, ब्यक्तित्व बिकास र सिप निर्माणका लागि तयार पारिएको को करिकुलम एक्टिभिटिजको लागि पाठ्यक्रम नै तयार गरि शिक्षकहरुलाई तालिम दिएर पाठ्यपुस्तक निशुल्क रुपमा उपलब्ध गराएर यस बर्ष देखि नै ९ वटा स्कुलमा सुरु गरका छौँ र आगामी पाँच बर्ष भित्रमा हामीले यो अभियान १ हजार स्कुलहरुमा पुराउने लक्ष्य राखेका छौँ । सुरुमा त पुस्तक निशुल्क गरेका छौँ तर पछि केही रकम राखेर गर्नेछौँ । किनकी सबै फण्ड हामीसंग आउँदैन । हामीले यो नाफाको हिसाबले होइन सेवाको हिसाबले जान्छौ ताकि भोलीका हाम्रा भबिष्यहरु सुन्दर होस् । इनपुट राम्रो भएपछि आउटपुट राम्रो हुने हो । उनीहरुले बिचार राम्रो पाए संस्कार राम्रो पाए ब्यवहार राम्रो पाए भोली नेता पनि राम्रो हुनेछ । त्यसकारण हामीले शिक्षा, बातावरण तथा स्वास्थ्यको क्षेत्रमा पनि काम गर्छ ।

त्यस अलवा अहिले भर्खरै मात्र त्रिभुवन बिश्वबिद्यालय संग मिलेर हामीले त्रिबि लायन्स ब्लड ट्रान्सफर सेन्टर भनेर स्थापना गर्न लागेका छौँ । अब रेडक्रस बाहेक नेपालको पहिलो ठूलो ब्लड बैँकको रुपमा लायन्सले स्थापना गर्दैछ । त्रिबिले हामीलाई तिन रोपनी निशुल्क रुपमा जमिन दिएको छ, जसमा हामील त्रिबिसंग सहकार्यको रुपमा काम गर्दैछौ । जहाँ दुबै संस्थाका प्रतिनिधी हुनुहुन्छ, राम्रो कामका लागि पार्टनरसिपमा अघि बढ्न खोजेका छौँ र रेडक्रस पछिको पहिलो र अत्याधुनिक ब्लड बैँक हुन्छ । यसको लागि १ हजार मान्छे संस्थापक हुनु हुँदैछ । जम्मा २५ हजार हामीले उठाएर १ हजार मानिसलाई हामीले संस्थापक बनाउँदै छौँ । हामीलाई १ करोड २५ लाख लायन्सले नै सहयोग गरेको छ र अरु सहयोग भारतका साथीहरुले, अन्तरराष्ट्रिय रुपबाट पनि धेरै सहयोग प्राप्त हुने हामीले आशा राखेका छौँ । एउटा रगतमा हुने सबै तत्वलाई सेप्रेट गरेर जसलाई जे चाहिने हो त्यो दिने रुपमा अत्याधुनिक रुपमा हामीले स्थापना गर्न लगिएको हो । दर्ताको प्रक्रियमा गईसकेको छ र शिल्यानन्यास पनि भईसकेको छ ।

लायन्सले अहिले गरिरहेको काम क्रियाकलाप यति छ । मैले कति समेट्न सकेँ यो बाहेक क्लबरुले बिभिन्न ठाउँमा गरिरहेका छन् । अहिले कृषिमन्त्र भनेर एउटा जनचेतना अभियानमा च्यारिटीको हिसाबले फिल्म समेत साथीहरुले देखाउनु भएका छन् ।

एउटा नेपाली लायन्स क्लबमा आबद्ध हुन चाहेमा उसले के के मापदण्ड पुरा गर्नु पर्दछ ?

अत्यन्तै राम्रो प्रश्न गर्नुभयो, बास्तवमा उसको सबैभन्दा पहिलो मापदण्ड भनेको हामी Service Minded People भन्छौ अर्थात् सेवा गर्ने मनाशय भएको मान्छे हो भने यसको पहिलो योग्यता त्यो हुन्छ । त्यसबाहेक अरु १६ बर्ष पुगेको नागरिक हुनुपर्छ । फौजदारी अभियोग नलागेको हुनुपर्छ । अरु संस्थालाई जे हो यस्मा पनि त्यही नै हो । त्यसबाहेक यसले नियमित रुपमा तिर्न पर्ने शुल्कहरु उसले बुझाउनु पर्छ । प्रष्ट भनु ४३ डलर हामीले अन्तरराष्ट्रिय रुपमा बुझाउनु पर्छ । त्यति पैसा बुझाउन सक्छ र ४ सय ६० नेपाली रुपैया, यी दुबैै बुझाउन सक्छ भने र उसको सेवा भाव छ भने सदस्यका लागि सम्पुर्ण रुपमा योग्य भयो ।

मैले त्यो तिरेर के पाउँछु भन्ने खालका मानसिकता राख्ने मानिसहरुको लागि यो संस्था उपयुक्त छैन

। म यो संस्थामा लागेर हातमा हात मिलाएर म भन्दा कम भाग्यशाली मानिसलाई सहयोग गर्न पाएँ भन्ने भावना भएको मानिस यहाँ आएर टिक्छ र उ खुसी पनि हुन्छ । तर कुनै स्वार्थका साथ केही प्राप्त हुन्छ, डलरको खेती हुन्छ भनेर मानसिकता राख्ने मानिसको लागि यो उपयुक्त स्थान होइन ।

लायन्स क्लब इन्टरनेसनलको इन्टरनेसनल डाइरेक्टरको रुपमा नेपाली चुनिरहेको अबस्थामा तपाई एउटा डिस्ट्रिक्ट गर्भनरको रुपमा हुनुहुन्थ्यो तपाईले त्यतिबेला कस्तो महसुस गर्नुभयो ?

यो हामीलाई यति गर्भको कुरा हो भने हामी शब्दमा पनि ब्यक्त गर्न सक्दैनौँ । नेपालमा लायनिजम सुरु भएका ४५ बर्षमा एक जना नेपाली छोरोले २११ देशमा फैलिएको संस्थाको बोर्ड अफ डिरेक्टरको रुपमा चुनिएको छ र उहाँ जहाँ जहाँ जानुहुन्छ त्यहाँ नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गान बज्दछ या भन्दा खुशीको क्षण अरु हामीलाई के हुनसक्छ । सबैका अगाडी इन्टरनेसनल फोरममा नेपालकोे राष्ट्रिय गित गुन्जीन्छ, नेपाली राष्ट्रिय झण्डा देखिन्छ । अहिले तपाईले हेर्नुभयो भने अमेरिकाको सिकागोको इल्हेल्स भन्ने ठाउँमा जहाँ हाम्रो हेडक्वाटर छ त्यहाँ नेपाली झण्डा फहराइरहेको हुन्छ यो झण्दा ठूलो शानको कुरा हामीलाई के हुन सक्छ र यो कुरा ढिलो प्राप्त भएर पनि हामीलाई ज्यादा खुसी लागेको होला । हरेक बर्ष पाउने भएपनि धेरै खुसी लाग्थ्यो होला र स्वभाविक पनि छ ४५ बर्षको इतिहासमा एउटा नेपालीको छोरोले यो उपलब्धि पाउनु भनेको शब्दमा ब्यक्त गर्ने खुशी छैन ।

भुकम्पपछि लायन्सले के के कामहरु गरे जसलाई समाजमा एउटा सामान्य नेपालीले मुल्यांकन गर्न सक्छ ?

तपाईको यो प्रश्न पनि अत्यन्त सान्दर्भिक रहेको छ । बैशाख १२ गते गएको भुकम्पको करिब ८ घण्टा भित्रमेै लायन्स क्लब इन्टरनेसनलले इमरजेन्सी रिलिफका लागि एक लाख डलर झण्डै एक करोड नेपाली रकम बराबरको खर्च गर्ने गरि हामीलाई स्वीकृत गरि पठाएको हो । तत्काल पैसा पठाएको त होइन त्यति बराबरको रकम खर्च गर भनी स्वीकृत प्राप्त भयो र यही भएका साथीहरु मिलेर काँही कतै उधारो लिएर सापटी लिएर अति सामान्य कुराहर जस्तै त्रिपाल, खानेपानी, म्याट बितरण ग¥यौँ । पहिलो चरणमा त समाज कल्याण परिषद भित्र हामीले पहिलो चोटी एक मिनी टाटा मोवाइलमा करिब ७० जार पानी पहिलो पटक लग्यौ त्यतिखेर हाहाकार भएको समयमा त्यो पानीमा लुछातानी हुनेगरि भिड जम्मा भएको परिस्थिती सिर्जना भयो । हाम्रा कतिपय लियो भाइबहिनीहरु भुकम्प गएको दुई घण्टाभित्रै सेवा गर्न सुरु गरे । रकमको कुरा महत्वपुर्ण होइन मानविय उद्धारको कुरा पनि महत्वपुर्ण हो । त्यसबाहेक हामीलाई चिनका साथीहरुले सहयोग गर्नुभयो । साथै भारतको गुजरात जहाँ पनि ठूलो भुकम्प गयो त्यहाँका इन्टरनेसनल कमिटीका साथीले मापदण्ड बनाएर किट्स भनि २९ वटा सामानको लिस्ट सहित उहाँले २२ गाडी सामानहरु हामीलाई पठाउनु भयो ।

एउटा गाडीमा ४०० वटा किट अट्न सक्थ्यो जुन प्रत्येक ५ हजार आईसी बराबरको थियो । त्यसरी उहाँहरुले पठाउनु भयो । हाम्रा क्लबका साथीहरुले आफ्ना आफ्ना रकम उठाएर बिभिन्न क्षेत्रमा सहयोग गर्नुभयो । हरेक जिल्लामा हामी पुगका छौँ तर भुकम्पले यति धेरै ग्रस्त बनायो कि यो सहयोग एकै ठाउँमा गरेका भए धेरै देखिन्थ्यो होला तर हामी लायन्स पुगेको हरेक जिल्लामा तत्काल राहतका लागि पुगेका थियौँ । लायन्सको छाप लगाएको चामल, कम्बल, साबुन, चिउरा लगायत सामाग्री बितरण ग¥यौँ । यसपछि थप पुनः निर्माणको लागि हाम्रो लायन्स क्लब इन्टरनेसनलको हाम्रो LCIF भन्नाले लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको च्यारिटेबल फण्डको खातामा बिश्वभरिका साथीहरुले नेपालको पुनः निर्माणका लागि जम्मा गरिदिएको रकम झण्डै पाँच मिलियन डलर झण्डै पचास करोड नेपाली रकम बराबरको रकम नेपालको पुनः निर्माणको लागि हामीले खर्च गदैछौँ र यो ठूलो रकम खर्च गर्नको लागि सरकारी कानुन मानेर उनीहरुसंग समन्वय गर्न चाहेका छौँ । हामीले सहरी बिकास मन्त्रालय र पुन निर्माण प्राधीकरणसंग एक चरण कुरा गरिसकेका छौँ हामीले १००० वटा निजी घर र ४० वटा बिद्यालय बनाउने योजना थियो तर निजी घर बनाउने सम्बन्धमा सरकारी प्राबधानले केही अप्ठ्यारो पार्ने भएकोले हामीले घरको संख्यालाई कम गरेर बिद्यालयका संख्या बढाउन पनि सक्छौँ । हामीलाइ कस्तो सम्म समस्या परेका छ भन्दा पैसा त्यहाँ राखिदिँदा पनि हामीले यहाँ ल्याउन सकेका छैनौँ । हाम्रो देशका मर्म कसले बुझ्ने भुकम्प छ एक ठाउँमा, नाकाबन्दी छ राजनैतिक अस्थिरता अर्को पिडा छ ।

हामीले भर्खरै के कुरा निवेदन ग¥यौँ भने हाम्रो LCIF को अध्यक्ष यहाँ आउँदा यो सबै परिस्थिती उहाँको अगाडि राख्यौँ र ढिलो हुनुको कारण लायन्स होइन हाम्रो यहाँको राजनैतिक संक्रमण, सबिधान पछि आएको यहाँको नाकाबन्दी जस्ता कुराले हामी ढिला भएको हो । हामीलाई अन्यथा नसोच्नु होला भनि हामीले बुझायौँ र उहाँले बुझेर जानु पनि भएको छ । यो रकम जुनसुकै कामको लागि भएपनि नेपालमा आउँछ । यसमा हामीलाई गर्व छ ।

बिद्यालय बनाउने क्रममा लायन्सको शाखा भएको जिल्लाहरु नै पहिलो प्राथमिकताको रुपमा पर्छन् होला ?

होइन हाम्रो लायन्स जहाँ छ त्यहाँ बिद्यालय बनाउने होइन हाम्रो चाहना के छ भने पिछडिएको समुदाय र थोरै रकमले धेरैले सुबिधा प्राप्त गरोस् भन्ने हो । हाम्रो छनौटको प्राथमिकता भनेको अरुले सहयोग नगरेको ठाउ,ँ पिछडिएको जनसमुदाय भएको र त्यस मध्य पनि धेरै बिद्यार्थीहरुले पढ्ने ठाउँ र सकेसम्म उच्च मा बि तहको बिद्यालय बनाउने हो । हामीले रकम ल्याइसके पछि ठूलो ठाउँमा हामीले खर्च ग¥यौँ भने देखि हामीलाई भन्न पनि सजिलो हुन्छ र हामीलाई प्राप्त गर्न पनि सजिलो हुन्छ । दायित्व त सरकार कै हो त्यसमा हामीले हातमा हात मिलाउने कुरा हो । अन्यथा अरु चाहना केही पनि छैन हाम्रो ।

नेपालीहरुको लायन्समा आकर्षित हुनुको मुख्य कारण के हो ?

साँच्चिकै भन्नुहुन्छ भने अहिले यो भुकम्प पछि १५ हजारको सदस्य थियो । बिश्व समुदाय अहिले चकित भएको छ । भुकम्पले यति ग्रसित भएको ठाउँमा १८ हजार ५ सयभन्दा बढि सदस्य बन्नुमा कारण केहो भनेर हामीलाई पनि सोध्ने गर्छन् । हामी पनि छक्क नै छौँ । त्यसमा दुईटा कुरा छ एउटा टिम स्पिडको कुरा हो मार्केटिङको कुरा पनि भनौँ । राम्रो काम गरेपछि स्वत आकर्षण बढ्ने हो । र भुकम्प यद्यपी नआई दिएको भए हुन्थ्यो यो दुख हामी सबैलाई परेको छ हामी पनि पिडीत नै छौँ । तथापी भुकम्पको पुनः निर्माण लायन्स क्लबका साथीहरुको सक्रियता, हाम्रा लियोको सक्रियता भएपछि, त्यो संस्थामा लागेर मैले पनि सेवा गर्न पाउने भए भन्ने महसुस त सेवाग्राही मानिसहरुलाई महसुस भयो नि एक्लै गर्ने कुरा त मिलेर पनि गर्न सकिँदो रहेछ नि आफ्नै ठाउँमा लान सकिँदो रहेछ । एक्लै गर्नु पर्ने ठाउँमा सबैले गर्दा रहेछन् भन्ने भावनाको बिकास भयो । यो भन्दा अघि प िलायन्सले गरेका गतिबिधी त्यो देखेर आएको छ । अर्को कुरा के हो भनेदेखि यो पहिला एउटा भ्रम चिर्नु पर्ने कुरा पनि छ त्यो तपाईको मिडिया मार्फत् म चिर्न चाहन्छु । धेरै पहिला यो धनी वर्गको संस्था हो भन्ने भ्रम पनि थियो । भित्र गएर नछुने र नहेर्ने तर बाहिरबाट तर्सेर बस्ने कि यो त धेरै ठूला ठूला मानिसहरुको संस्था हो धनि मानिहरुको संस्था हो यस्तो बुझाइका कारण सुरु सुरुमा केही भ्रम थियो त्यो अहिले सामान्यकरण हुँदै आएको छ । सामान्य मानिसहरु शिक्षक कर्मचारीहरु जस्ता मानिसहरुले पनि यो संस्थामा आउन थाले पछि सामान्य मानिसका लागि पनि पहुँचको क्षेत्र भएको कारणले गर्दा खेरि पनि यसमा अहिले सदस्यता बृद्धि भएको हो ।

लायन्स इन्टरनेसनल र यो चारवटा जिल्लाहरु छन् नि A1, A2 र B1, B2 र लायन्स इन्टरनेसनल र नेपालमा रहेका ४ वटा जिल्लाहरुले युवालाई कसरी लिन्छन् ?

सब भन्दा पहिला यो जिल्ला भनेको इन्टरनेसनलको जिल्ला हो । हाम्रो नेपालको जस्तो जिल्ला होइन नेपाल भरिलाई ३२५ नामाकरण गरिएको छ । नेपाललाई ए १, ए २ र बि १, बि २ गरि चार भागमा बाँडिएको छ । त्यो चारवटा जिल्लाले पुरा नेपाललाई ओगट्छ । लायन्सहरुले युवाहरुको लागि गरिएको अर्को प्रोजक्ट भनेको LEO हो यो भनेको Leadership, Experience, Opportunity हो । अबका १२ देखी ३० सम्मका युवाहरुलाई नेतृत्वको अवसर दिलाउन समाजप्रति जिम्मेवार बनाउनको लागि, सर्भिस माइडेड बनाउनको लागि यो तालिमको प्लेटफर्म हो जहाँ थोरै सर्भिस, लिडरसिप डेभेलोप्मेन्टका कुरा र अलि पर्सनालिटी डेभेलोप्मेन्टको कुराहरु सिकाइन्छ । लियो पनि बराबरी रुपमा लायन्ससंग सहकार्य गर्दै हिडिँरहेका छन् र धेरै राम्रो काम लियोले पनि गरिरहेका छन् । समय, उमेर को हिसाबले लियोहरुकै सक्रियता अझ बढि रहेको छ । आर्थिक रुपमा लायन्सले सहयोग गरिरहेको हुन्छ भने लियोले भौतिक रुपमा सहयोग गरिरहेको हुन्छ ।

तपाईले बुझ्नु भएको नेपाल के हो ?

मैले बुझेको नेपाल बिश्वमान चित्रमा प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो । ब्यवस्थापन गर्न नसकेर लथालिंग भएको अबस्था हो । मैले लायन्सको माध्यमबाट जुनसुकै ठाउँमा जाँदा पनि बिश्व भरिमा सुन्दर देश नेपाल बाहेक अन्त पाईन । यहाँका मानिसहरु फिजिकल्ली राम्रा नभएपनि दिलमा धेरै राम्रा छन्, हँसिला छन्, सहयोगी छन्, एउटा मानिस यहाँ घाइते हुदाँ अर्कोले आएर बोक्छन् तर यहाँको राजनैतिक अस्थिरताको कारणले यसको ब्यबस्थापन हुन सकेन ।

तपाई हामीले हेर्छौँ हरेक बर्ष सरकार परिवर्तन हुन्छ । एउटा सरकारले एउटा काम गर्न खोजिरहेको छ प्रतिसोधको कारणले त्यो बाटो छोडेर अर्को बाटो तर्फ लाग्ने यो खराब मनिस्थितीका कारणले यसको उपयुक्त ब्यवस्थापन हुन सकेन । तर यदि यसको उचित ब्यबस्थापन हुने हो भने यहाँ यति सानो देश यति धेरै प्राकृतिक बिबिधता, बिश्व सम्पदा सुचिमा भएका यति धेरै सम्पदाहरु कहिँ पनि छैन । बिश्वमा, अहिले आधुनिक हिसाबले अरु देशमा भवन, एयरपोर्ट हेर्न सकिएला तर सगरमाथा हेर्न सकिँदैन, गौतम बुद्ध हेर्न सकिदैन, पोखरा हेर्न सकिँदैन यी सबै कुराको जुन प्राकृतीक सुन्दरता छ यति सानो भुगोलमा बिश्वमा कहिँ पनि छैन । त्यसकारण मेरो बिचारमा नेपाल प्रकृतीको सुन्दर उपहार र ब्यवस्थापन लथालिंग भएको देश हो ।

अन्त्यमा शुभ खबर डटकम बाट नेपली युवाहरुलाई के भन्न चाहनुहुन्छ ?

सबैभन्दा पहिला शुभ खबरले तपाई हामी सबैलाई सुसुचित गरेर राम्रो सन्देश दिने नाम राखेर हिड्नु भएको छ यसको लागि धन्यबाद । र मैले नेपाली युवालाई के भन्न चाहनुहुन्छ भने अरुको टिप्पणी गरि अरुको कमजोरी केलाउनु भन्दा सबैभन्दा पहिला आफ्नो कमजोरी केलाउने र अरुको अबसानमा आफ्नो सफलता नदेख्ने आफ्नै कमजोरीलाई हटाउन कोशिस गर्ने हो भने हामी बिदेश जानु पनि पर्दैन निशास हुनु पनि पर्दैन र यो अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने मर्म राखेर अघि बढ्यौँ यो देशलाई अति सुन्दर बनाउन सकिन्छ र यो युवाहरुकै जिम्मेदारी हो । अलि अघि सम्म युवाहरु राजनितीक ढंगबाट बिकृृत रुपमा सडकमा ओर्लिरहनथ्ये अहिले त्यो अवस्था छैन । हरेक कुरालाई अहिले युवाहरुले बुझ्दै सकारात्मक ढंगबाट केही कुरा बुझ्दै आएका छन् । हिजो कुनै प्रतिशोधका कारण नैतिक शिक्षाको बिषय हटाइयो । हटाउन पर्ने केही पाठहरु थिए होलान् । समग्र बिषयबस्तु हटाउन लायकको थिएन । रिसले गर्दा भएको हो । त्यसकारण अब त्यस्ता खालको चेतनाका कुराहरु दिनुपर्छ । यो जिम्मेवारी युवाहरुको पनि हो । त्यसकारण अबको युवाहरुलाई मैले दिने सुझाव के हो भने अरुको कमजोरी हेर्ने फुर्सद ननिकालेर सकिन्छ राम्रा काम गर्ने र आफ्नै कमजोरीलाई हटाउने युवाहरु उत्पादन हुन परेको छ । त्यस्तो युवाको खाँचो छ । जसले यो देशलाई अत्यन्त सुन्दर बनाउन सक्छ र यो छिट्टै बनाउन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७२, १२ फाल्गुन बुधबार ०९:१७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो