काठमाडौँमा पनि लस्सीको व्यापार बढ्दै

शुभ खबर,  ‘आहा ! कस्तो मिठो लस्सी !! ’– इन्द्रचोकमा लस्सी पसलमा एक गिलास चिसो लस्सी पिउँदै गुरुप्रसाद भण्डारीले भन्नुभयो ।

काठमाडौँमा गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी (मही) बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ ।

प्रतिगिलासको रु ४० देखि रु ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहता भन्नुहुन्छ– जाडो याममा ठप्प रहेको चिसोको बिक्री विस्तारै गर्मी लागेसँगै बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले कामको खोजीमा लाग्दा थाकिसकेका मेहताले एउटा साइकलमा पानीदेखि लस्सी बनाउन चाहिने सबै थोकको व्यवस्था गरी घुमन्ते व्यापार गर्दै आएको पनि पाँच वर्ष नाघिसकेको छ ।

स्तरीय पसलमा भन्दा सस्तोमा लस्सी बनाउने भएकाले उक्त व्यवसायबाटै घरव्यवहार चलाउन उहाँलाई सजिलो भएको छ । उहाँ भन्नुहुन्छ–थोरै लगानीबाट पनि दैनिक रु ३०० देखि बढीमा रु ९०० सम्म आम्दानी हुन्छ ।

भारतीय उपमहाद्वीपमा चलनचल्तीमा आएको विश्वास गरिएको लस्सी विशेष गरी गर्मी क्षेत्रमा पिउने गरिन्छ । भारतीय उपमहाद्वीपमा लस्सी बनाउँदा नून, मसला तथा फलफूलको पनि प्रयोग गरिन्छ । कतिपय क्षेत्रमा स्वीट लस्सीको नाममा चिनी हालेर लस्सी खाने गरिन्छ ।

बंगलादेशमा लस्सीमा नुन हालेर खाने प्रचलन रहेको छ । पाकिस्तानमा घरघरमा नै लस्सी खाने प्रचलन छ । त्यहाँ पनि नून राखेर लस्सी पिउने गरिन्छ ।

लस्सी झण्डै क्राइष्ट जन्मनुभन्दा १००० वर्ष अघिदेखि प्रयोगमा आएको जनविश्वास रहेको छ । नयाँ बसपार्कमा लस्सी पिइरहेका उमेश बुढाथोकी भन्नुहुन्छ– जाडोयाममा मलाई त्यति लस्सी खान मन पर्दैन, तर गर्मीयाममा कोक, फयान्टा जस्ता पेय भन्दा लस्सी नै मनपर्छ । पेयपदार्थको हिसाबले लस्सी स्वास्थ्यबद्र्धक पनि छ ।

उहाँ भन्नुहुन्छ–अन्य मुलुकमा जस्तै नून राखेरभन्दा चिनी राखेर बनाइने लस्सी नै मनपर्छ । अर्का उपभोक्ता जुनु पण्डित भन्नुहुन्छ–विशेष गरी भारत र नेपालका तराईमा पाइने लस्सी हाल आएर काठमाडौँमा पनि लोकप्रिय भएको छ । (रासस)

प्रकाशित मिति : २०७४, १३ चैत्र मंगलवार १२:१५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो