पर्यटनलाई दुर्भाग्यपूर्ण रह्यो नाकाबन्दी : कृष्ण अर्याल

बरिष्ठ पर्यटन व्यवसायी श्री कृष्ण कुमार अर्याल, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयबाट नेपाल पर्यटन बोर्ड संञ्चालक समिति सदस्यमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ । शुभ खबर डटकमको संवाददाताले उहाँसँग लिएको एक अन्र्तबार्ता

तपाई पर्यटन बोर्डको सदस्यमा नियुक्ती भए पश्चात् तपाईले नेपालको पर्यटन क्षेत्र प्रवद्र्धनमा के नयाँ गर्ने सोचमा हुनुहुन्छ ? 
धेरै जना मान्छेलाई के भ्रम छ भने नयाँ जाने बित्तिकै केही हुन्छ भन्ने सोच रहेको छ । म त्यसमा बिश्वास गर्दिन, म चाँही नीतिगत निर्णय हुनुपर्छ भन्नेमा बिश्वास राख्छु । हिजो पर्यटन बोर्ड बनाउँदा चाँही पर्यटन प्रवद्र्धन र बजारीकरणको लागि स्थापना भएको हो । हिजोको बेलामा युरोप र अमेरिका हाम्रो मार्केट थियो तर अहिले भने हाम्रो छिमेकी मित्र राष्ट्र चिन र भारतसंग हाम्रो समन्वय बढेको छ । हामीले यसलाई अलिकति परिवर्तन गरेर युरोप, अमेरिकाको मार्केटलाई पनि संगसंगै लगेर अलि बढि केन्द्रिकृत चाँही हाम्रो भारत र चिनसंग गर्नुपर्छ भन्ने कुरामा मेरो पहिलो जोड रहने छ । अर्को भनेको पर्यटन बोर्डमा अनियमितताको कारणले गर्दा त्यसलाई जुन पुराना दुई साथीहरुले गएर कार्यकारी नियुक्ति प्रमुख वा सिईओ ल्याउनु भयो अनि हामी पनि नियुक्ती भयौँ । धेरै बर्षपछि नेपाल पर्यटन बोर्ड पुर्ण बनेको छ । त्यो ऐनले चाँही कुनै मन्त्रीको निर्णयमा बनेको होइन की त्यो ऐन अन्तर्गत नै बनेको ठूलो संस्था भएको कारणले यसलाई ब्यवस्थित रुपले अगाडी बढाउने भनेको यसको कामको मार्केटिङ, प्रवद्र्धन गर्ने हो र त्यो अहिले फूल फेजमा गईराखेको हुनाले त्यसले आफ्नो काम चाँही सुरुवात गरेको छ । धेरैैपछि त्यसको बजेट केही दिन अगाडी पास भएको छ । अब हामी चैतमा नै आगामी बर्षको बजेट पास गर्छौँ, आमी श्रावणको पहिलो हप्ता नै हामी बजेट पास गरेर श्रावणको अन्तिममा नै त्यसको कार्यान्वयन गर्न जान्छौँ भनि हामीले लागिराखेका छौँ । हाम्रो बोर्डको बैठकमा पनि यसरी अघि बढ्नपर्छ भनि कार्यादेश हामीले  CEO लाई भनिराखेका छौँ । हामी अहिले जुन हिसाबमा ट्रयाकमा बसेका छौँ अब दौडाउने प्रोसेसमा छौँ ।

नेपालको पर्यटन क्षेत्रको जुन गतिमा प्रवद्र्धन भईराखेको छ, त्यसप्रति तपाई ब्यक्तिगत रुपमा सन्तुष्ट हुनुहुन्छ ?

अहिले बिचको समयमा पर्यटन बोर्डले जुन हिसाबले काम गर्नपर्ने हो त्यो हिसाबले काम गरेको छैन । त्यहाँको CEO नहुने, मुद्धा मामिला पर्ने यी यस्ता उतारचढावले गर्दा चाँही हिजोको दिनमा त्यस्ता अनुभवहरु हुन ति अनुभवबाट चाँही भोलीका दिनमा त्यस्तो नहोस् भनेर अघि बढ्ने हो प्रमोसन त जति हुनपर्ने हो त्यति भएको छैन । त्यसप्रति त मात्र होइन कोही पनि सन्तुष्ट छैन । तर सन्तुष्ट थिएन भनेर हिजोको कुरा गर्ने होइन अब हामीले आजको कुरा गर्ने हो । अगाडीको दिन हामीले सुनौलो भविष्य देखेका छौँ त्यसैले हामीले लागेर अघि बढ्ने हो ।

अब पर्यटनलाई प्रवद्र्धन गर्नको निम्ती निजी क्षेत्र तथा सरकारी क्षेत्रबाट चाँही कसरी अघि बढ्ने योजना तयार पाँरिदै छ ?

यो बनेको नै निजी क्षेत्र तथा सरकारी क्षेत्रको साझेदारीमा काम गर्ने भनेर बनेको संस्था हो । अब मेरा हिसाबमा के हो भने हिजो जुन हिसाबमा काम हुनुपर्ने हो त्यो भएन हिजो आआफ्नो हिसाबले काम गरे यसको ऐनले जे जे उदेश्य अनुसार काम गर्छ भनेको छ त्यसको ५० प्रतिशत चाँही अगाडी बढ्छ यो, निजी क्षेत्र भनेपछि यहाँ HAN, TAAN, PATA, NATO, NATTA, NARA छ यी सबै संस्थाहरुसंग हामीले कसरी समन्वय गर्ने भन्ने बिषयमा हामीले छिट्टै नै उनीहरुसंग एउटा सहकार्य गछौँ । किनकी यो त नेपालको पर्यटन ब्यवसायहरुको छाता संगठन हो त्यसकारण उनीहरुको सोच के छ भनी लिने हो हामीले अब आउने बजेटमा पनि त्यो देखिनु पर्छ । संगसंगै संघसंस्था, छाता संगठनमा नरहेका बरिष्ठ पर्यटन ब्यवसायीहरु सित पनि छलफल गरेर हामीले अगाडी बढाउनुपर्छ भन्ने हिसाबमा हामीले कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने गरि हामी निजी क्षेत्रकाहरु सोच राखेको छौँ, जुन अहिले चार जना म लगायत, घनेन्द्र श्रेष्ठ, राजेन्द्र सापकोटा, पुर्ण कुँवर जी हामी यसमा काम गर्दै छौ । हामी चाँडै नै यो पर्यटन बोर्ड मार्फत् यो निजी क्षेत्रका छाता संगठन र बरिष्ठ पर्यटन ब्यवसायीहरु सित र यसका सबै स्टेकहोल्डरहरु सित काम गरेर नेपाल पर्यटन प्रोमोसन र मार्केटिङ कसरी गर्न सकिन्छ भन्ने कुरा उहाँहरु सित छलफल गरेर त्यसको प्रतिक्रिया चाँही अब आउने बजेट २०७३÷०७४ मा पार्ने हिसाबमा छौँ ।

तपाई निजी क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधीत्व गर्दै हुनुहुन्छ, निजी क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा अझै क्रियाशिल बनाउनको लागि कस्तो रणनितीको आवश्यकता छ भन्ने महसुस गर्नु भएको छ ?

सबै क्रियाशिल हुनुपर्छ, आफ्नो क्षेत्र आफ्नो बिधाको बिषयमा हामीलाई चाँही इनपुट दिनु पर्छ । जस्तो टानले साहसिक पर्वतिय बिधा सम्बन्धि केही छे भने त्यो हामीलाई सुझाव दिनुपर्छ । त्यस्तै टुरको बिषयमा नाटाले दिनुपर्छ, र्याफ्टिङको बिषयमा नाराले दिनुपर्छ, होटलको बिषयमा हानले दिनुप¥यो । मैले भन्न खोजेको आफुनो आफ्नो बिधाका मान्छेहरुले हामीलाई प्रपोजलहरु पेस गर्नुप¥यो । हामीले मागेर नै लिन्छौँ, त्यसलाई हामीले कत्तिसम्म आफ्नो परिधीभित्र हाल्न सक्छौँ । पर्यटन बोर्डको आफ्नो परीधीहरु छ, नियमहरु छ त्यसभित्र कसरी लान सक्छौ त्यसलाई हामीले अगाडी लानलाई कार्यादेश अघि बढाउँछौँ ।

अलिकति प्रसंग जोडौँ भुकम्प र नाकाबन्दीले पर्यटन क्षेत्रमा कस्तो कस्तो असर पारेको छ ?

भुकम्पले त तत्काल नै असर पा¥यो त्यसपछि रिकभरी हुन्थ्यो होला । त्यसपछि हामी अलि राम्रै सित माथि आउँथ्यौ होला तर नाकाबन्दीले हामीलाई धेरै असर पा¥यो । किनभने यहाँ ग्यास छैन, प्रेट्रोल छैन, डिजेल छैन सबै चिजहरु बन्द छ भन्ने भो, अन्तरराष्ट्रिय एयरलायन्सहरुले नेपाल आउने फ्लाइटहरुलाई स्थगित गर्नुभयो । यहीँ पनि भोली प्लेन उड्छ की उड्दैन भन्ने भयो । भोली नेपालगन्ज उड्छ की उड्दैन, लुक्ला उड्छ की उड्दैन भन्ने कुराको कुनै निश्चितता नरहेको कारणले गर्दा धेरैले यसमा चाँही हामीलाई ह्याम्पर परेको थियो । यसले हरेक चिजलाई ह्याम्पर परिराखेको थियो । अब यो नाकाबन्दी खुल्या भनेको छ अलिकति भएपनि सहयोग भएको छ तर त्यहाँबाट आउनु पर्ने एउटा महत्वपुर्ण चिज इन्धनहरुको आपुर्ति अझै सहज भईसकेको छैन, अरु सामाग्रीहरुको पनि आपुर्ति सहज भएको छैन । त्यसकारण मलाई यो भुकम्प भन्दा पनि मित्रराष्ट्रले अघोषित रुपमा गरेको नाकाबन्दीले गर्दा हाम्रो ब्यापार ब्यवसाय सम्पुर्ण आर्थिक अबस्थालाई चाँही यसले नराम्रो असर पार्ने गरि कदम चालेको छ । त्यसलाई लिनलाई हामी बिस्तारै लाग्दै छौ । अस्ति मात्रै नाकाबन्दीको अन्तिम अन्तिम अबस्थामा धेरै साथीहरुले भारतको इभेन्टमा भाग लिन जानुभयो, भारतीय नागरिकहरुले तिमीहरुको अझै पर्यटकीय क्षेत्रमा केही छ भनी सोधीराखेका छन् । हामीले ढुक्क भएर नेपाल भ्रमण गर्नुसक्नु हुन्छ भनि सत प्रतिशत दिन सक्ने अबस्था अहिले पनि छैन । त्यसकारण भुकम्पले त एकछिन हल्लायो, कतिको मृत्यु भयो कति घरबार बिहीन भए तर हामी फेरि उठ्दै थियौँ फेरि हामी ब्यवसायमा लाग्दै थियौँ । त्यस समयमा हाम्रो लागि दुर्भाग्य पुर्ण रह्यो यो नाकाबन्दी ।

भुकम्प र नाकाबन्दीको कारण अन्तरराष्ट्रिय जगतमा नेपाल पर्यटकीय क्षेत्रमा असुरक्षित भएको छ भन्ने गलत सन्देश फैलियो त्यसलाई समाधान गर्न कस्तो कस्तो कार्य भईरहेको छ ?

नाकाबन्दी चाँही यो राजनैतिक समस्या हो । अहिले युरोपियन देशहरुमा पनि यस्तो समस्या देखिएको छ । भुकम्प चाँही यो प्राकृतिक चिज हो, यसलाई कसैले पनि म रोक्छु भनेर अहिले सम्म कुनैपनि राष्ट्रले रोक्न सकेको छैन । हिजै मात्र पनि इन्डोनेसियाको टापुनिर ठूलै शक्तिशाली भुकम्प गएको छ र त्यहाँ सुनामीको खतरा रहेको छ भनी पत्रपत्रीकामा पढ्न सकिन्छ । त्यसकारण यो दुईटामा फरक चिज हुन् । हामीले के भन्न सक्नुपर्छ भने नाकाबन्दी हामीले सहजता पुर्वक अगाडी बढाईराखेका छौँ । तर भुकम्प भनेको सबै कहाँ आउन सक्ने हो गत बर्ष आएको थियो, यो बर्ष पनि आयो अहिले पनि पराकम्पन आईरहेको छ । तर यो यो ठाउँमा सुरक्षा हामीले यसरी गरेका छौँ, हामीले आफ्नो आफ्नो ठाउँबाट त्यसलाई चिर्नु पर्छ । नचिरीकन चाँही हुँदैन अब कागले कान लग्यो भनेर कागको पछि लागेर हुँदैन आफ्नो लग्यो कि अरुको लग्यो थाहा पाउन जरुरी छ लग्यो लग्यो मात्र भनेर हुँदैन । त्यसैले हाम्रो पर्यटन बोर्डले धेरै मेहेनत गरेको छ , हरेक इभेन्टहरुमा गएको छ । केही समयपछि हाम्रो प्रतिनीधिको रुपमा ITB मा जाँदै हुनुहुन्छ त्यहाँपनि यसको बिषयमा पर्यटन बोर्ड बरिष्ठहरुले त्यहाँ यसको बिषय चिर्नु हुनेछ ।

तपाई लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ, नेपालको अर्थतन्त्रमा पर्यटन ब्यवसायको भुमिका अझ शसक्त बनाउनको निम्ती चाँही कस्तो कस्तो कार्य गर्दा राम्रो हुन्छ जस्तो लाग्छ ?

ब्यवसायमा लाग्ने हो नयाँ लगानी ल्याउने हो । नयाँ कुराको हामीले पहिचान गर्ने हो । त्यहाँबाट मान्छे ल्याउने हो । सबैभन्दा ठूलो कुरा भनेको पर्यटन गर्ने हो भने जस्ले गरेपनि सानो मात्रामा गरेपनि ठूलो मात्रामा गरेपनि मैले गर्ने कुरा के हो समुह को हो, क्षेत्र कुन हो, देश कुन हो, भन्ने कुरा हामीले जान्नुपर्छ । जस्तो लुम्विनीको बजार प्रवद्र्धन गर्ने हो भने त्यहाँ बौद्ध धर्मको मान्छे गएर गर्नुपर्छ, चितवनमा जाने हो भने त्यहाँ जंगल सफारीको बिषयमा कुरा गर्नपर्छ, नेपालको साहसिक र पर्वतिय पर्यटन हो कि र्याफ्टिङ को कुरा होकी त्यो जानुपर्छ । त्यसकारण कुन क्षेत्रमा जाने हो त्यो कुराको निर्णय गर्नुपर्छ प्राईभेट सेक्टरको मान्छेले । त्यसलाई नै टुरिजम बोर्डले अगुवा भएर यो यो क्षेत्र हामीले चाँही यो यो उत्पादन छ तिमीहरु आएमा यो यो चिज पाउँछ भन्ने कुराको प्रोमोसन गरिदियो भने त्यस्ले यहाँको प्रोमोसन अगाडी बढ्ने छ सबैले गर्ने पनि त्यही हो ।

नेपाली युवाहरु बिदेशिने गर्छन् त्यस्ता युवाहरुलाई चाँही पर्यटन क्षेत्रमा रोजगारीको अवसरको रुपमा अगाडी बढाई नेपालमै केही गर्ने वाताबरण मिलाउन चाँही निजी तथा सरकारी तवरबाट चाँही कस्तो कस्तो कार्य अगाडी बढेको छ ?

पर्यटन भनेको सेवा क्षेत्र हो, यो क्षेत्रमा पनि अलिकति दक्षता चाहिन्छ, शिक्षा चाहिन्छ, हामीले त्यो गर्न सक्यौँ भने हुन्छ । जस्तो अहिले कयौँ ठाउँमा हरेकले हाम्रो होमस्टेका कुरा गरिरहेका छन् । सबै मानिसहरु यस्को प्रवद्र्धन गर्छु भनेर लागिरहेका छन् । गाउँघरमा के को क्षमता छ मसंग, जति छ त्यसबाट पनि गर्न सकिन्छ भन्ने सोच राख्न जरुरी छ । पढ्नैपर्छ डिग्री लिनैपर्छ भन्ने पनि छैन र सबैभन्दा ठूलो पे्ररणा के हुन पर्छ भने म मेरो देशमै काम गर्नसक्छु भन्ने चेतना आफुसित हुनपर्छ । आफ्नो ठाउँ नराम्रो बाहिर गएर पैसा कमाएर आउँछु भन्ने नराम्रो सोच जबसम्म मान्छेको चेतनामा रहिरहन्छ तबसम्म हामीले जति ठूला आदर्शका कुरा गरेपनि यो बिदेश जाने युवाहरुलाई रोक्न सकिँदैन । यसका लागि अभिभावकले पनि भन्नुपर्छ । तिम्रो लागि नेपालमा यो यो क्षेत्रमा राम्रो छ जाउँ भन्नुपर्छ संगै बिभिन्न क्षेत्रका मानिसहरुले पनि हामी कहाँ आयो भने यो यो काम छ भनि आकर्षण गर्नुपर्छ । अब अहिलेका मानिसलाई टुरिजम क्षेत्रमा आउने बित्तिकै ५० हजार मासिक तलब खानुपर्छ भन्ने गलत धारणा रहेको छ त्यस्ले कहाँ हुन्छ त ? मानिसको मानसिकता के छ भने बिदेशमा गएर १८ घण्टा काम गर्न तयार तर यहीँ केही गर्न भनेदेखि लाज लाग्ने बाउ बाजेको ईज्जत को कारण काम गर्न नहुने भनी धारणले त कहाँ हुन्छ ? सबभन्दा पहिला आफुमा मैले बाहिर जति मेहेनत आफ्नो देशमा गर्ने हो भने मैले प्रतिष्ठा कमाउन सक्छु भन्ने हिसाबले पहिला आफ्नो चेतनाको बिकास गराउन जरुरी छ । त्यसको लागि हामी जस्तो मान्छेले पनि सहयोग गर्नुपर्छ त्यसको एड्बोकेसी चलाउनुपर्छ । म कहाँ पनि धेरै युवा बिद्यार्थी आउँदा म एड्बोकेसी चलाउने सल्लाह दिन्छु । सबैभन्दा पहिले मैले नै गर्छु भन्ने नभईकन हामीले जतिसुकै रोकेपनि केही हुन्न । हामीले उनीहरुको लागि अवसर सिर्जना गर्ने हो तर उनीहरुले चेतनामा परिवर्तन ल्याउनुपर्छ ।

उनीहरुको मानसिकतामा परिवर्तन ल्याई उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्नको लागि अबको योजना चाँही कस्तो हुनेछ ?

सबभन्दा ठूलो एड्बोकेसी चलाउने हो । उनीहरुको मानसिकतामा परिवर्तन नआएसम्म जेसुकै राखे पनि केही हुँदैन । त्यो मान्छेको त्यसमा रुचि हुनुपर्छ । यदि कुनै मानिसलाई पाइलट बन्नु छ भने त्यो ब्यक्ति त्यसमा सफल हुन्छ । तर उ डाक्टर हुनु मन छ भने त्यो मान्छेलाई पाइलट बनाउन सकिँदैन । हिजोका दिनमा हाम्रो बाउबाजेले राम्रो अंक ल्याएपछि साइन्स पढाउँछु भन्ने समय छैन । अहिले यति खुल्ला छ कि आफ्नो काममा आफै रमाउनुपर्छ । यदि उ रमाउँद भने त्यो ब्यक्तिले काम गर्छ तर अर्काले लगाएको भरमा काम गरेमा उ त्यहाँ टिक्न सक्दैन । त्यसकारण सबैभन्दा पहिला म यो क्षेत्रमा काम गर्न सक्छु । पर्यटन भनेर होटल, ट्राभल, ट्रेकिङ यस्ता जेजति बिधाहरु छन् त्यसमा लाग्नुपर्छ भन्ने छैन पर्यटनलाई पुराउने सेवाको लागि म गाउँमा बसेर कम्तिमा पनि देशी मलको प्रयोग नगरी गोबरको मल प्रयोग गरी उत्पादन गरेको तरकारी खुवाँउछु भनेर लागे त्यो पनि चल्छ । त्यसकारण मेरो क्षेत्र के हो र त्यसका लागि कहाँ के के हुनसक्छ भनेर आफै लड्न सक्नुपर्छ । तपाईलाई संंसारमा कसैले पनि पाँच तारे होटलमा गएर यहाँ गएर कमाउ भन्दैन त्यो त आफेले केही गर्नुपर्छ ।

अन्त्यमा पर्यटन प्रेमी तथा पर्यटन ब्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?

पर्यटन भनेको यस्तो चिज हो मैले सधैनै भन्ने गरेको छु नुनिलो खानेको लागि नुन हो । यसको क्षेत्र ठूलो छ, गुलियो खानेको लागि चिनी हो जेसमा हाले पनि हुने मिठाई खाँदा गुलियोको जुन स्वाद आउँछ नी तर त्यो कति हाल्ने भन्ने कुरा आउँछ त्यसको अडकल चाँही लगाउन जान्नुपर्छ व्यवसायीले त्यो सिक्नुपर्छ । हामीजस्तो मान्छे जस्ले अनुभव प्राप्त गरेको छ त्यस्ता ब्यक्तिहरु संग सिक्न जरुरी छ । हामी जस्ता हिजोका जेनेरेशनसंग आजका जेनेरेशनले सिक्न लाज मान्नु हुँदैन । त्यसकारण पर्यटन जहाँ पनि मिल्न सक्छ । यो भनेको प्रिपेयड ब्यापार हो । जसरी हामीले प्रिपेयड सिम प्रयोग गर्दा प्रयोग गरेपनि नगरेपनि पैसा तिरिसक्नुपर्छ । यस क्षेत्रमा पनि अर्को बर्षको लागि पैसा बुकिङ गरि २५ प्रतिशत सम्म रकम पाउन सकिन्छ । त्यसकारण यसमा लाग्नको लागि प्रेरित हुनको लागि आफै मेहेनत गरि पसिना बगाउन जरुरी छ, यहाँ आएर सिक्नु जरुरी छ अनिमात्र केही गर्न सकिन्छ । त्यसकारण धैर्यता पूर्वक बकुल्लाले माछा कुरेको जस्तो कुर्न सक्ने क्षमता चाँही हुन एकदमै जरुरी रहेको छ । त्यो भएमा युवाले बाहिर गएर तातो हावा खाएर काम गर्न पर्दैन आफ्नै परिवारसंग बसेर ककाम गर्न सकिन्छ । यो क्षेत्र यति ठूलो क्षेत्र छ, भनी सन्देश तथा शुभकामना दिन चाहन्छु ।

प्रकाशित मिति : २०७२, २१ फाल्गुन शुक्रबार ०७:१७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो