हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा
शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]
शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भन्नुभयो, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’’
प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताउनुभयो । उहाँले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताउनुभयो ।
“अहिले पनि के नेपाल बन्छ रु के यो सरकारले हाम्रा सपना पूरा गर्छ” भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै उहाँले भन्नुभयो, ‘‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गर्नुभयो । राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।
गोरखापत्र अनलाईनबाट
शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]
शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]
शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]
शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]
शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]
शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]