काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल जुलाईमा

शुभ खबर, नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ। फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

आगामी जुलाई २ र ३ तारिखमा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन गरिने भएको हो। नासा फाउन्डेसनले विभिन्न संघसंस्थाको सहकार्यमा उक्त फेस्टिभल आयोजना गर्न लागेको हो। फेस्टिभलमा बढीमा १० मिनेटसम्मका लगभग दुई दर्जन फिल्म प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। त्यस्तै, फेस्टिभलमा विदेशी फिल्ममध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ। फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्ततर्क्रिया र प्रदर्शनसमेत हुने बताइएको छ।

सडक दुर्घटना संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ। संसारमा वार्षिक रूपमा १४ लाख बढी व्यक्तिहरूले सडक दुर्घटनामा परी अकालमै ज्यान गुमाइरहेका छन् भने नेपालमा २०० बढी अनाहकमै मारिन्छन्। त्यसैगरी नेपालमा वार्षिक हजारौँको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौं रुपैयाँको क्षति भइरहेको पनि छ। सडक दुर्घटनाका कारण हाम्रो सामाजिक संरचना नै धरापमा पर्ने अवस्थामा पुगेको हुँदा त्यही कहालीलाग्दो अवस्थामा केही सुधार गर्ने उद्देश्यका साथ पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गर्न लागेको आयोजक नासाले बताएको छ।

प्रकाशित मिति : २०७५, २३ जेष्ठ बुधबार ०८:५७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो