सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सुकेधारामा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उहाँले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो ।

विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति कब्जा हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्ति हडप्न राजनीतिक दलका छाता ओढेका व्यक्ति, उच्च ओहोदाका कर्मचारी, सामाजिक सेवामा योगदान गरेका र धार्मिक आवरण बोकेको व्यक्ति लाग्न सक्छन्, सार्वजनिक सम्पत्ति रक्षाका लागि वडा कार्यालय सजग हुनुपर्छ । ”

नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।
विगतका चलनचल्तीको बुझाई, माग र आग्रहद्वारा निर्देशित हुँदा विकास निर्माण अलपत्र पर्न सक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “योजना, नीति कार्यान्वयन गर्दा परिभाषित संस्थाले परिभाषित काम गर्न सक्नुपर्छ, पार्टीका नेता तथा जनप्रतिनिधि एवं समाजका सचेत नागरिकले पनि आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।”

प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनतालाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन जनतासँग जनप्रतिनिधि अभियान सञ्चालन गरिएको जानकारी दिँदै जनप्रतिनिधि जहिले पनि जनतासँगै हुने बताउनुभयो ।

धोवीखोला करिडोरमा ढल निकासको उचित प्रबन्ध नहुँदा डुबानको समस्या देखिएको उल्लेख गर्दै उहाँले गलत संरचना निर्माण गर्ने निर्माण व्यवसायी, प्राविधिकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जनताका माग तथा भावना र वडाभित्र देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडा तहबाट हुने समस्या वडा कार्यालयबाटै समाधान हुन्छ, ठूलो समस्या आइपरे प्रदेश सरकार र सङ्घीय सरकारबाट समस्याको समाधान गरिन्छ ।”

कार्यक्रममा सो क्षेत्रका नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए । (रासस)

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार २०:०६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
आत्मरक्षाका लागि जुट्दै महिला

आत्मरक्षाका लागि जुट्दै महिला

शुभ खबर, धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका […]

२०७५, २० आश्विन शनिबार १९:०१
भिडियो