इन्भेष्टमेन्ट बैंकको काउन्टर ट्रमा सेन्टरमा

शुभ खबर, नेपाल इन्भेष्टमेन्ट बैंकले राष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि बिल भुक्तानीमा पनि सहयोग गर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न कला तथा सांस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा सञ्चालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।

बैंकले निकट भविष्यमै ट्रमा सेन्टरको परिसरमै आफनो ९८औं एटीएम सञ्चालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रवेशद्वारमा रहने एटीएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटीएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ । निजी क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १० दशलव ६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब तथा कुल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ दि इयर’ उपाधि पाँचपटक प्राप्त गरिसकेको छ । आर्थिकन्यूज 

प्रकाशित मिति : २०७४, १७ पुष सोमबार १७:४६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो