FACTS ‘Infographics Competition 2018’ हुने

शुभ खबर, FACTS Nepal, एक स्वतन्त्र र निजी Research Company हो। FACTS Nepal ले ‘Infographics Competition 2018’ को घोषणा गरेको छ। यस प्रतियोगिताको उद्देश्य उपयुक्त तथ्य तथा जानकारीका आधारमा डिजिटल इन्फोग्राफिक्स तयार पारेर बुझाउने हाे ।

इन्फोग्राफिक्स भन्नाले मानिसहरुले सजिलै बुझ्ने हेतुले स्पष्ट र सरल ढङ्गबाट दृश्यात्मक रुपमा प्रस्तुत गरिएको तथ्य तथा जानकारी भन्ने बुझिन्छ । नेपालमा इन्फोग्राफिक्सको माध्यमबाट जानकारी प्रदान गर्ने कार्यको थालनी भएको धेरै समय भएको छैन । फ्याक्ट्सले आफ्नो स्थापना भएको समयदेखि नै विभिन्न क्षेत्रका तथ्य तथा जानकारीका आधारमा इन्फोग्राफिक्स तयार पारेर सामाजिक संजाल र प्रकाशनको माध्यमबाट मानिसहरुलाई सुसूचित गराउँदै आएको छ ।

याे प्रतियाेगितामा प्रयाेगहुने इन्फोग्राफिक्समा नेपालसँग सम्बन्धित तथ्य तथा जानकारी मात्रै प्रयोग गर्न पाइने छ । सो तथ्य तथा जानकारीका लागि सरकारी निकायहरु वा अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरु लगायतका प्रतिष्ठित विश्वसनीय स्रोतहरु मात्र मान्य हुनेछन् ।

सहभागीहरुले आफ्नो इन्फोग्राफिक्स असार १ गतेसम्म बुझाउन पाउनेछन् र प्रतियोगिताको बिजेताको घोषणा असार ९ गते हुनेछ । यस वर्षको प्रतियोगिता बिजेताले ‘Wacom Intuos Pen Tablet’ पाउनेछ । साथै प्रतियोगिताका बिजेता, उप-बिजेता तथा केहि भाग्यशाली सहभागीहरुले फ्याक्ट्सको तर्फबाट अन्य आकर्षक पुरस्कार पनि पाउनेछन् । ‘यो प्रतियोगिताले सहभागी तथा दर्शकहरुलाई तथ्य तथा जानकारीका बारेमा फरक ढङ्गबाट सोच्न प्रोत्साहन गर्नेछ र यसले इन्फोग्राफिक्सको प्रयोगलाई अझै बढावा दिनेछ’।

‘हामी नेपालीहरुले कुनै पनि निर्णय लिनको लागि तथ्याङ्कको प्रयोग गर्न र बुझ्न धेरै आवश्यक छ, साथै सरल र सृजनात्मक रुपमा तथ्य तथा जानकारी प्रस्तुत गर्दा सामान्य मानिसलाई सो कुरा बुझ्न पनि थप सजिलो हुन्छ।

साथै यस प्रतियोगिताका नियमहरु तथा अन्य जानकारीका लागि फ्याक्ट्स रिसर्च एण्ड एनलाईटिक्सको सामाजिक संजालमा हेर्न सकिने वा infocompetition@factsnepal.com मा इमेल पठाउन सकिनेछ ।

प्रकाशित मिति : २०७५, ११ जेष्ठ शुक्रबार १०:३४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो