जुन कुरा हामी देख्छौ, सुन्छौं, स्पर्श गछौं र चाख्छौंं त्यसैले हामीहरुको बिचार तय हुन्छ : सौनक भट्ट

युवा मोटिभेसनल स्पिकर सौनक भट्टसँगको लिएको अन्र्तबार्ता

नेपाली युवाहरुले तपाईलाई एउटा उत्पे्ररकको रुपमा चिन्छन् तपाईले आफुले आफुलाई कसरी लिनु भएको छ ?

आफुले आफुलाई परिभाषित गर्ने तरिका धेरै हुन्छन् । मलाई के लाग्छ भने जिवन भनेको आफ्नो जन्मपछि आफ्नो दिमागमा सोच्ने क्षमता बढेसंगै आफुलाई नयाँ नयाँ तरिकाले परिभाषित गर्ने प्रोसेस हो । त्यो कुरामा मैले आफुले आफुलाई फरक फरक शब्दहरुले परिभाषित गरिराखेको हुन्छु । मैले आफुले आफुलाई बिभिन्न ट्यागहरु दिइराखेको हुन्छु खासगरि एक्सप्लोरर भन्ने ट्याग चाँहि मैले आफुले आफुलाई दिन मन पराउँछु । म एउटा मोटिभेसनल स्पिकर त्यसकारण फरक ब्यक्तिबाट फरक अभिब्यक्ति मैले आफ्नो लागि पाएको छ तर म एउटा एक्सप्लोरर को रुपमा चिनिन मन पराउछुँ एउटा हरेक कुरा जान्न इच्छुक मान्छे हुँ जसलाई आफ्नो क्षेत्रको धेरै कुराहरु सिक्न मन पराउँछु । एउटा लक्ष्य लिएर अगाडी बढेको मान्छे जस्को माध्यमबाट संसारलाई एउटा मास्टरपिस दिउँ भन्ने एउटा गन्तब्य लिएर अगाडी बढेको मान्छेको रुपमा मैले आफुले आफुलाई परिभाषित गरिराखेको हुन्छु ।

बिशेषगरि नेपाली युवाहरुले उत्प्रेरकको रुपमा तपाईलाई चिन्छन्, त्यस्मा तपाईलाई कस्तो महसुस हुन्छ ?

यस्मा बिभिन्न कुराहरु आउँछ एउटै कुराहरु नै आइराख्दैन । सामान्य रुपमा सँधै जसो आउने अनुभव भनेको चाहिँ गौरवको अनुुभुति हो । हो, मैले मेरो जिवनमा केही गरेँ भन्ने अनुभुति हुन्छ । त्यसबाहेक अर्को भनेको मलाई जिम्मेवारी को अनुभुति भइराखेको हुन्छ । त्यसको मतलब मेरो काँध त्यति हलुको छैन यहाँ केही जिम्मेवारीहरु रहेको छ भन्ने खालको फिल पनि आइरहेको हुन्छ । कति चोटी त म आफुलाई प्रश्न पनि सोध्ने गर्छु Do I Deserve It? भन्ने खालको प्रश्नले आफुले आफुलाई हानीरहेको हुन्छु । कतिपटक त म आफु यो भन्दा धेरै अगाडी बढ्नु छ भन्दै आफुलाई मोटिभेट पनि गरिरहेको हुन्छु । त्यसकारण फरक समयमा फरक किसिमका अनुभुति आइराखेको हुन्छ ।

हामीले सुनेको अनुसार कक्षा पाँचमा पढ्ने समयमा तपाईलाई शिक्षकले ठूलो यातना दियो जस्को कारणले गर्दा तपाई यो मोटिभेसन क्षेत्रमा लाग्नु भएको हो ?

ठ्याक्कै त्यो घटनाको कारणले गर्दा लागेको त होइन, जिवनमा फरक फरक प्रक्रियाहरु त्था समय आउँछन् । त्यो फरक फरक प्रक्रिया तथा समयको कनेक्सनले मलाई यहाँ सम्म पुराएको जस्तो मलाई लाग्छ । र अहिलेको यो कनेक्सनले मलाई कतातिर पुराउन सक्छ त्यो ग्यारेन्टिको साथ म भन्न सक्दिन । तर त्यो घटनालाई मैले Source of Inspiration  को रुपमा लिन सक्छु ।

तपाईले एउटा सेसनको क्रममा सहभागिलाई उत्प्रेरणा दिने क्रममा दिने कुराहरु हुन्छन्, के त्यो सँधैभरि कायम रहिरहन्छ ?

जहिल्यै पनि रहँदैन फरक मानिसहरुलाई फरक तरिकाले असर परिरहेको हुन्छ । कतिजनालाई Life Changing Moment हुन्छन् । कतिजनाको निम्ती त यो काम नलागेको पनि हुन सक्छ । अहिलेसम्म मेरो समय र जिवन जसरी अघि बढ्दै छ मेरो क्वालिटी पनि बढ्दै गएको छ । पहिला जति यसमा इन्गेज हुनेको संख्या थिया अहिले त्यो संख्या बढेको पाइएको छ । कतिजना मेरो सेसनपछि नकरात्मक कुरा सिक्न पनि गइराखेका हुन्छन् । उनीहरुले के सोच्छन् भने मैले धेरै उमेरसम्म केही गरेन उ सानै उमेरमा धेरै काम गरिसक्यो भन्ने सोचेर कति गइराखेका हुन्छन् । यस्ता कुरा बाहेक मेरो सेसनले धेरै जनालाई सकारात्मक असर दिएको चाहिँ हामी पाउछौँ ।

तपाईको बुझाईमा मानिस उत्प्रेरित हुन नसक्नुको कारण केहो ?

वरिपरिको परिवेश, उनीहरुको बिश्वासको सिमा छ जुन तरिकाले त्यो सिमामा उहाँहरुले समय वा घटनालाई लिनु हुन्छ त्यसकारणले नै हो किनकी हाम्रो साईकोलोजीमा कुनै पनि परिवर्तन आउँछ भने त्यो परितर्वनको मुख्य कारण भनेको उहाँले अरु मान्छेलाई लिने तरिका हो यस तरिकालाई उहाँले प्रेरणाको रुपमा लिनुभयो भने उहाँ प्रेरित हुनुहुन्छ यदि लिइएन भने उहाँ उत्प्रेरित हुन सक्दैन । अर्को शब्दमा भन्नुपर्दा कुनै पनि कुरा तपाई भन्दा राम्रो भयो र त्यो कुरालाई तपाईले स्वीकार्न सक्नुभयो भने तपाई त्यसबाट प्रेरित हुनसक्नुहुन्छ । यदि त्यो कुरालाई तपाइले स्विकार्न सक्नुभएन भने तपाईमा इष्र्याको भावना जागेर आउँछ त्यसकारण सबै कुरा भनेको तपाईको इन्टरप्रिटेसन लिने कुरामा भर पर्छ ।

तपाईले सेसन लिँदा जुन प्रकारको इनर्जीले लिनु हुन्छ त्यो आफै आउँछ कि तपाईको सेसनमा सहभागिहरुलाई देखेर आउँछ कि त्यो सँधै एकै प्रकारको हुन्छ ?

यो सँधै एउटै प्रकारको त हुँदैन फरक फरक हुने गर्दछ । किनकी अहिले धेरै मानिसले मलाई जर्ज गर्ने तरिका भनेको मेरो युट्युबमा रहेको भिडियो हेरे हो तर मैले यो कार्य धेरै पटक गरिसकेको छु मैले अहिलेसम्म करिब ५ सय भन्दा बढि सेमिनारहरु गरिसकेको छु । फरक सेमिनारमा फरक किसिमको टेस्ट मैल पक्कै पनि दिन प्रयास गरिरहेको हुन्छु । त्यसकारण म जहिले पनि स्टेजमा हुन्छु म आफ्नो दर्शकको लागि हुन्छु । धेरै पटक म मेरो आफ्नै लागि हुन्छु । त्यस्ता कारणले गर्दा केही फरकपन मैले पक्कै पनि ल्याउनु पर्ने हुन्छ । त्यही किसिमको तयारी गर्दै हामीले दर्शकलाई बुझ्ने तरिकाले अगाडी बढाउनु पर्ने हुन्छ ।

अरु मोटिभेसनल स्पिकरहरुले आफ्नो सेसन लिँदा सहभागिहरुलाई संवोहन गरि आफ्नो सेसन चलाउने गर्दछ तपाई पनि त्यही बिधीलाई प्रयोग गरि आफ्नो सेसन चलाउने गर्नुहुन्छ होला ?

हो मैले प्रयोग गर्ने धेरै टुलहरुमध्ये यो प्रोसेस पनि परेको छ ।

त्यभन्दा बाहेक अरु कुन कुन टुलहरु रहेका छन् जुन तपाईले आफ्नो सेसनमा सहभागिहरुको लागि प्रयाृग गर्नुहुन्छ ?

मैले NLP को धेरै टेक्निकहरु प्रयोग गरिरहेको हुन्छु त्यसबाहेक लिडरसिपको पनि टेक्निक प्रयोग गर्छु मोटिभेसनको पनि धेरै मोडलहरु प्रयोग गरिरहेको हुन्छु । यसको साथै सञ्चारको मोडलहरु पनि मैले प्रयोग गरिरहेको हुन्छु । मैले आफैले पनि मानिसहरुको साइकोलोजी बुझेर आफ्नो मोडलहरुको बिकास गरेको छु त्यसलाई पनि मैले प्रयोग गर्ने गर्छु । यस्ता बिभिन्न किसिमका टुलहरु जो अरु ब्यक्तिले दिएका छन् र मैले आफ्नो बुझाइको माध्यमबाट पनि केही निकालेको छु त्यसलाई मिलाएर एउटा कम्प्युटर जसरी हामीले आफ्नो सेसन अगाडी बढाइराखेको हुन्छ ।

तपाईको कति समकक्षीहरु ब्यवसायीको रुपमा हिँडेका छन् तपाई एउटा मोटिभेस्नल स्पिरको रुपमा हिडिराख्नु भएको छ कहिल्यै तपाईलाई लाग्दैन कि म गलत बाटोमा त हिँडिरहेको छैन ?

आफुलाई प्रश्न चाँहि म निरन्तर रुपमा गर्नेगर्छु । किनकी यदि मैले आफुले आफुलाई प्रश्न गर्न छोँडे भने मेरो बोत्तलको ढक्कन लागिहाल्छ जस्तो मलाई लाग्छ र कति कुरामा लागेको पनि हुन्छ त कति कुरामा मैले ढक्कन खोल्ने प्रयास पनि गरेको छु । त्यो कारणले गर्दा निरन्तर रुपमा आफुलाई प्रश्न त गरिराखेको त हुन्छु र त्यस्ता प्रश्नहरुको निष्कर्ष पनि आफुले आफुलाई दिने गर्छु । तर आफुले म जुन बाटोमा हिँडेको छु त्यसप्रति मैले आफ्नो पन्ना पल्टाएर हे¥यो भने मैले आफुले आफुलाई गौरव महसुस गर्ने धेरै कारणहरु छन् । त्यसकारण म धेरै खुसी महसुस गर्दछु कि मैले जुन बाटो छानेको छु जुन कम गरेको छु त्यो ठिम हो भनेर । त्यसको साथै वरिपरिको ब्यक्तिहरुबाट जुन किसिमको बिचारहरु सुन्छु, जुन खालको परिवर्तन मान्छेमा आएको कथाहरु सुन्छु त्यो कथाहरु मेरो ई मेलमा आउँछ त्यस्ता कुराहरु देखेपछ यो गलत बाटो त होइन है भन्ने निष्कर्ष चाँहि आफुलाई दिएको अबस्था हुन्छ ।

तपाई एउटा तमाम युवाहरुलाई चाँहि पे्ररणा दिँदै हिडिराख्नु भएको छ तपाईलाई यो कार्य गर्न पे्ररित गर्ने तपाईको पछाडि कोही छ वा केही कुराले तपाईलाई यो घटनाप्रति प्रेरित गरेको हो ?

यो पे्ररणा भनेको धेरै कुराको सम्मिश्रण हुन्छ, सबैभन्दा ठूलो कुरा भनेको मेरो अभिभावकबाट पाएको सहयोग मेरो वरिपरिको रहेको मान्छेहरु, तथा उनीहरुले मबाट राख्ने अपेक्षा मलाई उनीहरुले दिएको जिम्मेवारी, यस्ता कुराहरुले मलाई पे्ररणा दिईरहेको हुन्छ । हाम्रो जिवनमा दुईटा कुराहरु हुन्छ एउटा भनेको Inspiration अर्को भनेका Desperation र मलाई पनि यो दुई कुराले प्रभाव पारेको छ । मलाई यो नैराश्यताले पनि एकदमै बढि हानिरहेको हुन्छ यसको कारण मलाई सँधै काम गर्नु पर्ने धेरै छ जिवनमा ठूलो ठूलो लक्ष्यहरु छ, अब सुत्न हुन्न उठ यो काम गर्नु छ भन्ने कुरा मलाई याद दिलाउँछ । आफुलाई मेहेनत गराएर मोटिभेसनको बातावरण बनायो मोटिभेट भयो र फेरि अघि बढ्न थाल्यो । त्यसकारण धेरै ब्यक्तिहरु पनि छन्, धेरै घटनाहरु पनि छन्, साथै आफुले आफुलाई दिएको केही बिश्वासहरु पनि छन् केही मान्यताहरु छन् जस्को कारणले चाँही आफुमा त्यस्तो जोश म निरन्तर ल्याउने प्रयास गर्छु ।

जुन तपाईले Madness Marathon पनि चलाउनुभयो यो इभेन्टको मुख्य उदेश्य के थियो र कुन ग्रुपको लागि लक्षित गरिएको थियो ?

Madness Marathon भनेको एकदमै एउटा क्रेजी खालको थियो । मलाई यस्तो क्रेजी खालको इभेन्टमा एकदमै रुचि लाग्छ । हामीले गरेका त्यस्ता क्रेजी कार्यमध्ये त्यो Madness Marathon पनि एक थियो । यसको धेरैवटा लक्ष्यहरु मध्ये एउटा मुख्य लक्ष्य चाँहि के हो भने मानिसहरुको पागलपनलाई चाँहि बाहिर निकाल्नुपर्छ । मानिसहरु पागल हुने होइनकि आफ्नो निर्णयको माध्यमबाट जिवनको उत्साह तर्फ जानु पर्छ । आफ्नो कम्फर्ट जोनलाई नाघेर पुरै अगाढी बढ्नुपर्छ भन्ने कन्सेप्ट हो । त्यो बाहेक अरु कन्सेप्ट भनेको चाँहि Nothing is Impossible भन्ने धारणा युवाहरुको दिमागमा सिर्जना गराउने पनि हाम्रो उदेश्य रहेको थियो । साथै आफ्नो रुचिको क्षेत्र कुन हो त्यसलाई पहिचान गर्ने र आफ्नो लक्ष्यलाई निर्माण गर्ने त्यो गोलमा प्यासनेट तरिकाले अगाडी बढ्ने । यस्ता उदेश्यहरु राखेर त्यो तिन दिनको कार्यक्रम गरिएको हो । जस्ले धेरै राम्रा नतिजाहरु ल्यायो । धेरै जना ब्यक्तिहरुको जिवनमा परिवर्तन यस्ले ल्यायो । यो एउटा Crazy Moment को माध्यमबाट धेरै राम्रो नतिजा आयो । हामीहरुलाई पनि एकदमै राम्रो समय यो ट्रेनिङले दिइराखेको छ । हामीले पनि नियमित रुपमा गरिराखेको हुन्छौँ ।

तपाई जुन ५ हजार भन्दा बढि सेमिनारहरु गर्नुभयो यस बिचको समयमा सबैभन्दा बढि सम्झनलायक एउटा सेमिनार अथवा एउटा परिवेश हामीलाई बताइदिनुहोस् ?

धेरै सम्झनाहरु छन्, यस्ता ट्रेनिङ तथा सेमिनारहरुमा । मैले एउटा गर्ने पाटो भनेको सेमिनारहरु हो जुन मेडियाहरुमा बढि भिजिबल हुन्छ । अर्को मेरो ट्रेनिङ को क्षेत्र जस्तै Madnees Marathon हो । यस्ता ट्रेनिङहरु चाँहि हामीले धेरै पनि गरिराखेका हुन्छौ खासमा । ट्रेनिङहरुमा एकदमै धेरै ममोरि हरु पाइन्छ किनकी त्यहाँ सेयरिङ हुन्छ अरुको बिचारहरु सुनिन्छ त्यहाँ रुवाबासी समेत हुने गर्दछ मान्छेहरु मृत्युको संघारमा पुगेको सरि हुन्छ । भने सेमिनारमा एक किसिमको बेग्लै इनर्जि हुन्छ । त्यो छोटो तर म्याजिकल इभेन्ट जस्तो हामीले सिर्जना गरेका हुन्छौँ । मेरे लागि मेमोरियल मुमेन्ट भनेको धेरै छन् । हजुरलाई मैले यो सेमिनार भनेर कसरी भन्ने मलाई गाह्रो भईरहेको छ । यो दिन भनेर भन्दा यहाँ काम नलाग्न सक्छ । त्यो समय जब सहभागिहरु मेरो जिवन पुरै परिवर्तन भयो, कतिले भन्छन् मैले १८ बर्ष सम्म नसिकेको कुरा मैले केहीदिनमा सिँके । भर्खर एउटा ट्रेनिङ भएको थियो जस्मा फरक कामहरु हामीले गरिरहेका थियौ । केही मान्छेहरुले आएर मलाई थर्काइदिनु भयो तर पछि उहाँहरुले आएर हाम्रो जिवनको सबैभन्दा राम्रो सेसन भनेर भन्नुभयो यस्तो खालको बिचारहरुले हामीलाई थप उचाईमा पुराएको जस्तो महसुस हुन्छ । यो मेमोरजिहरु मेरो लागि मेरो यात्राको गिफ्ट हो ।

अलिकति बिषय मोडौँ तपाईले बुझ्नु भएको नेपाल केहो ?

धेरै चुनौती, कम स्थान, सिमीत अवसर, एड्भेन्चर लभर्सको लागि एउटा फ्याबुलेस् प्लेटफर्म र जुन ठाउँमा नेपालीहरु बस्छन् र अरु पनि आएर बस्न मन पराउँछन् ।

नेपाली परिवेशमा तपाईले एउटा मोटिभस्नल यात्राको लागि यत्रो धेरै सेमिनारहरु गरिसक्नु भएको छ के नेपाली परिवेशले तपाईलाई साथ दिइरहेको छ ?

कतिपय कुराहरुमा मलाई एकदमै राम्रो तरिकाले सहयोग भएको छ । सायद म नेपालमा नभएको भए म मोटिभेसनल स्पिकर पनि हुने थिएन होला कि मेरो यात्रा नै फरक हुन्थ्यो कि । म यो भुमिमा जन्मेको कारणले गर्दा ग्रेटफुल हुने धेरै कारणहरु छन् । कतिपय क्षेत्रमा चुनौतीहरु पनि छन् । किनकी यो पेशा नेपालबाट सुरु भएको पेसा पनि हौइन । नेपालमा प्रवचन धेरै पहिला देखि सुरु भएको हो त पेसागत रुपमा बिकास भएको वेस्टन एरिया तर्फ बढि हो । त्यो कारणले गर्दा नेपालमा यसको राखिने आकांक्षा धेरै कम छ । त्यो कारणले गर्दा चुनौती धेरै माथि छ । त्यो चुनौतीले बेग्लै खालको इनर्जि हामीलाई दिएको छ यसमा बेग्लै खालको मज्जा छ । त्यसकारण केही क्षेत्रमा धेरै सपोर्ट हामीले पाएका छौँ भने केही क्षेत्रमा धेरै चुनौतीको सामना हामीले गर्नु परेको छ । यो दुबै तत्वको मिश्रण हो ।

तपाई उत्रो ठूलो अभियान लिएर अघि बढ्नु भएको छ तपाईलाई सरकारको तर्फबाट वा प्राइभेट सेक्टरबाट सहयोग गर्ने कोही न कोही हुनुहुन्छ न होला ?

यी ब्यक्तिहरु हामीलाई सरकारी लेभबाट सहयोग गरिरहेका छन् भन्ने छैनन् । हामीले गरिरहेका छौ तर उनीहरुबाट त्यस्तो कुनै सुचना आएको छैन । साथै नकारात्मक पनि छैन कोही यो काम गर्नै हुन्न भन्ने खालको पनि कोही छैन । प्राइभेट सेक्टरमा केही ब्यक्तिहरु छन् जस्ले हामीलाई सहयोग गरिरहेका छन् । सुमन पाण्डे ज्युले पनि हामीलाई सहयोग गर्नु भएको छ । अनिल शाहको टिमले पनि गरेका छ । अरु धैरै संस्थाहरु छन् नाम लिन थाल्यो भने लामो लिस्ट बन्छ । कतिजनालाई यो कुरा बकवास लागेको छ । तर यो खालको कार्यक्रमले परिवर्तन ल्याउन सक्छ भन्ने बुझ्नेहरु उहाँहरुले साथ दिनु भएको छ । हाम्रो सुरुवात भनेको कसैले सहयोग नगरिकन सुरु भयो अहिले हामीले यसलाई अर्को स्यान्डर्ड सम्म पुराउन सफल भएको जस्तो लाग्छ । जस्ले गर्दा सहयोग गर्ने हातहरु प्नि अहिले बढ्दै आएको छ । जसबाट धेरै ब्यक्तिहरु म मोटिभेटर बन्छु भनि अगाडी आएको हामीले देख्न सक्छौँ । यसरी यो एउटा पेसा समाजलाई नयाँ दिशा दिने माध्यमको रुपमा अगाडी बढिराखेको छ ।

अन्त्यमा आम नेपाली युवाहरुलाई के भन्न चाहनु हुन्छ ?

मैले भर्खरै सकेको कार्यक्रम चार दिनको थियो चार दिनसम्म मैले भनेको भन्यै गरेको थिए । अहिले केही समयमा म आफ्नो बिचार राख्न सक्दिन । मेरो सेमिनार ट्रेनिङहरु लामो समयको लागि हुन्छ । तपाईहरु आफुलाई अझ बढि चिन्नुस् फरक फरक किसिमको प्रश्नहरु गरेर । तपाई जुन माहोलमा समाजमा हुनुहुन्छ त्यो भन्दा तपाई आफु ठूलो भन्ने बिचार राखेर तपाई हिड्नु । सबैको जिवनमाा समस्या हुन्छ मेरो जिवनमा छ तपाईको जिवनमा समस्या रहेको हुन्छ तर जति पनि तपाईको जिवनमा समस्या छ तपाई त्यो भन्दा एक लेभल माथि हो बिचारमा आफुलाई राख्नु र हामीहरुको बिचार त्यसरी डिटरमाइन हुन्छ की जुन कुरा हामीहरु देख्छौ सुन्छौ, चाख्छौ त्यही कुराले हाम्रो साइकोलोजी डिटरमाइन हुने हो तर यो भन्दा पनि म माथि हो भन्ने खालको कन्सेप्ट आफुलाई दिँदै जानु । हरेक दिन यस्तो कार्य गर्नु की जस्ले भोलीको निम्ती तपाईको कन्फिडेन्ट लेभल बढाओस् । त्यो आफ्नो जिवनको बेस्ट वे हुनेछ । र आफ्नो भबिष्यको निम्ती सकेसम्म क्लियारिटी ल्याउने म यो गर्न चाहन्छु म यो बन्न चाहन्छु भनेर स्टेपहरु बनाउने र काम गर्ने । हामी धेरैजसो काम गर्ने सिलसिलामा नगर्नुको कारण भनेको कहिल्यै काँही हामीले धेरै ठूलो सोच्छौँ र त्यो यति ठूलो हुन्छ कि हामी त्यो गर्नै सक्दैनौँ । हामी फेल हुनको कारण भनेका हामी धेरै उदेश्य बनाउँछौ की हामी पछि त्यो गर्नै सक्दैनौ । म के भन्न चाहन्छु भने तपाई ठूलो सोच्नुस् तर उदेश्य सानो बनाउनुस् त्यसलाई पनि सानो सानो भागमा बाँडेर त्यसलाई पाउने कोशिस गर्नुस् । त्यो नै हामीले आफुलाई परिवर्तन गर्ने राम्रो बाटो हुनसक्छ । अनि अन्त्यमा आफुमा लगानी गर्नुस् हामी बाहिरी कुरामा भन्दा पनि आफ्नो दिमागमा लगानी गर्न सक्यौ भने त्यसले तपाईको ग्रोथ गर्छ । त्यसकारण ट्रेनिङ, सेमिनार हरुमा लगानी गर्नुहोस् जस्ले तपाईलाई बिकास गर्न मदत गर्दछ ।

प्रकाशित मिति : २०७३, ८ मंसिर बुधबार ०७:५९

तपाइको प्रतिकृया