नाकाबन्दीले नेपाललाई आर्थिक तथा सामाजिक दुबै रुपमा असर पारेको छ : राजेन्द्र गिरी

लामो समय देखि बित्तिय क्षेत्रमा सक्रिय व्यक्तित्व राजेन्द्र गिरीसँगको अन्तबार्ता

बिशेषगरि नेपाल अहिले भुकम्प र नाकाबन्दीको चरम समस्याको अबस्थामा रहेको छ, यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा कस्तो प्रभाव पारेको छ बताईदिनुस् ?
भुकम्पले आर्थिक रुपमा भन्दापनि सामाजिक हिसाबमा धेरै असर पारेको छ । तर यो नाकाबन्दीले नेपाललाई आर्थिक तथा सामाजिक दुबै रुपमा असर पारेको छ । यो नाकाबन्दीले गर्दा सरकारले आर्थिक बृद्धिदर नै ५% राख्ने भनेकोमा घटेर ३% भन्दा पनि कममा पुगी सकेको छ ।आठ लाख भन्दापनि बढि मानिसहरु बेरोजगार बन्न पुगिसकेको छ । कति मानिसहरु यसबाट पिडीत भएर आफ्नो व्यबसाय बन्द गर्न तथा रोजगार बाट बन्चित हुन पुगिसकेको कारणले देशलाई १० बर्ष पछाडी धकेलेको अबस्था छ र भुकम्पको कुरामा पनि पुन ः निर्माणका कुराहरु ढिला हुँदा पनि मौसमको हिसाबले पनि मानिसहरुलाई अप्ठेरो परिराखेको छ । यो हिसाबले देशलाई ठूलो असर पारेको छ ।

आर्थिक बृद्धिदर अब नेपालले घटाई सकेको पनि अबस्था छ । अब अर्थतन्त्रलाई पुनः सक्रिय बनाउनको लागि बैंकहरुले कस्तो रणनिती अपनाउने छ ?
बैंकहरुले अबलोकन गर्ने भनेको लगानी बढाएर उत्पादित क्षेत्रमा जसलाई सरकारले पनि प्राथमिक क्षेत्रमा राखेको छ जस्तै जलबिद्युत्, सिमेन्ट, पर्यटन जस्ता क्षेत्रमा सरकार पनि सरकारको निती पनि र सरकारको सहयोग गर्ने मन र बैंकसंग पनि अहिले लगानी गर्न नसकेर धेरै तरलता छ र यो तरलतालाई बढाउन सकेमा देशको आर्थिक बृद्धिदर पनि बढ्न सक्ने अबस्था चाहिँ छ । अहिलेको राजनितीक अबस्था पनि हामी अप्ठ्यारो अबस्थामा छौँ तर यो अबस्था सुध्रिने हो भने बैंकलाई लगानी गर्ने ठाउँ भने अप्ठ्यारो छैन । तर ठूला प्रोजेक्टलाई ल्याउन सकेनौं भने देशलाई आर्थिक हिसाबलाई उचाईमा लान भने गाह्रो छ । त्यसकारण हामीले रोजगारी, आम्दानी बढाउने कुराहरु तथा शक्ति बढाउने कुरा तर्फ हामी बैंकहरु अघि बढ्ने कुरामा लागिरहेका छौं ।

भनेपछि नेपालको राजनिती केही हदसम्म सकारात्मक बाटोतर्फ लाग्यो भने पक्कै पनि प्राईभेट सेक्टरहरु लगानी तर्फ उन्मुख हुनेछन् ?
एकदम राजनितीक हिसाबले यो कुरामा सकारात्मक हुन बित्तिकै यो प्राइभेट सेक्टरहरु पनि काम अगाडी बढाउन थाल्छन्, त्यसैगरि बैंकहरुले पनि त्यसमा साथ दिन्छन्, उनीहरुको लगानी गर्ने नै मुख्य उदेश्य भएकोले उनीहरुको ब्यवसाय पनि बढ्छ । त्यसैले यो राजनितीक स्थिरता सकारात्मक हुन त समय लाग्छ तर सकारात्मक भएपछि प्राइभेट सेक्टरहरु ब्यवसाय गर्ने स्थितीमा जति चलायमान हुन्छ त्यो कुरामा बैँकले उनीहरुलाई साथ दिने छ । उनीहरुको पैसा लगानी गरेन भने त खर्च बढ्छ त्यसकारण हामी सकेसम्म छिटो लगानीको अवस्था सिर्जना होस् भन्ने चाहन्छौँ ।

नेपालको अर्थतन्त्रलाई सबैभन्दा बढि असर पार्ने कुराहरु के के हुन् ?
एउटा त हाम्रो राजनितीक स्थिरता नै हो हामी अस्ति एउटा कार्यक्रममा थियौँ हाम्रो देशका पूर्व अर्थमन्त्री डा. रामशरण महतले पनि हाम्रो देशको सबैभन्दा दुर्भाग्यको कुरा भनेको हाम्रो देशको राजनितीक नै खराब हुनु हो । राजनितीक खराब हुनु बित्तिकै त्यसले कर्मचारीतन्त्रमा असर गर्ने भयो । तल्लो स्तरसम्म कार्यकर्ता सम्म त्यसको नराम्रो असर पर्नेभयो । त्यहाँ सहयोगको कमि हुने भएकोले हामीले सबभन्दा ठूलो चाहिँँ राजनिती नै एउटा हाम्रो लागि दुर्भाग्य भैराखेको छ । त्यो सुध्रिने बित्तिकै त्यो हिसाबले हामीले धेरै राम्रो गर्न सक्ने थियौ । राजनितीक सुध्रियो र राजनितीक बिकास र आर्थिक बिकास गर्ने देशको दिर्घकालिन बिकासको लागि राजनितीेले सोच्ने हो भने देखि पार्टीहरुले त्यो हिसाबले काम गर्ने हो भने चाहिँ हामीले बिकास गर्न सक्छौँ । नेपाल स्रोतले भरिपुर्ण देश छ त्यो हिसाबले हामीले छिटै बिकास गर्न सक्छौँ । अहिले हाम्रो बिकासको लागि राजनिती एउटा ठूलो पाटो हो ।

नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउने मुख्य खम्बाहरु के के हुन् ?
नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउने मुख्य खम्बाका रुपमा त अहिलेको समयमा हामीले रोजगारी पनि दिने, आम्दानी पनि हुने, पुर्वाधार पनि बढ्ने हिसाबले हाइड्रोलाई लिएका छौँ । किनकी जहाँ हाइड्रो हुन्छ त्यहाँ बाटो पनि पुग्नुप¥यो जसले गर्दा त्यहाँको जग्गाको मुल्य पनि बढ्छ , सेवाहरु पुराउन पनि सजिलो हुन्छ, साथै हाइड्रोले बिक्री पनि बढाउन मदत गर्दछ । यसको बिकास गर्दा रोजगारी पनि बढ्छ । त्यसबाट जुन शक्ति उत्पादन हुन्छ त्यो हामीलाई आबश्यक पनि छ । यसको साथै हामीले त्यो शक्तिलाई हामीले अहिलेको समयमा पेट्रोल, ड्रिजेल, जस्ता कुराको बिकल्पकोे रुपमा प्रयोग गर्न सक्छौँ । त्यसकारण यो तिन चारवटा कुराहरु जस्तै बिक्री बढ्छ, रोजगार बढ्छ, पुर्वाधारको बिकास हुन्छ यस्ता कुराहरु चाहिँ सकरात्मक भएकोले कारणले गर्दा हामीले हाइड्रोलार्ई ल्याउन सक्यौँ भने पनि पछि ठूला ठूला प्रोजेक्टहरुलाई ल्याउन सक्यौँँ भनेदेखि अहिलेको हाम्रो जुन ब्यापार घाटा छ त्यसलाई हामी सकारात्मक बाटोमा लान सक्छौँ । त्यसले गर्दा हामीले फोकस गर्नपर्ने कुरा भनेको शक्ति हो जुन वाताबरणीय हिसाबले, पुर्वाधारको हिसाबले, बिक्रीको हिसाबले मुख्य छ । त्यसपछि पर्यटन, कृषि जस्ता कुराहरुको बिषयमा पनि जान सक्छौ तर अहिलेको समयमा मुख्य हाइड्रो नै हो ।

प्राय सबै नेपालीहरुलाई लाग्छ की नेपालको अर्थतन्त्र भनेको बैदेशिक रोजगारीबाट गएका युवाहरुबाट आएको रेमिटान्सले धानेको छ के यो सत्य हो ?
एकदम नै सत्यता हो । द्धन्दकालको समयमा पनि देशको भित्रको अबस्था एकदम बिग्रिसकेको थियो । त्यतिखेर पनि देश कसरी चलेको थिया भने बाहिरबाट जुन राजस्व आउँथ्यो त्यसबाट चलेको थियो । त्यसपछि भुकम्प भनौँ या अहिलेको नाकाबन्दी भनौँ यो समयमा हाम्रो अर्थब्यबस्थाको उत्पादन तथा सेवाहरु दुबै ध्वस्त भएको छ, तर मानिसहरुको जिवीकोपार्जन सहजै हिसाबले केही नभएको जस्तो चलिरहेको छ त्यस्तो हुनुको कारण भनेको हामीलाई जुन यो बैदेशिक राजस्व आउँछ त्यसले नै टेवा पुराएको हो र सधैँ त्यसै बस्नु चाहिँ हाम्रो देशकोे युवाहरु कति अप्ठ्यारोमा काम गर्न परिराखेको छ त्यो हिसाबले हामीले भित्रै रोजगारको वाताबरण सिर्जना गरेर उनीहरुलाई यहिँ राख्न सक्नुपर्छ । उहाँहरु जानेलाई हामीले गाली गर्न त मिल्दैन किनकी देशले उनीहरुलाई रोजगारीको वाताबरण सिर्जना गर्न त सक्दैन त्यसकारण अहिले हामीलाई उहाँहरुले नै धानेको छ । हामीले बैदेशिक रोजगारीलाई कसरी स्वास्थ्य बनाउन सकिन्छ त्यो तिर ध्यान दिन जरुरी छ । माओवादी द्धन्दकालदेखि अहिलेसम्म हाम्रो भित्रि आर्थिक अबस्था त एकदम बिग्रिएको छ हामीलाई धानेको भनेको नै बैदेशिक रोजगारीबाट प्राप्त राजस्वले नै धानेको हो ।

त्यसको हिसाबमा तपाईहरु बैँकीङ क्षेत्रको मानिसहरुले बैदेशिक रोजगारमा युवाहरु नजाउन् भन्ने भन्दा पनि देशको अर्थतन्त्रको हिसाबले तपाईहरुले कतै ना कतै युवाहरु बैदेशिक रोजगारमा जाओस् भन्ने आशा राख्नु भएको छ ?
बाहिर जाँदा राम्रो हुने होइन, यहाँ अबसर नभएपछि आफ्नो परिवार, समाजलाई छोडेर जादाँ जुन बेदना छ त्यो अर्कोतिर छ किनकी सबैजना दक्ष भएर त बाहिर गएको हुँदैन बाध्य भएर गएको हुन्छ जस्ले गर्दा कतिपय त आत्महत्या गर्ने अबस्था सम्म पुगेको पनि हुन्छन् । यो भनेको एकदम दर्दनाक स्थिती हो । यो हामीले देशमा बसेर बिकास गर्न नसकेर, रोजगारीको अबस्था सिर्जना गर्न नसकेर त ब्यक्ति आफ्नो परिवार छोडेर बाहिर जान बाध्य भएको हुन्छन् । त्यसले गर्दा यसलाई प्रोत्साहन गर्नेभन्दा पनि यहाँ भित्रको बिकास गरि आफ्नो मान्छेलाई यहि काम गर्ने वाताबरण बनाउने भन्ने कुरामा प्रक्रिया अगाडी बढाउन जरुरी छ । उनीहरुलाई बाहिर जानको लागि बैँकले पनि प्रोत्साहन गर्न हुन्न र सरकारले पनि त्यो गर्दैन । तर मानिसहरु लुकेर पनि जान्छन् त्यो बाध्यात्मक स्थिती भएकोले यसलाई प्रक्रियामा लाने भन्दा पनि यहाँ भित्र नै बिकास गर्नु छ । हामीलाई बिकास पनि चाहिन्छ हाम्रो सेवा सुबिधा सबै कुरा एकदम तल्लो स्तरको रहेको छ । त्यसले गर्दा पनि हाम्रो अर्थतन्त्र एकदम बिग्रिदा पनि हामी बिग्रेको छैन किनकी हामी भुईमा छौँ र भुईमा सुतेको मानिस कहिल्यै लड्दैन । हामी यो भन्दा तल जाने अबस्था नै छैन हामी यो भन्दा माथि बिकास गर्छौँ । सरकारले पनि गर्छ बर्षै पिच्छे हामीले बिकास त गरेका छौँ तर जुन हिसाबमा हुनपर्ने हो त्यो हिसाबमा भने भएको छैन ।

नेपालमा रोजगारको वाताबरणको सिर्जना गर्नको लागि जिम्मेवारी सरकारको हो या प्राइभेट सेक्टरको ?
सरकार नै हो नि किनकी सरकारले बिभिन्न क्षेत्रमा कर लगाउन सक्छ, ऋण ल्याउन सक्छ साथै अनुदान लिन सक्छ उसंग बिभिन्न मन्त्रालय छ । भित्र योजना बनाउने छ त्यसकारण उसले काम गर्ने वाताबरण बनाइ दिएमा त प्राईभेट सेक्टरले काम गर्ने हो नि त । प्राइभेट सेक्टरले त पायो भने नाफा गर्ने उनीहरुले खराब बस्तु पनि उत्पादन गर्न सक्छन् । राम्रो संग छानविन नभएमा उनीहरु नराम्रो बस्तुहरु पनि बिक्री गर्न सक्छन् बढि नाफा कमाउनको लागि भए पनि । हुनत अहिले रोजगारीको अबसर सिर्जना गर्ने तथा बिकास गर्ने भनेको प्राइभेट सेक्टरले नै गरेको हो वाताबरण बनाइदिने हो तर सरकार संग स्रोत छैन । जुनसुकै क्षेत्रको बिकास गर्नको लागि पनि हाम्रो राजनितीक हाम्रो कर्मचारीतन्त्रबाट राम्रो गर्न सकेमा छोटो समयमा धेरै गर्न सकिन्छ । तर त्यो अबस्था किन सिर्जना भएको छैन भने राजनितीक दल आफ्नै भाग बण्डामा बसेको छ उनीहरु साना साना दलहरु खडा गरि पार्टी चलाउन पैसाका लागि उनीहरु जस्तोसुकै मानिसलाई पनि साथमा लिएर अघि बढेका छन् । त्यो भएपछि वाताबरण बिग्रिन्छ । त्यो हिसाबले चाहिँ यो पाटोमा सरकार हो किनकी उसंग अधिकार छ सरकारले गर्ने हो भने कर लगाउन सक्छ बाहिरबाट ऋण लिन सक्छ । बिभिन्न प्रोजेक्ट ल्याउन प¥यो भने सरकारले साथ दिएमा बाहिरबाट पैसा आउन पनि सजिलो हुन्छ । तर सरकारले प्राइभेट सेक्टरले खाने हो भनेर बसेमा त्यो सफल हुँदैन हामीलाई प्रोजेक्टबाट पैसा उठ्न नै बर्षौ नै लाग्छ । त्यसकारण सबैकुरामा मुख्य जिम्मेवार भनेको सरकार नै हो । हामीलाई शिक्षा स्वास्थ्य जस्ता सेवा दिने नै सरकार हो । त्यसकारण सरकारले बिकास गराएर आफ्नो पनि स्रोत बढाएर अघि बढ्ने सरकारको नै जिम्मेवारी हो । हुनत ब्यक्तिगत रुपमा हाम्रो पनि जिम्मेवारी हुन्छ राम्रोसंग काम गर्ने सहि नेताहरुलाई छान्ने जस्तो हामीमा पनि भर पर्छ । राजनिती बिग्रिनुमा पनि हामी सबैको जिम्मेवार रहेको छ । हामीलाई नेतृत्व गर्ने मानिसको क्षमता कसरी बिकास गर्ने भन्ने कुरा हामीमा पनि भर पर्ने कुरा हो ।

सरकारले जिम्मा लिने हो भने प्राइभेट सेक्टरको माध्यमबाट सरकारले कायापलट गर्नसक्छ ?
एकदम हो सरकारले जुन हाम्रो राजनिती गराउने कर्मचारीतन्त्र चलाउने भएकोले हामी जनप्रतिनिधी ल्याउछौँ भन्दा कर्मचारीतन्त्रलाई सन्तुलित बनाउनको लागि जनप्रतिनिधी किन चाहियो, कर्मचारी सबैजना देश बिगार्न बाहिर जान लाग्ने हो भने किन चुनाव गरेर जानप¥यो । कर्मचारी नियन्त्रण गर्न जनताको भावना बुझेर काम गर्न भनेर हामीले चुनाव गरेर गएको हो नि । हामीद्धारा छानिएको जनप्रतिनिधीले त देशको ऐन कानुनको कार्यान्वयन गर्छ । हामीले यी यस्ता कुरालाई मिलाउन सक्यो भने हामीले कायापलट गर्न सक्छौँ । अहिले कति प्रोजेक्टहरु आईरहेको छ तर सरकारको कति मन्त्रालयमा रोकिएर बसेको छ । कति प्रोजेक्टमा त म आफै संलग्न छु । त्यो समयमा प्रोजेक्ट नै छोडौँ जस्तो महसुस हुन्छ कहिल्यै त । देशलाई चाहिने क्षेत्रको लागि काम गर्दा पनि उनीहरुले रोकेर राखिदिन्छन् उनीहरुलाई सहयोग गर्ने कुराको मतलब हुँदैन । उनीहरुलाई प्रोजेक्ट ढिला हुँदा खर्च बढ्छ, रोजगारको अबसरमाा कमि आउँछ त्यो कुराको मतलब हुँदैन उनीहरुलाई आफ्नो स्वार्थ पुरा गर्न पाए हुुन्छ । त्यसकारण त्यो उद्योग ब्यबसाय गर्ने मानिसहरुले कसरी गरे होला सोचेर मलाई अचम्म लाग्छ । म उनीहरुलाई सम्मान गर्छुु । मैले आफै त्यहाँ गएर हेर्दा त्यो काम गर्न सहज छैन हो हुन त नाफा हुन्छ तर त्यो काम गर्न सजिलो पनि छैन । सबै कुरा मिलाएर अघि बढ्न भने धेरै चुनौती रहेको कुरा म देख्छु ।

तपाई एउटा बैकिङ क्षेत्रमा सक्रिय रुपमा हुनुहुन्छ हामीलाई बताईदिनुस् कि नेपालको अर्थतन्त्र सुदृढ बनाउनको लागि बैँकहरुको भुमिका कस्तो हुन्छ ?
नेपाल जस्तो देशमा गरिब भनेको पुँजी कम छ आफ्नो मात्र पुँजीले गर्न सक्ने भएकोले महत्व कम हुन्थ्यो होला पूँजी चाहिने भएकोले ब्यक्तिले उद्योग गर्न तथा ब्यबसाय गर्नको लागि उसले आफ्नो मात्र पुँजीले मात्र पुग्दैन त्यसकारण त्यतिबेला बैँकले ठूलो सहयोग गर्नसक्छ तपाईको मात्र पैसाले गर्ने हो भने त्यति नाफा पनि दिँदैन त्यसले गर्दा पुँजी कम भएको देशमा हामीले पुँजी कसरी पुराउने हो र रोजगारलाई कसरी बढवा दिने भएकोले पनि यसको महत्व छ । हाइड्रोमा पनि सबै पैसा लगानी गर्न नसकेर ७०% सम्म ऋण नै हुन्छ । देशको बिकासको लागि त हाम्रो पुँजीको पहुँच आफ्नो ब्यापार गर्ने त्यो सबै कुराको लागि बैँकको एकदमै ठूलो भुमिका रहेको छ । बैँकको बिकास गर्न सकेनौँ भने त त्यसको असर उद्योग ब्यबसाय तथा ब्यापार मा पनि असर पार्दछ । उद्यमी भन्न बित्तिकै आफ्नो पुँजी त पुग्दैन ऋण त लिनै पर्दछ । अहिले त पुँजी सहयोग गर्ने खालको संस्था पनि बिस्तारै आईसकेको छ । प्रोजेक्टको लागि एउटा स्वपुँजी र अर्को ऋण पुँजी त्यो मिलेर प्रोजेक्टको लागि पैसा जुट्छ त्यो हिसाबले अहिलेको समयमा बैँकको एकदमै ठूलो भुमिका रहेको छ ।

नेपाली युवाहरुलाई नेपालमै केही गर्न एउटा ब्यबसाय स्थापना गर्न प्रोत्साहन गर्न बैँकले कस्तो खालको रणनिती अपनाएको छ ?
अब बैँकले आफ्नो हिसाबको काम गर्ने उदेश्यले काम गर्ने हो । रोजगारी बढाउने भन्दा पनि ब्यक्तिलाई सहयोग गरि रोजगारी बढाउन काम गर्ने हो । ब्यबसायलाई बिस्तार गरेर रोजगारको अबसर बढाउने हिसाबले काम गर्ने पक्षमा त बैँक छ तर रोजगारको कुरा गर्दा ठूला ठूला प्रोजेक्ट जहाँ एउटै क्षेत्रमा धेरैले काम गर्न सक्ने प्रोजेक्ट ल्याएमा हामीले बाहिर जाने मानिसहरुलाई हामीले रोक्न सक्छौँ । बाहिरबाट पनि मान्छे ल्याउन सक्ने वाताबरण सिर्जना हुन्छ । तर सानो सानो योजनाले रोजगारी धेरै बढाउन सक्दैन । हाम्रो देशमा ५०% बेरोजगारी रहेको छ भन्छ त्यही बेदनाले मानिसहरु बैदेशिक रोजगारीमा जाने गर्दछ । बैँकले आफ्नो हिसाबले काम गर्छ । तर अहिले यो बैँकहरु गाभेर काम गर्ने भएकोले रोजगारी घटेको छ । किनकी बिभिन्न बिभागको मानिसहरु घटाउनु पर्नेहुन्छ । यसको नकारात्मक पाटो पनि रहेको छ ।

राष्ट्र बैँकले जुन एउटा निति ल्यायो बैँकहरु गाभ्ने साथै सेयर पनि बढाउनुपर्छ भन्ने जुन निती जारी गरेको छ त्यसले गर्दा भबिष्यमा झन् बेरोजगारी बढ्ने त होइन ?
त्यसैले गर्दा त होइन बैँकले नै रोजगारीमा कति प्रतिशत हिस्सा ओगटेको छ भन्ने कुरा चाँही महत्वपूर्ण हो । अब बैँक आफैँ अस्वस्थ भयो भने त असर पार्नेभयो । तर सानो रुपमा भनेपनि धक्का भने दिनेभयो । रोजगारी बढ्ने भन्दा पनि कम गर्ने खालको निती चाहिँ आयो । पुँजीलाई बैँकमा नै स्वपुँजीको रुपमा राख्ने हो भने उद्यमीको पुँजी पनि त्यही बस्ने भयो र अर्को बािहर पँुजी पनि लगानीे नहुनभयो । त्यस्ले गर्दा बाहिर ब्यबसाथ बढाउँ भने पनि त्यो घट्ने भयो । त्यसको रोजगारीको असर भन्दा पनि पुँजीको असर भने बढि छ । पुँजी भनेको एउटा क्षेत्रमा लगानी गरेपछि अर्को क्षेत्रमा स्वपुँजीको रुपमा रहने कुरा हो । एउटा क्षेत्रमा मात्र पुँजी लगानी गरेर राख्दा बाहिर लगानी हुने पुँजीमा त्यसको असर पार्दछ ।

अब अलिकति बिषय मोडौँ
लामो समयदेखि समाज सेवामा पनि सक्रिय हुनुहुन्छ तपाईले बुझ्नु भएको नेपाल के हो ?
मैले बुझेको नेपाल चाहिँ हाम्रो मानिसहरु चाहिँ एकदम नै असल मित्रतापुर्ण ब्यवहार राख्ने र बिश्वासिलो सहयोगी गर्ने छन् त्यो हिसाबले नेपाल एकदमै राम्रो देशको रुपमा लिन्छु । किनकी म पनि काम गर्न युएनबाट बाहिर गएको थिए पछि अरु देशको लागि अफर आएको थियो तर त्यो सबै छोडेर म नेपाल मै बस्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लागेको हो । तपाई बाहिर बसेर काम गर्दा सुरक्षाको हिसाबले राम्रो हो तपाई आफ्नो हिसाबले त ठिक हो तर अरु सामाजिक हिसाबले चाहिँ राम्रो होइन । मैले त्यो हिसाबले नेपाल राम्रो लाग्छ यहाँको मानिसको ब्यबहार हामीले सहयोग गर्नपर्ने हो । म सानैदेखि यो क्षेत्रमा लागेर क्लब खोल्न तथा शिक्षाको लाइब्रेरी खोल्नपर्छ भनेर लाईब्रेरी खोलेँ । पोखरामा सिर्जना बिकास केन्द्र भन्ने क्लब छ मैले खोलेको क्लब हो त्यो क्लब अहिले धेरै सक्रिय छ साथै त्यहाँ माइक्रो डेभेलोपमेन्ट बैँक पनि खोल्ने क्रममा छ । त्यो हिसाबले सेवा गर्नपर्ने छ रोजगारीको अवसर बनाउन पर्ने छ युवाहरुलाई संलग्न गर्न बिभिन्न क्रियाकलाप सञ्चालन गराउने र कसरी यो बिभिन्न पाटोमा सरकारलाई संलग्न गराउने बिषयमा हामी लागेका छौँ । सरकार आफैँ कमजोर त्यसैले उसलाई गाली गर्ने भन्दा पनि कसरी काम गर्ने भन्ने बिषयमा हामी लाग्नु जरुरी छ । म लायन्समा लागेको पनि ३० बर्ष भैसकेको छ त्यो भन्दा पहिला पनि म बिभिन्न क्लब खोलेर काम गर्ने गर्दै थिए । या क्लब अन्तरराष्ट्रिय स्तरको भएको कारणले यसले बिभिन्न सेक्टरमा काम गर्दै आएको छ । म त्यहा भएर ठूलो मान्छे बन्ने भन्दा पनि पद लिने भन्दा पनि त्यसमा जुटेर जानुपर्ने मेरो धारणा छ । हाम्रो राजनितीमा जुन खालको समस्या रहेको छ हाम्रो बिभिन्न समाज सेवामा लाग्ने केही संस्थामा पनि नेतृत्व अनुशासनको कमि रहेको पाउछौँ । मानिसहरु बिश्वास गरेर आउँछन् तर त्यसबाट मानिसहरु ठगिने छन् ।हामीले जुन लिडरसिपको हिसाबले चल्नपर्ने त्यो हिसाबमा छैन । तर धेरै मानिसहरु त्यो गलत कुरा बुझेर पनि नाटक गर्ने र आफ्नै खालको मत तयार पारेर अघि बढेको हुन्छ । तर समाजसेवा गर्न समाजमा सहयोग गर्नपर्ने हो मानिसहरु हाम्रो समाजमा अलिकति सहयोग गर्नपनि यति कृतज्ञा हुन्छन् । हाम्रो देशको मानिस सोझो भएको कारण दाश बनाएर काम गराउने मात्र देखिन्छ तर अहिले अधिकारको कुरा आएको हुनाले यो सुध्रिदैँ छ । तर त्यसको लागि धेरै गर्नुपर्ने छ ।

तपाई लायन्स क्लबको माध्यमबाट समाज सेवामा पनि सक्रिय हुनुहुन्छ । तपाईलाई लायन्सबाट नेपालले पाउने सहयोगहरु के जस्तो लाग्छ ?
लायन्सको माध्यमबाट एउटा त नेपाललाई अन्तरराष्ट्रिय रुपमा प्रमोसन गर्न पनि सहयोग मिलेको छ । हाम्रो भर्खर मात्रै International Director बनेर गईसकेपछि अन्तरराष्ट्रिय फोरममा नै नेपालको झण्डा राख्ने नेपालको राष्ट्रिय गान गाउने जस्ता कुराले देशको प्रोमोसन गर्ने कुरा भयो । यसैगरि आँखाको क्षेत्रमा बिभिन्न हिसाबले यहाँ सहयोग आईरहेको छ । बिभिन्न हेल्थ प्रोजेक्ट तथा स्कुल प्रोजेक्टहरु पनि आईरहेका छन् । उनीहरुले पनि सहयोग गर्ने भनेको गरिब देशहरुलाई र यस्ता देशहरुको मानिसहरुलाई सहयोग गर्ने । उनीहरुको प्रत्येक बर्ष योजना पनि आईरहेका छन् त्यसको लागि पनि हामीले मिलेर राम्रो काम गर्न सक्यौँ भने त्यो प्रोजेक्ट आउँछ तर टिममा नै झगडा भयो भने आउँदैन । कहिल्यै काहीँ हामीले त्यो पनि फेस गर्नुप¥यो हाम्रो टिममा रहेका ठूला मानिसहरुको बिचमा मनमुटाव भएको कारणले गर्दा त्यो सस्पेन्स गरेर पनि राखिदिएको थियो । पाँच, छ बर्षभयो एकदमै राम्रो भएर प्रोजेक्टहरु पनि एकदमै आइराखेको छ । २१० देशमा चाहिँ यसको शाखा रहेको छ नेटवर्क रहेको छ त्यसबाट ४४ करोड भन्दा बढिको फण्ड चाहिँ नेपालको लागि भनेको मा १० करोडसम्म त आईसकेको छ यहाँ राहत बाँडेर अरु गरेर त्यो पछि अहिले पुनः निर्माणको लागि भनेर त्यो फण्ड सरकारले कुन क्षेत्रमा भनि प्रोजेक्ट बनाएर पठाएपछि मात्र उनीहरुले त्यसलाई सोही अनुसार लगाउनेछन् । त्यो पाटोमा सरकारले पुनः निर्माण गर्ने केशमा नै हामी बिचमा ढिला भयो अब आईरहेको छ । त्यसबाहेक ब्यक्तित्व बिकास गर्ने, साथै लायन्सको माध्यमबाट बाहिर जाँदा नेपालको भनेर चिनिदाँ पनि सम्मान पाउँछ । उनीहरुले गर्ने कार्यक्रममा नै नेपालको झण्डा राष्ट्रिय गान बजाउने गर्दछ त्यो हिसाबले नेपालको प्रोमोसन पनि भयो । धेरै किसिमको सहयोग पाएको छ ।

पुनः निर्माणको क्रममा पनि मानिसले कसरी बुझ्छन् लायन्स क्लबलाई ?
पुनः निर्माणको हिसाबले यो एकदमै जरुरी छ र धेरै कुराको ब्यस्थित बनाउन पनि जरुरी छ । त्यस्ले त एउटा क्षेत्रबाट आएको फण्डलाई ब्यबस्थित गरेर साधन जुटाउने हो हामीले । अब यो सरकारले हामीले स्कुल र घरहरु को निर्माणमा हामीले यति नम्बर भनि खर्च निकालेर हामीले गर्ने कुरा हो । ५० वटा जति स्कुल र १००० वटा जति घर भनि हामीले योजना बनाईराखेका छौँ । त्यो हिसाबले गर्ने छ त्यमा सरकार स्थानिय तथा बिभिन्न स्थानमा रहेका लायन्स क्लबले सहयोग गर्ने हिसाबले हामी एकदम सकारात्मक छौँ । र हामी आफ्नो हिसाबले सेवा दिने क्रममा पनि हामी र स्थानिय रुपमा सेवा दिन पनि हामी तयार छौँ । देशलाई पनि त्यो आवश्यक छ देशको नागरिकको हिसाबले पनि हामी तयार छौँ । लायन्स को मेम्बर भएको कारणले पनि हामी तयार छौँँ ।

तपाईहरु नेपाल सरकारको माध्यमबाट जाने होकि लायन्सले नै बिभिन्न समाजमा आफैँ काम गर्छ ?
अहिले लायन्सले गरेको छ कुन सेक्टरमा हो छुट्टाईदिनुस् हामीले त्यही सेक्टरमा सरकारसंग मिलेर हामीले यो यो प्रोजेक्ट गर्ने भनि त्यही अनुसार अगाडि जान्छौँ ।

तपाई लायन्सको माध्यमबाट समाज सेवामा पनि सक्रिय हुनुहुन्छ साथै आर्थिक क्षेत्रमा पनि लामो समयदेखि हुनुहुन्छ, बिशेषगरि नेपाली युवालाई तपाई के भन्न चाहनुहुन्छ ?
नेपाली युवाहरुलाई एउटा आफ्नै बिकास गर्ने क्रममा तपाईहरु आफ्नो बिकास गर्ने कुरा त प्रथम रुपमा छ हामीहरु एकदम हलुको हिसाबमा आफ्नो बिकास गरिरहेको छ । जुन गहकिलो रुपमा गर्न पर्ने हो जस्तै आफ्नो ब्यक्तित्व बिकास गर्ने सिप बिकास गर्ने भन्ने बिषयमा हो कोहि राम्रा पढेपनि त्यस किसिमको ब्यक्तित्व रहेको पाईदैन हाम्रो युवाहरुमा चाहिँ । त्यस किसिमले आफ्नौ ब्यक्तित्व बिकास गर्ने त्यो संग संगै मेहेनतको अर्को बिकल्प छैन भन्ने कुरा पनि ब्झ्न प¥यो हामीले मेहेनत नगरिकन देश बिकास हुँदैन त्यो कुरामा अरुलाई दोष लगाउनु पनि हुन्न आफु कसरी हुन्छ धेरै पैसा कमाउन चाहने तर मेहेनत नगर्ने खालको चक्करमा लागेर त हुन्न त्यसकारण मेहेनत गर्नपर्छ र आफुलाई बिकास गर्न पर्छ । आफुलाई बिकास गरेर देश बिकास गर्ने भनेको युवाहरुले गर्ने काम हो । आफुलाई बिकास गर्ने क्रममा युवाहरुलाई सरकारको पनि सहयोग चाहियो कुन कुराको बिकास गर्ने के के गर्ने र बाहिर जाँदा पनि क्षमता हुन पर्छ । क्षमता भएर काम गर्दा त्यसको प्रतिफल पनि बढि आउँछ । यदि क्षमता भएनभने बाहिर गएर पनि काम गर्न गाह्रो हुनेभयो । हामीले मलेसियामा त्यहाँको सरकार संग कुरा गर्दा सोधेका थियाँै कि यहाँ यति रोजगारी हुदाँ पनि बेराजेगारीको प्रतिशत छ किन उनीहरुले भनेका थिए । यहाँका मानिसहरु तल्लो स्तरको काम गर्न चाहँदैनन् त्यो काम गर्नलाई हामीले बाहिरबाट मानिस ल्याउने हो । यहाँको मानिस बाहिर जाने भन्ने बित्तिकै गर्ने काम भनेको गाह्रो शारिरीक तथा फोहोर काम गर्ने हो । त्यसकारण हामीले आफ्नो क्षमता बिकास गर्ने हो भनेदेखि त्यो हिसाबले हामीले बाहिर बसेपनि यहाँ बसेपनि प्रतिफल पाउछौँ । मेहेनत गरेनौ भने हामीले प्रतिफल पाउँदैनौँ । सुरुमा हामी त्यसमा चुक्यौँ भने गाह्रो हुन्छ त्यसकारण त्यसमा ध्यान दिन जरुरी छ ।

अन्तयमा नेपालमा सहयोग जुटाउने क्रममा अमेरिकामा अनकन भन्ने संस्था छ र यो नेपालीहरुको नै संस्था हो र यो टेक्सासमा रहेको संस्थामा म सल्लाहाकारमा रहेको त्यस संस्थाबाट हुन सक्ने सहयोगलाई पनि नेपालमा ल्याउन म सधै प्रयत्नरत रहनेछु ।

प्रकाशित मिति : २०७३, ८ मंसिर बुधबार ०७:५८

तपाइको प्रतिकृया