“मेरो जिम्मेवारी भनेको फिल्डमा राम्रो खेल्नु हो” : पारस खड्का

नेपाली क्रिकेटमा चलेको नाम हो पारस खड्का, सबै युवा पुस्ताहरु माझमा लोकप्रिय उनले यु १५ को टिमबाट आफ्नो क्रिकेट करियर सुरु गरेका हुन् । आइकन्स अफ नेपालमा खेल क्षेत्रबाट छानिनु भएका उनी संग गरिएको कुराकानी :

पारस खड्का सँगको पुरा अन्र्तबार्ता

तपाई आज भोली असाध्यै ब्यस्त हुनुहुन्छ ?
ठिकै ब्यस्त भन्दा पनि अहिले क्रिकेटको क्याम्प चलिरहेको छ । त्यसमै ब्यस्त हो ।

क्रिकेट क्षेत्रमा के कारणले लाग्नुभयो ? एउटा त्यस्तो चिज हामीलाई बताइदिनुस् जस्ले तलाईलाई क्रिकेट खेलमा लाग्न प्रेरणा दियो ।
मलाई सानै देखि खेलकुदमा एकदमै रुचि थियो । क्रिकेट मात्र नभईकन अरु ब्याडमिन्टन, फुटबल जस्तो खेलमा पनि रुचि थियो । बर्खामा फुटबल खेल्ने अरु बेला क्रिकेट खेल्ने गथ्र्यौ । त्यतिबेला हाम्रो स्कुलमा अन्डर १५ को क्रिकेट म्याच भयो त्यतिखेर म टिम क्याप्टेन थिए । त्यो खेल हामीले जित्यौँ तर त्यतिबेला मलाई थाहा थिएन कि त्यसबाट क्षेत्रीय टिमको लागि खेलाडी छान्नको लागि थियो । म क्षेत्रीय टिममा छानिए त्यस खेलमा पनि हामीले जित हासिल गर्न सफल भयो । त्यसपछि म राष्ट्रिय टिममा छानिए । सायद त्यतिखेर स्कुलको खेलमा म नखेलेको भए म क्रिकेट क्षेत्रमा आउने थिएन होला ।

तपाईले अहिलेसम्म राष्ट्रिय र अन्तरराष्ट्रिय गरेर कतिवटा खेल खेल्नुभयो र एउटा त्यस्तो खेल बताईदिनुस् जुन खेलले तपाईलाई अझै झस्काईराख्छ ?
मैले कति खेल खेलेँ त्यस्को काउण्ट त छैन किनकी मैले यु १६, यु १७ राष्ट्रिय, अन्तरराष्ट्रिय गरेर धेरै खेल खेलिसकेको छु । मैले अझ सम्म सम्झीरहेको खेल भनेको बिश्व च्याम्पियनसिप छनौटको खेल खेल्दाको समय हो त्यतिखेर म धेरै नै नर्भस थिए । हामीले सानै देखि देखेको सपना पुरा गर्नको लागि हामीले खेल्दै थियौँ त्यहि खेल खेल्दाको समय चाहिँ म सधैँ सम्झिरहन्छु ।

आम खेलप्रेमीले पारस खड्कालाई आइकन्स अफ क्रिकेट भनेर लिने गर्छन् त्यसलाई तपाईले कसरी लिनु हुन्छ ?
कसैले मलाई क्रिकेटको आइकन्सको रुपमा लिएर धेरै ट्यागहरु दिनुहुन्छ । खेलाडीको रुपमा मलाई राम्रो खेलेर देशलाई चिनाउनु हो तर आइकन्स भनेर क्रिकेटमा मात्र ध्यान दिएर मात्र हुन्न मान्छेको रुपमा मलाई राम्रो बन्नु छ । लिन्छ कसैले राम्रो साथीको रुपमा त कसैले राम्रो ब्यक्तिको रुपमा लिनु भएको छ । मलाई लाग्छ तपाईको मन राम्रो छ भने तपाई खेलाडी होस् या सामान्य मानिस नै होस् तपाई कसैको लागि आइकन्स बन्न सक्नुहुनेछ । त्यसकारण आफ्नो खेल क्षेत्रसंगै तपाई ब्यक्तिगत रुपमा पनि राम्रो हुन जरुरी छ । आफु इमानदार भएर अगाडि बढीरहेको छु र आफ्नो जिम्मेवारी पुरा गरिरहेका छ। तपाईहरु मलाई आइकन्स भन्नु या खेलाडी म त्यसलाई स्वीकार्ने छु ।

आज तपाईलाई नेपाली जनताले क्रिकेटको हस्तीको रुपमा लिईरहेको छ । यो क्षेत्रमा लाग्न तपाईलाई कस्ले प्रेरणा दिएको थियो ?
पे्ररणा भनेको आफैमा थियो मलाई खेल क्षेत्रमा रुचि थियो । परिवार र साथी भाईको सहयोग पनि मैले पाएको थिए । अझैपनि हाम्रो समाजमा खेलाडी भन्ने बित्तिकै त्यति प्राथमिकतामा आउँदैन पढाईलाई मात्र प्राथमिकताको रुपमा हेरिन्छ । तर मेरो पढाई पनि राम्रो भएको कारण परिवारमा कसैले मलाई खेल छाडेर पढाईमा मात्र ध्यान दिनु पर्छ भनि दवाब थिएन पुरै परिवार, साथीभाई साथै प्रशिक्षकको पनि साथ पाएँ । मेरो भाग्यमा रहेछ यहाँसम्म आएर क्रिकेट खेल्नको निम्ती ।

आइसिसीले एसोसिएट क्रिकेट राष्ट्रहरुलाई २ बर्षे टेस्ट मान्यता दिने निणर्य गरेको थियो यस्को प्रक्रिया बारे केही बताईदिनुस , नेपालले यस्को लागि केही प्रक्रियाहरु थालनी गरको छ की कहाँ पुगेको छ ?
अहिलेसम्म टेक्निकल रुपमा त केही भएको छैन किनकी आइसिसीको पोलिसी त उनिहरुको बोर्ड मिटिङ अनुसार चेन्ज भईरहन्छ । हामी अहिले डिभिजन १ मा छौ ५० ओभर फम्र्याटको वल्र्ड क्रिकेट लिग खेल्दै छौ जुन हामीले अहिले सम्म खेलेको सबैभन्दा माथिल्लो लिग हो । यो प्रतियोगिता भनेको टेस्ट मान्यता प्राप्त राष्ट्रले खेल्ने खेलभन्दा एक तह मुनिको खेल हो । यहाँ बाट एक तह बढ्नासाथ हामी ओडिहाई राष्ट्र बन्छौ जुन हामी सबैको सपना हो । हामीले टि २० वल्र्डकप खेल्यौ टि २० स्टेटस पनि थियो हामीसंग अब अर्को स्टेप भनेको ओडिआई स्टेटस पाउने हो । कोशीस गर्ने छौँ हामी खेलाडीहरुले आफ्नो जिवन नै समर्पित गरिरहेका छौ क्रिकेट त्यसकारण हाम्रो उदेश्य भनेको क्रिकेटलाई अझ माथी पु¥याउनु हो ।

भनेपछि नेपाली क्रिकेटले अब चाडैँ नै एउटा ओडिआई राष्ट्रको रुपमा मान्यता पाउने छ ?
हाम्रो कोशिस जारी छ हाम्रो तर्फबाट । हेरौँ के हुन्छ ।

एसिसीले २०१७ मा जुन एउटा इमर्जिङ नेसनको कप गर्न लागेको छ त्यस्को साथै एसोसिएट राष्ट्रहरुको स्तर बृद्धिको लागि आफ्नो आम्दानीको २ प्रतिशत खर्चने निर्णय पनि गरेको छ । तपाईहरुको टिमले यसलाई कसरी लिनु भएको छ ?
हामी एकदमै खुशी छौँ किनकी कुनै पनि खेलमा राम्रो खेल खेल्नको लागि आफुभन्दा बलियो टिमसंग खेल्न अति नै जरुरी हुन्छ । भारत, पाकिस्ताान जस्तो टिमसंग खेल्दा हामीले आफ्नो क्षमता प्रदर्शन गर्न सक्छौ त्यसकारण यस्तो खेल हुन अति जरुरी हुन्छ ।

नेपाली क्रिकेट टिमले धेरै खेल खेल्यो साथै धेरै क्षेत्र भ्रमण गरिरहेको छ तर यूरोप भ्रमण कहिल्यै शुभ रहन सकेन किन होला बताईदिनुस् न ?
युरोप भ्रमण मात्र नभईकन अरु खेल खेल्दा पनि हाम्रो दुर्भाग्य भन्दा पनि हामीले राम्रो खेल्नै नसकेको हो त्यो म स्वीकार्छु हाम्रो टिमले खेल्न नसकेको हो । हामीले सोचे अनुसार खेल्न सकेनौ हुनत हामीले आफ्नो टिमले त्यतिखेर आफ्नो तर्फबाट सक्दो खेलेका थियौ तर हामीले राम्रो प्रदर्शन गर्न सकेनौ हाम्रो पनि इच्छा थियो टि २० वल्र्ड कप खेल्ने तर त्यो पुरा भएन । तर यो खेल हो हार जित त भैहाल्छ हामीले सक्दो प्रयास गरेका थियौ तर अपोजिट टिमले पनि तयारी गरि त्यहि अनुसार आफुलाई प्रस्तुत गरेको थियो । अब आगामी दिनहरुमा हामीले आफ्नो गल्ति स्वीकारेर आफ्नो भुललाई सुधारेर अघि बढ्ने छौ र नेपाली क्रिकेटलाई अगाडी बढाउने छौँ ।

तपाई राष्ट्रिय टिमको अभिभावकको रुपमा बसिराख्नु भएको छ त्यो एउटा खेलको अबधिमा युरोप भ्रमणको क्रममा राम्रो प्रदर्शन गर्न नसक्नुको कारण के थियो होला जस्तो लाग्छ ?
नेपालले वल्र्डकप जिते लगत्तै नेपालीहरुको क्रिकेट प्रति धेरै ठूलो आशा रह्यो । नेपालभर क्रिकेटको चर्चा भयो । त्यस खेलपछि नेपालीहरुले हामीहरु प्रति ठूलै आशा राख्नुभयो । तर उहाँहरुलाई कतिपय खेलाहीहरुको अबस्था पनि थाहा छैन उनिहरुको स्थिती थाहा छैन उनिहरु कसरी प्रशिक्षण लिइरहेका छन् जिविकोपार्जन गरिरहेका छन् तर यस्को कारणले हामीले नराम्रो प्रदर्शन गरेको भन्न् खोजेको होइन । नेपाली क्रिकेट त्यतिखेर माथी आउनमा खेलाडी साथै प्रशिक्षकहरुको धेरै मेहेनत रहेको छ । आशा ठूलो भएपछि हरेक खेल खेल्दा नेपालले नै जितोस् भन्ने हुन्छ । तर अहिले आएर सबैलाई थाहा भएको छ कि वल्र्ड कप पुग्न त्यति सजिलो छैन । त्यतिखेर जब हामी वल्र्डकपमा पुग्यौ सबैको माया पायौँ । तर यसपाली हामीले आफ्नो क्षमता अनुसार खेल्न सकेनौ यो खेल भनेको जति राम्रो गरे पनि नतिजा आफ्नो पक्षमा हुन नसक्ने हुँदो रहेछ । अन्तरराष्ट्रिय टिमको कुरा गर्दा पनि भारत, पाकिस्तान, साउथ अफ्रिका जस्ता टिमहरुले तयारी गर्दा कुनै कमि त गर्दैन होला तर जब दुई टिम भिड्छ जित्ने त एउटा टिमले मात्र त होनी त्यसकारण जितहार आफ्नो ठाउँमा छ हामीले प्रक्रियामा ध्यान दिनु पर्छ कि नेपाली क्रिकेट यहाँ सम्म कसरी आइपुगेको छ र अगाडी बढ्न के गर्न पर्छ । प्रतियोगीता भइनै राखेको छ । तर हाम्रो तर्फबाट गर्नुपर्ने प्रक्रिया जस्तै घरेलु क्रिकेट खेलाडी छनौट प्रति ध्यान दिई नेपाली क्रिकेटमा रहेको कमिलाई पुरा गर्न तर्फ लाग्नु पर्छ ।

तपाई क्षेत्रीय टिमबाट आफ्नो खेल जिवन सुरु गर्नु भएको हो यहाँ सम्म आईपुग्दा तपाई आफ्नो खेलप्रति सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट भन्नुपर्दा खेल भनेको हिजो जित्यो भन्दैमा आज जित्छ भन्ने हुदैँन हिजो राम्रो भयो भन्दैमा आज राम्रो हुन्छ भन्न सकिँदैन । त्यस्ले गर्दा जबसम्म खेल्छौ हरेक दिन खेल्दा नयाँ उत्साह साथ खेल्नु पर्छ । हिजोको जस्तै गर्छु भनेर खेल्ने भन्दा पनि खेल जित्नको लागि के गर्न सकिन्छ त्यस अनुसार खेल्नु पर्छ । खेलमा जित हार त भइनै हाल्छ ।

कुनैपनि खेल खेल्दा तपाईले सम्झीने ब्यक्ति को हो ?
त्यसरी ब्यक्ति नै भनेर कोही छैन किनकी खेल खेल्दा परिवार कहाँ छ भनि सोच्नु भन्दा पनि खेल कसरी खेल्ने कसरी जित्न सकिन्छ भन्ने कुरा सोच्ने हुन्छ । झन् अहिले नेपालले क्रिकेटरले खेल जित्दा पुरा नेपाल नै खुशी हुने समय आएको त्यसकारण अहिले हाम्रो जिम्मेबारी भनेको जिउ ज्यान लगाएर खेल राम्रो खेली ब्यक्तिलाई भन्दा पनि राम्रो खेलेर पुरा देशलाई खुशी बनाउने हो देश खुशी बनेपछि सबै खुशी हुन्छ ।

नेपाली क्रिकेट बिकासको लागि गर्नैपर्ने कुराहरु हामीलाई बताई दिनुस् ?
मैले धेरै नै अन्तर्वार्ता दिईसके मैले पहिलेदेखि नै एउटै कुरा बताउँदै आएको छु । कार्यान्वयनमा त भएको छैन तर घरेलु क्रिकेटलाई प्राथमिकता दिन अति जरुरी छ । भएको खेलाडीलाई क्षमता प्रदर्शन गर्ने मौका दिनु पर्दछ । हाम्रो खुशीको क्षण भनेको यु १९ का खेलाडीले वल्र्डमा छानियो । हामीले छुटेको संस्करण यो टिमले पुरा गर्ने छ । यस्को साथै नेपाली क्रिकेटलाई सिस्टमेटिक बनाउन अति जरुरी छ । किनकी अरु देश पनि हाम्रो देशलाई हराउन पुरा तयारी गरिरहेको छ । हामी पनि त्यस अनुसार तयार हुन जरुरी छ ।

कुनैपनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल खेल्न जाँदा तपाईहरु कति समय क्लोज क्याम्पमा बस्नुहुन्छ ?
त्यो त हेरी हेरी हुन्छ कहिल्यै २ हप्ता त कहिल्यै १ महिना जति हुन्छ ।

क्यानको योजनाले क्रिकेटलाई सहि मार्ग निर्देशन गर्छ?
क्यानको मात्र नभईकन देशको नै निर्णय नै हुन जरुरी छ । क्रिकेटलाई मात्र नभईकन अरु खेललाई पनि हेर्न जरुरी छ । अझैपनि खेललाई प्राथमिकतामा राखिँदैन । हाम्रो देशमा क्रिकेटमा मात्र राम्रो गरेको छैन । फुटबलमा पनि राम्रो नतिजा ल्याउँदै आएको छ । अरु खेलमा पनि राम्रो गर्दै आएरहेको छ । तर बिना लगानी कुनै पनि खेलमा ठूलो आशा गर्नु चाहिँ मुर्खता हो जस्तो मलाई लाग्छ ।

नेपालको भौगोलिक संरचनाले नेपाली क्रिकेटलाई असर पारेको छ ?
त्यस्तो म देख्दिन किनकी डाँडाकाँडा देखि तराई सम्म पनि मानिसहरु ब्याट र बल लिएर क्रिकेट खेल्न थालिसकेका छन् । तर हामीले भौगोलिक विकटताले खेल्न मिल्दैन भनि सोच्नु भन्दा त्यस्तो संरचनामा क्रिकेट खेल्ने बातावरण कसरी बनाउन सकिन्छ भन्ने कुरा सोच्न जरुरी छ जस्तो मलाई लाग्छ ।

अन्य राष्ट्रहरुमा धेरै ठूला ठूला स्टेडियम भएको पाइन्छ तर नेपालमा छैन त्यस्ले गर्दा पनि नेपाली खेलप्रेमिमा असर गरेको होकि ?
स्टेडियम बन्नु पर्ने हो त्यो हाम्रो पनि त्यही चाहना हाम्रो पनि हो । के भयो भनेर सोच्नु भन्दा पनि अब के गर्न सकिन्छ भन्ने कुरा सोच्न जरुरी छ । स्टेडियम बन्ने त्यो ठाउँमा छ तर खेल्ने फिल्ड हुनुपर्छ । देशमा जति पनि मैदान छ त्यस्मा चाहिँ खेलाडीहरुलाई खेलाउन सक्नुपर्छ । त्यस्मा प्रतियोगिता गराउन सक्नुपर्छ साथै क्रिकेट निरन्तर खेलिनु पर्छ । हामी खेलाडी खेल्ने मात्र नभईकन देशमा सबै मानिसहरुले क्रिकेट खेल्न सक्ने संरचना बन्न जरुरी छ । त्यसकारण स्टेडियम भन्दा अगाडि फिल्डहरु हुन जरुरी छ ।

नेपाली त्रिकेटमा पारस खड्का धेरै चर्चामा छ नि किन होला ?
मेरो चर्चा परिचर्चा भनेको मेरो खेलप्रति नै हो । म आफ्नो टिमको लागि जति गर्न सक्छु त्यो नै मेरो पहिचान हो । मेरो जिम्मेवारी भनेको फिल्डमा गई नेपाललाई जिताउनु हो त्यस्ले गर्दा नेपाललाई म जति जिताउँछु मानिसहरुले मलाई त्यति नै मन पराउनु हुन्छ । त्यसकारण म टिमको लागि राम्रो खेल्छु, खेले अनुसार फ्यान फलोइङ त बढि नै हाल्छ ।

अलिकति बिषय मोडौँ
तपाईको जिवन संगिनी तपाईको क्रिकेट खेलप्रति सकारात्मक हुनुहुन्छ ?

अबश्य नै हुनुहुन्छ नि उहाँलाई मैले धेरै अगाडि देखि चिनेको हो । पहिलेदेखि नै उहाँले साथ दिनुभयो । मेरो जिम्मेवारी भनेको फिल्डमा राम्रो खेल्नु हो मेरो ब्यक्तिगत जिवन र यो खेल क्षेत्र भिन्न छ । त्यसकारण सबैले आफ्नो पर्सनल र प्रोफेसनल जिवनलाई ब्यालेन्समा ल्याई अघि बढ्न जरुरी छ ।

तपाईको बुबा आमाले पनि साथ दिनु भएको छ ?
एकदमै म पन्ध्र बर्ष देखि क्रिकेट खेल्न थालेको हो उहाँहरुको साथ बिना म यहाँ सम्म आइपुग्न सक्दिन थिए होला ।

अन्त्यमा नेपाली खेलपे्रमी तथा युवा खेलाडीहरुलाई तपाई के भन्न खोज्नु हुन्छ ?
निरन्तर रुपमा लागिराख्नुस् हामी पनि आफ्नो तर्फबाट लागिरहेका छौँ नेपाल क्रिकेटलाई माथी पु¥याउनको लागि । युवा वर्गहरु पनि क्रिकेट खेलिराख्नुस क्रिकेटलाई माया गरिराख्नुस जित हार भनेको आफ्नो ठाउँमा नै छ । खेलाडीहरुले चाहिँ जिउ ज्यानले लागिरहेको छौ । र क्रिकेट खेल्न चाहनेहरुको लागि चाहिँ यस्मा मिहेनत गर्न जरुरी छ । एक दिन एक बर्ष खेलि टिममा आएर हुदैँन, तपाईहरुमा डिसिप्लेन, डिटरमिनेसन, र डेडिकेट भएर लाग्न अति महत्वपुर्ण हुन्छ । हामी जति पनि खेलाडी छौँ आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौँ नेपाली क्रिकेटलाई माथि पु¥याउनको निम्ति , र यहाँहरु सधैँ माया गरिाख्नुस् हाम्रो तर्फबाट पनि नेपाली क्रिकेटलाई जिताई हजुरहरुलाई खुशी बनाउन लागि पर्नेछौँ ।

प्रकाशित मिति : २०७३, ८ मंसिर बुधबार ०७:५६

तपाइको प्रतिकृया