मानव संसाधन, व्‍यवस्थापन र देश विकास

शुभ खबर, राजनीतिक परिवर्तनले मात्र देशको विकास नभएको कारणले, विकासका लागि देशभित्र बिद्यमान रहेका विभिन्‍न  स्रोत र साधनको उच्चतम प्रयोग गर्दै आर्थिक गतिविधिहरुका माध्यमबाट देशलाई अगाडि बढाउनु अत्यावश्यक छ।

यस्ता विभिन्‍न स्रोत साधनहरु मध्ये मानव स्रोत एक महत्वपूर्ण र विशिष्ठ साधन हो जसको उचित प्रयोग, परिचालन र व्यवस्थापनले मात्र अन्य साधनहरुको उच्चतम प्रयोग हुन सक्छ।

पछिल्लो समयमा राज्य तथा निजी स्तरमा विकास निमार्णका चर्का नारा लगाइँदै आइएता पनि देश विकासका निम्ति के कस्तो जनशक्ति उत्पादन गर्नुपर्ने र जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्‍ने विषयमा कुनै पनि पक्षको  यथेष्ट ध्यान पुग्‍न सकेको देखिदैन।

अपेक्षा गरिए अनुसार देश विकास नहुनुका कारणहरु र सरकारी एवं निजी संघ संस्थाहरुले मानव संसाधन व्यवस्थापन गर्नको लागि अवलम्वन गर्नुपर्ने विषयमा सम–सामयिक धारणा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

मानव साधन एक बिशिष्ठ साधन हो जसको उच्चतम प्रयोग र परिचालन बिना अन्य कुनै स्रोत तथा साधनहरुको उच्चतम प्रयोग हुन नसक्ने तथ्य जगजाहेर नै छ।

कुनै पनि देशको समग्र बिकास गर्न त्यस देशमा रहेको दक्ष जनशक्तिको महत्वपुर्ण भुमिका रहेको हुन्छ। मानव संसाधन व्यवस्थापनको आधारभुत सिद्धान्त ‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ हो। यस तथ्यलाई मध्यनजर गर्ने हो भने हाल नेपालमा विभिन्‍न  संघ संस्थाहरुमा उल्लेखित सिद्धान्त अनुसार मानव संसाधनको व्यवस्थापनका कमजोरीहरु रहेको पाईन्छ।

आवश्यकता अनुसार नेपालमा सबै प्रकारका मानव संसाधन/जनशक्तिहरुको उपलब्धता त्यति सजिलो छैन।देशको आवश्यकता अनुसार दक्ष  क्षमता र सीप युक्त जनशक्तिको विकास गर्न आवश्यकता छ। त्यसको आधारमा तथ्यगत अध्ययन भई जनशक्ति उत्पादन नभई रहेको अवस्था  छ।

अर्को तर्फ नीति निर्माण तहमा बसेकाहरुले पनि यस प्रकारको गहन जिम्मेवारी पूर्ण भुमिका निर्वाह गर्न सकेको अवस्था समेत देखिदैन। यसर्थ देशमा बिद्यमान जनशक्तिको आवश्यकता र त्यसको वास्तविक आपूर्ति सम्बन्धमा सबै पक्षबाट मानव संसाधनको व्यवस्थापन गर्न ढिलाई गर्नु नहुने तथ्य प्रष्ट छ।

देश विकास लागि कस्तो प्रकारको जनशक्ति आवश्यकता छ वा देश विकास लागि कुन-कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने विषयको योजना हुनु पर्दछ।  हामीले कृषि, पर्यटन, उत्पादन, निर्माण, सेवा आदि कुन क्षेत्रको विकास गर्ने हो सो अनुसार योजनाबद्ध प्राथमिकिकरण गरि मानव संसाधनको  बिकास गर्नको लागि सम्बन्धित शैक्षिक संस्थाहरुले व्यवहारिक कोर्षहरु तयार गरि देशलाई आवश्यक जनशक्ति तयार गर्नुपर्छ।

सैद्धान्तिक विषयले मात्र हुँदैन, वास्तविक क्षेत्रमा सफलतापुर्वक कार्यान्वयन गर्नको लागि व्यवहारिक ज्ञान, सीप र दक्षता चाहिन्छ। विश्वविद्यालय वा विभिन्‍न  शैक्षिक संस्थाहरुबाट उत्पादन हुने विभिन्‍न  जनशक्तिले देश विकासको भिजनलाई व्यवहारमा उतार्न सकोस् भन्ने तहबाट सोच्न आवश्यक छ। हाम्रो देश नेपालको परिवेशमा हेर्ने हो भने हामी हरेक क्षेत्रबाट समन्वयकारी भुमिकामा कहि न कहि चुकिरहेको अवस्था रहेको  हुनाले मानव संसाधन विकास लागि अब एक छिन पनि ढिलाइ गर्न उपयुक्त हुँदैन।

कुनै पनि संघसंस्था, उद्योग, व्यवसाय आदिको सफलता त्यहाँ कार्यरत जनशक्तिमा नै निर्भर गर्दछ। सक्षम जनशक्तिबाट हुने सेवा वा उत्पादन, अर्धदक्ष वा अदक्षबाट हुने भन्दा निकै नै फरक हुन्छ। सवभन्दा पहिला कामको वर्गिकरण गर्नु जरुरी छ। कुन कार्यको लागि कस्तो किसिमको जनशक्ति चाहिन्छ भन्‍ने विषयमा सुक्ष्म रुपमा अध्ययन गरेर मात्र पदपूर्ति गर्नुपर्दछ।जस्तो उदाहरणको लागि शाखा अधिकृत तहमा व्यक्तिको छनौट गर्दा कस्तो ज्ञान, सीप, विषयगत दक्षता, क्षमता, बिज्ञता र  आचरण भएको व्यक्ति उपयुक्त हुन्छ भन्ने कुराको स्पष्ट ज्ञान हुनु पर्छ।

शाखा अधिकृत तहको  लागि योग्यता त तोकेको छ, तर जुन सुकै विषय पढेको भएपनि हुने स्नातक उत्तिर्ण भएको भनिन्छ, वास्तवमा समस्या यहि हो। सामान्य ज्ञान घोकेको भरमा उत्तीर्ण भएको व्यक्तिले भोलि राम्रो काम नगर्न पनि सक्छ। हाम्रो देशको बिद्यमान अवस्था पनि यहि हो, जसको प्रतिफल कर्मचारी तन्त्रमा राम्रो प्रभाव परेको छ। कर्मचारीतन्त्र जस्तो स्थायी संरचनाको असफलता नै देश विकास प्रमुख बाधा रहेको तथ्यमा दुईमत नहोला।

विद्यार्थीहरुले शैक्षिक संस्थाहरुमा अध्ययन गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको आधारमा विशिष्ट ज्ञान, सीप र कार्य प्रवृत्तीको बिकास हुने हो। विशिष्ट विषय केन्द्रित जनशक्ति नहुने हो भने उत्पादित आउटपुट पनि पूर्ण हुदैन। त्यसकारण हामीले जनशक्ति छनोट गर्दा ‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ मा ध्यान दिनैपर्छ।

कुनै पनि संस्थामा उपयुक्त जनशक्तिको छनौट गर्दा संस्थाको दीर्घकालीन र अल्पकालीन उद्धेश्यलाई मध्य नजर गर्दै सम्बन्धित व्यक्तिले के के कार्य गर्नु पर्दछ र त्यस कार्यको लागि आवश्यक पर्ने वास्तविक ज्ञान, सीप र दक्षताको बारेमा स्पष्ट जानकारी भएको  हुनु पर्दछ। निजी क्षेत्रमा मानव संसाधनको महत्व र यसको उच्चतम प्रयोग गर्नु पर्दछ भन्ने विषयमा निकै नै चेतना बढेको अवस्था भएता पनि नीति निर्माण तहमा पुगेकाहरुको असक्षमताको कारण सार्वजनिक तहमा मानव संसाधन व्यवस्थापनको गति अझै पनि सुस्त नै छ।

छनौट भएको व्यक्ति वा सम्बन्धित पदमा कार्यरत व्यक्तिले सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरु के के हुन, सो कार्य गर्न उक्त व्यक्ति सक्षम छ कि छैन भन्ने विषयमा स्पष्ट परिक्षण गर्नु पर्दछ । कामको प्रकृति अनुसार व्यक्तिमा हुनुपर्ने व्यवहारिक ज्ञान, सीप र क्षमता छ कि छैन भन्ने सम्बन्धमा जानकारी लिनुका साथै तोकिएको कार्यको लागि सम्बन्धित व्यक्तिको ईच्छा शक्ति, रुची, कार्य गर्न तत्परता, स्वयं व्यक्तिगत उत्प्रेरणा सम्बन्धमा पनि जाँच गरिनु पर्दछ।

कार्य गर्न आन्तरिक ईच्छा शक्तिको कमी भएमा जस्तो सुकै क्षमता भएपनि उसले टिकेर कार्य गर्न सक्दैन। यस प्रकारले नेपालमा अहिले सम्म सरकारी स्तरमा गहन अध्ययन र विश्लेषण भएको पाइन्‍न। लोकसेवाले परीक्षा लिन्छ, जसले २/४ महिना घोकेर पढ्छ, उ पास हुन्छ, छनोट हुन्छ। उसको बिशिष्टिकृत पढाई के मा छ  र उसको वास्तविक चाहना के हो, उसको ज्ञान, सीप र दक्षता के मा छ भन्ने कुरामा ध्यान दिएकै हुँदैन।

त्यसैले गर्दा समग्रमा लोक सेवाबाट छनौटमा भएका व्यक्तिहरुले  सम्पादन गर्ने कार्य प्रभावकारी हुन नसकेको अवस्था जन जाहेर नै छ। जसको नकारात्मक प्रभाव स्वरुप घुसखोरी अधिक हुनु, सर्वसाधारण जनताको कार्यमा प्रभावकारिता भन्दा कमाई धन्धामा फोकस भईरहेका कर्मचारीहरुको संख्या दिनानुदिन बढिरहेको तथ्यांक ट्रान्सपेरेन्सी नेपालको प्रतिवेदनले पनि हामीलाई बर्षेनी बताईरहेको छ।

त्यसकारण सम्बन्धित व्यक्ति व्यवहारिक रुपमा कार्य सम्पादन गर्न योग्य छ कि छैन भन्ने  तथ्य नै सवैभन्दा महत्वपूर्ण हुन्छ। सरकारको नीति निर्माण तहमा बसेकाहरुले यस प्रकारको गहन अध्ययन र विश्लेषण गरि मानव संसाधनको महत्व र यसको उच्चतम प्रयोग सम्बन्धमा स्पष्ट बुझ्नु र बुझाउनु जरुरी छ।

निजी क्षेत्रमा पनि समस्याहरु नभएका होईन। तर सरकारी क्षेत्र भन्दा निजी क्षेत्रले अहिले मानव संसाधनको क्षेत्रमा निकै फड्को मारेको अवस्था छ। निजी क्षेत्रमा अहिले अलग्गै मानव संशाधन बिभाग गठन गरि मानव संसाधन व्यवस्थापक (हुमन रिसोर्स म्यानेजर) राखेर कार्य गर्न सुरुवात गरि सकेका छन्।

२–४, वर्षको अन्तरालमा धेरै निजी संघ, संस्था, कम्पनीहरुले मानव संसाधन विभाग मार्फत सहि व्यक्तिको छनौट गर्ने, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक तालीमको व्यवस्थापन गर्ने, सामयिक कार्य सम्पादन मुल्यांकन गर्ने, समय सापेक्ष सेवा सुविधामा पुनरावलोकन गर्ने, कर्मचारीहरुको गुनासाहरुको सुनुवाई गर्ने, कर्मचारीहरुलाई रिफ्रेसमेन्ट गर्ने, अतिरिक्त क्रियाकलापहरुमा संलग्नता गराउने,  कर्मचारीहरुको रिटेन्सन गर्न विशेष सुबिधाहरुको अवलम्बन गराउने, कस्ट सेभिङ्ग गर्ने जस्ता कार्यहरुले कामदार कर्मचारीहरु थप उत्प्रेरित भई उच्चतम रुपबाट मानव संसाधनको प्रयोग हुन सुरुवात गरिसकेको अवस्था छ।

जसको परिणाम स्वरुप कार्यमा गुणात्मक र सकारात्मक सुधार भई निजी कम्पनी, संघ, संस्थाहरु निकै नै लाभान्वित र प्रतिष्पर्धी भएको अवस्था महशुस गर्न सकिन्छ।

नेपालमा ठूलै संख्यामा पारिवारिक धरानाका उद्योगहरु पनि संचालनमा छन्। नीजि क्षेत्रमा समेत उद्योगहरुमा आफ्नो मान्छे राख्ने चलन नभएको होइन्। तथापि क्रमिक रुपले उनीहरुको पनि सोचाईमा पनि गुणात्मक परिवर्तन आएको छ। नातावाद, कृपावादले गर्दा क्षमताहीन र असक्षम व्यक्ति पनि कर्मचारीको रुपमा संलग्न हुन आउँदा त्यसको असर सिंगो संस्थामा पर्ने गरेको छ।

मुख्य समस्या भनेको असक्षम व्यक्तिको मातहतमा सक्षम व्यक्ति आएर कार्य गर्न सक्ने अवस्था हुँदैन। त्यसैले यस्ता पारिवारिक घरानामा समेत आफ्नो परिवारबाट मात्र व्यवसाय चल्दैन भन्ने बुझिसकेका छन्। निजी क्षेत्र पनि नातावाद, कृपावादबाट मुक्त हुन खोज्दैछ। आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्नुपर्दछ अनि मात्र व्यवसाय राम्ररी चल्छ भन्ने मानसिकताको विकास भइसकेको छ।

त्यसैले व्यक्ति विषेश, परिवार विषेश भन्दा दीर्घकालीन फाईदाको लागि सिस्टमको आधारमा कम्पनी, संघ, संस्था चलाउन  मानव संसाधनमा लगानी गर्नुपर्छ भन्‍नेमा निजी क्षेत्र धेरै अगाडि बढिसकेको हुनाले निजी क्षेत्रमा गुणात्मक परिवर्तन आएको प्रष्ट देख्न सकिन्छ।

भट्टराई शंकर ग्रुपका मानव संशाधन व्यवस्थापन विभाग प्रमुख हुन् भने नेपाल मानव संसाधन समाजका उपाध्यक्ष पनि हुन्

स्रोत : देश सञ्चार

प्रकाशित मिति : २०७५, ३० जेष्ठ बुधबार १६:५४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो