नेपाली होटलको क्षमता वार्षिक २५ लाख पर्यटक

शुभ खबर, नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ। पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ रुम उपलबध रहेको र यसले वार्षिक २५ लाख पर्यटक धान्नसक्ने देखाएको छ।

नेपालमा पर्यटकस्तरका होटलको संख्या २ हजार ५ सय १ रहको समेत पाइएको छ। विगतमा १५ देखि १७ लाख पर्यटकमात्रै धान्नसक्ने अवस्थामा होटलहरू रहेको बताउँदै आउने गरेको भए पनि पछिल्लो समय देशभरका ५७ जिल्लामा गरिएको अध्ययनमा यस्तो पाइएको हो।

नेपाल पर्यटन बोर्ड तथा पर्यटन विभागसहित नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा नेपालमा होटलहरूको संख्याले तत्काल २५ लाखभन्दा बढी पर्यटक धान्नसक्ने क्षमता रहेको पाइएको छ। सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७३-७४ मा मात्रै ६ हजार १ सय ८८ वटा रुम थपिएको छ। काठमाडौं बाहिरका अधिकांश होटल तथा लजहरू आन्तरिक पर्यटकले धानिँदै आएको समेत सर्वेक्षणमा उल्लेख गरिएको छ। सर्वेक्षणअनुसार पछिल्लो वर्षमात्रै होटलमा लगानी ९.९७ प्रतिशतले बढेको छ।

राष्ट्रबैंकले मुख्यतः काठमाडौं, विराटनगर, नेपालगन्ज, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, धनगढीसहित ५७ जिल्लामा सर्वेक्षण गरेको थियो। राष्ट्रबैंकले गरेको सर्वेक्षण र होटल एसोसिएसनको सर्वेक्षण करिब उस्तै रहेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाह बताउनुहुन्छ। “होटलहरूमा पर्याप्त लगानी भइसकेको छ, अब विमानस्थलमा र सडकमा सरकारको लगानी आवश्यक छ,” शाहले भन्नुभयो। उहाँका अनुसार नेपालमा सन् २०२० सम्ममा थप ४ हजार कोठाहरू पनि थपिँदै गरेको छ। हालसम्म नेपालका होटलहरूमा २ खर्ब ३० अर्ब रूपैयाँ लगानी भएको र सन् अहिले थप ३० अर्ब रूपैयाँ लगानी भइरहेको अनुमान हानको छ।

सन् २०१७ को १० महिनामा ७ लाख ५० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। उक्त संख्या २०१७ मा १० लाख पुग्ने र हालसम्मकै सवैभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ। पर्यटक आगमनदर बढे पनि एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण भने समस्या आउने देखिन्छ। तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार त्रिभुवन विमानस्थले नै सजिलै १५ लाख पर्यटक धान्नसक्ने दावी गर्दछन्। “अहिले जहाजहरू ५२ प्रतिशत मात्रै यात्रु लिएर उडेका छन्, बाँकी ४८ प्रतिशत थपिनेवित्तिकै १५ लाख पर्यटक धान्न सक्छ,” न्यौपानेले भन्नुभयो। – News24

प्रकाशित मिति : २०७४, ३ पुष सोमबार १५:२७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो