क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

शुभ खबर, भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो ।

यो उपकरणले बिरामीको क्यान्सर देखिएको कोशिकामा मात्र विकिरणमार्फत रोगको निदान गर्नेछ । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले क्यान्सर भएको कोशिकाका आसपासका कोशिकालाई पनि असर पार्ने भए पनि लिनियाकबाट भने त्यस्तो जोखिम नहुने उहाँले बताउनुभयो । हाल अस्पतालमा लिनियाक ६०० सिडी र कोबाल्ट ६० बाट सेकाइ गरिँदै आएको छ । ती दुई उपकरणले दैनिक बिहान बेलुका समेत गरेर १३० जनासम्मलाई उपचार गराउँदै आएको आचार्यले बताउनुभयो ।

आउँदो एक महिनाभित्रमा नयाँ उपकरण जडान गरी सेवा थालिने उहाँले बताउनुभयो । यसअघिनै बनिसकेको वंकर ९विकिरण बाहिर नजानका लागि निर्मित कोठा० तयार भएकाले उपकरण जडानसँगै सञ्चालनमा आउने छ । यससँगै बिरामी बाहिरका अस्पतालमा धाउन नपर्ने उहाँले बताउनुभयो । क्यान्सर अस्पतालले रु २५ हजारदेखि रु ७५ हजारमा बिरामीको सेकाइको चक्र पूरा गर्ने गर्दछ । निजी अस्पतालमा यसका लागि रु तीन लाखसम्म पर्ने उहाँले बताउनुभयो ।

पुराना उपकरण बिग्रँदै गएपछि केही महिना अघिसम्म क्यान्सर अस्पतालमा एउटामात्र सेकाइ उपकरणबाट उपचार गराइँदै आएको थियो । बिग्रिएकोमध्ये एउटा मर्मतपछि सञ्चालनमा आएसँगै दुईवटा उपकरण सञ्चालनमा रहेका छन् । तीन उपकरण नियमित सञ्चालनमा आएपछि क्यान्सर अस्पताल आएका बिरामीलाई पालो मिलाएर सेकाइ गर्न सकिने आचार्यले बताउनुभयो ।

अस्पतालका रेडिएशन अंकोलोजिस्ट डा शिवजी पौडेलले १० लाख जनसंख्यालाई एउटा यस्तो उपकरण चाहिने भन्दै उहाँले क्यान्सर अस्पताल र अन्य दुई निजी अस्पतालमा मात्र यो उपकरण रहेको बताउनुभयो ।

निजी अस्पतालमा काठमाडौँको काठमाडाँै क्यान्सर सेन्टर र नेपाल क्यान्सर अस्पतालमा मात्र यो प्रविधिको उपकरण रहेको पौडेलले बताउनुभयो । नयाँ उपकरण थपिएसँगै क्यान्सर अस्पताल आउने बिरामीलाई उच्च प्रविधिको सेवा दिन सकिने पौडेलले बताउनुभयो ।

गोरखापत्र अनलाईन बाट साभार

प्रकाशित मिति : २०७४, २२ फाल्गुन मंगलवार १३:०२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो