राजधानीमा GIS सम्बन्धि तालिम संचालन हुने

शुभ खबर, नेपाल युवा परिषदको आयोजनामा राजधानीमा ७ दिने GIS सम्बन्धि तालिम संचालन हुने भएको छ । आगामी भाद्र २९ गते बाट असोज ४ गते सम्म अर्थात सेप्टेम्बर १४ देखि २० काठमाण्डौमा संचालन हुने तालिममा करिब ३० जना सहभागीहरुको सहभागीता हुने भएको छ ।

बिश्वव्यापीकरण भएसंगै नेपालमा पनि बिबिध खालका प्रबिधिहरु भित्रिएको छ र यसै अनुरुप यस GIS सम्बन्धि जानकारी सहितको तालिम आयोजना गर्न लागेको जानकारी यस संस्थाको महासचिब बिराज श्रेष्ठले बताउनुभयो । यस तालिममा बन्यजन्तु बिषयमा अध्ययनरत बिद्यार्थीहरु, बातावरण बिषयमा अध्ययनरत बिद्यार्थीहरु, सुचना प्रविधिमा अध्ययनरत बिद्यार्थीहरु, ट्राभल एण्ड टेकिङ्ग कम्पनिको व्यवस्थापक र उक्त कम्पनिमा सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरु, बिभिन्न एयरलायन्स कम्पनिको सुचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरु र भुगर्भशास्त्रमा अध्ययनरत बिद्यार्थीहरु लगायतका अन्य युवाहरुलाई लक्षित गरी यस तालिमको आयोजना गरिएको जानकारी यस संस्थाको उपाध्यक्ष शुर्दशन बिडारीले बताउनु भयो ।

यस तालिमको मुख्य प्रशिक्षक जियोम्यटिम इन्जिनियर असिम बाबु श्रेष्ठ रहेको छ भने यस तालिमबाट प्रशिक्षार्थीहरुले GIS को बिषयमा पूर्ण जानकारी पाउनेछन, त्यस सफ्वयरको प्रयोग कसरी गर्ने र उपयोगी  नक्साहरु समेत निर्माण गर्न सक्नेछन भन्ने कुराको जानकारी प्रशिक्षक असिम बाबु श्रेष्ठले बताउनुभयो ।

यस नेपाल युवा परिषद एक बिशुद्घ नाफारहित, सामाजिक संस्था भएकोले यस तालिमको बिद्यार्थी बर्गहरुलाई समेत मध्यनजर गर्दै तालिमको अत्यन्तै न्यून शुल्क राखेको जानकारी यस तालिमको सहसंयोजक रितिका प्रसाईले बताउनु भयो ।

प्रकाशित मिति : २०७४, २२ भाद्र बिहीबार १६:३३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो