फ्रेन्डसलाई भारी गोल अन्तरले पराजित गर्दै नुवाकोट सेमिफाइनलमा

शुभ खबर, नुवाकोटमा जारी नुवाकोट गोल्कडप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा नुवाकोटले ललितपुरको फ्रेन्ड्स क्लबलाई भारी गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा नुवाकोटले फ्रेन्ड्स क्लबलाई ५—० गोल अन्तरले पराजित गरेको हो । नुवाकोटको लागि खेलको ३३ औ मिनेटमा राजकुमार कुमाल (नानु) ले पेनाल्टीमार्फत उत्कृष्ट गोल गरेका थिए । फेन्डसका जनक कोइरालाले डिबक्सभित्र नुवाकोटका खेलाडीलाई लडाएपछि नुवाकोटले पेनाल्टी पाएको थियो । पेनाल्टीमा नुवाकोटका नानुले गोल गरेपछि पहिलो हाफमा नुवाकोटले एक गोलले अग्रता लिएको हो ।

दोस्रो हाफमा निकै राम्रो प्रर्दशन गरेको नुवाकोटले लगातार चार गोल थप्यो । खेलको ४८ औ मिनेटमा भिक्टोरले गोल गर्दै नुवाकोटको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५५ ओै र ५९ औ मिनेटमा गोल गर्दै अमिर श्रेष्ठले नुवाकोटको अग्रता पराकिलो पारे भने ६५ औ मिनेटमा विकेश लामाले गोल गर्दै नुवाकोटले अग्रता फराकिलो बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र नुवाकोर्ट ५—० गोल अन्तरले विजयी भयो ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका नुवाकोटका जङ्मो शेर्पा म्यान अफ दि म्याच घोषित भएका छन । उनले नगद १० हजार रुपैयाँ हात पारे । सेमिफाइनल प्रवेश गरेको नुवाकोटले थ्री स्टार र मदन भण्डारी स्पार्ट एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्र्तगत आइतबार शसस्त्र प्रहरीको एपीएफ र पोखरा ११ बीच दोस्रो क्वाटरफाइनल खेल हुने छ ।

प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, ए डिभिजनको कल्ब थ्रि स्टार कल्ब,फ्रेन्डस क्लब, विभागिय टोलीहरु नेपाल पुलिस क्लव, एपिएफ क्लब,मदनभण्डारि स्पोर्टस एकेडेमी, चितवन ११,रुपेन्देहि ११,पोखरा ११ र काठमाडौं ११ सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुने टोलीलाई ३ लाख रुपैया प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १९ जेष्ठ शनिबार २१:४०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो