२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

शुभ खबर, नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरि कल्चर एशोसिएसन नेपाल (फ्यान) ले आगामी शुक्रवारदेखि ४ दिने २१ औँ फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ । व्यवसाय प्रबद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभाबकारी मध्यमको रुपमा रहेको छ । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपाल भृकुटीमण्डप प्रर्दशनीहलमा उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।

‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साँथ आयोजना हुन लागेको उक्त एक्स्पोको उद्घाटन कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले गर्ने कार्यक्रम रहेको फ्लोरि कल्चर एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । साँथै, मेलामा जम्मा ८२ वटा स्टल रहने छन । जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूड स्टल रहने श्रेष्ठले उल्लेख गरे ।

मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारि गराए । तिमिल्सिनाका अनुसार उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस गरि १० विधामा प्रतियोगिता गराइने छ । साथै २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने तिमिल्सिनाले उल्लेख गरे ।

पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने र अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रबिधीको बिषयमा समेत मेला स्थलमा जानकारी दिईनेछ । उक्त २१ औं फ्लोरा एक्स्पो पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने आयोजकले दावी गरेको छ । एसोसिएसनका अनुसार गत बर्ष सम्पन्न तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोमा ६५ हजारले अवलोकन र ७५ लाखको व्यवसायीक कारोबार भएकोमा यस वर्ष ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा ६० देखि ६५ लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले स्थापना कालदेखि नै आईपरेका विभिन्न चुनौति तथा समस्याहरुलाई चिर्दै संभावनालाई खोज्दै पुष्प व्यवसायको समग्र बिकास, बिस्तार तथा प्रबद्र्धन गर्न लागिपरेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले उल्लेख गरे । नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्पव्यवसाय काठमाडौंमा मात्र केन्द्रिकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका सहरहरुमा फैलदो स्थितिमा रहेको उनले जानकारि दिए । उनले भने ‘नेपाली पुष्प व्यवसाय आब २०७३÷७४ सम्म आई पुग्दा हाल ४१ जिल्लामा लगभग ६ सय ७८ पुष्प व्यवसाय बिस्तार भईसकेको छ, भने लगभग १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।’

करिव ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले आब २०७३÷७४ मा जम्मा १ अर्व भन्दा करोड भन्दा बढिको कारोबार गर्न सफल भएको जानकारि फ्लो।िकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत बार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा बार्षिक बृद्धिदर रहेको बताइएको छ । KTM Khabar

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलवार २३:०७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो