निर्वाचनमा यस्ता छन्, चुनाव चिह्न

शुभ खबर, आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् ।

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० ओटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानुन शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिए ।

निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ ।

आयोगमा दर्ता भएका ९० राजनीतिक दललाई प्रतिनिधि र प्रदेशसभाका लागि एउटै निर्वाचन चिह्न दिइएको छ भने स्वतन्त्रतर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार बनेकाका लागि आयोगले विभिन्न निर्वाचन चिह्न प्रदान गरेको छ ।

विभिन्न चार मतपत्रमा ती चुनाव चिह्न उम्मेदवारलाई प्रदान गरिएको छ । आयोगले चुनाव चिह्नलाई प्रदेशअनुसार उम्मेदवारलाई दिइ मतपत्र तयार पारेको छ ।

निर्वाचनमा प्रयोग हुने चुनाव चिह्न औजारदेखि तरकारीसम्म राखिएको छ ।

प्रतिनिधिसभाका लागि राजनीतिक दललाई गोरुगाडाको चक्का, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, हातमा धानको बाला, कुखुराको भाले, थपडी बजाएको जोडा हात, पृथ्वीलगायत चुनाव चिह्न रहेका छन् ।

आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई प्रेमलाई चिनाउन (हृदय) चुनाव चिह्न दिइएको छ ।

निर्वाचनमा जनावर, फलफूल, चरा, मेसिनलाई पनि चुनाव चिह्न राखिएको छ ।

चरामा सुगा, डाँफे, परेवा, चल्ला लाटोकोसेरो चुनाव चिह्न छन् भने जनावरमा हात्ती, भेडा, माछा, घोडा, कछुवा, बाघ, बाख्रोलगायत रहेका छन् ।

फलफूल तथा तरकारीमा केरा, अनार काउली, मकै, भुइँकटहरलगायत छन् ।

यसैगरी, राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकका लागि पीपलको पात सुकुन्दा, तारापुञ्ज, दुई थुंगा सयपत्रीको फूल, बच्चा काखमा लिएकी आमा, दौडिरहेको युवक, खड्ग, गाग्री बोकेकी महिला, चियादानी, तारापुञ्जलगायतका चुनाव चिह्न प्रयोग गरिएको छ ।

राजनीतिक दलबाट उम्मेदवार दिएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न रहेका छन् भने स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकाका लागि भने फरक चुनाव चिह्न आयोगले प्रदान गरेको छ ।

स्वतन्त्रतर्फका लागि चियाको पात, माहुरी, जोडा नरिवल, कुचो, गुलाफको फूल, जोडी चप्पल, डाडुपन्यू, फिरफिरे, हार्मोनियमजस्ता ४८ ओटा चुनाव चिह्न प्रदान गरिएको छ ।

यसैगरी, प्रदेशतर्फका स्वतन्त्र उम्मेदवारलाई कपाल कोर्ने ब्रस, पेन्सिल कटर र सिसाकलम, पेन्टिङ बुरुस, मोबाइल फोन, मयूरको प्वाँख, बोक्रा छोडाएको केरा, जाँतो, जिपर, काउली, लुगा झुन्डाउने ह्यांगर, चुलेसी प्रयोग गरिएको छ ।

उस्तै–उस्तै चुनाव चिह्न 
यसैगरी, एउटा आँखा र दुईओटा आँखालाई पनि चुनाव चिह्न दिइएको छ ।

नयाँ शक्ति पार्टी नेपाललाई एउटा देब्रे आँखा भएको र नेपाल लोकतान्त्रिक जनता कांग्रेसलाई दुईओटा आँखा चुनाव चिह्न दिइएको छ ।

नेकपा माले र जनसमाजवादी पार्टीलाई हँसिया तारा र नेपाल कम्युनिस्ट पार्टी संयुक्तलाई हँसिया उस्तै–उस्तै चुनाव चिह्न प्रदान गरिएको छ ।

प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारलाई भँगेरा र लाटोकोसेरो तथा नेपाली कांग्रेस बीपीको करुवा र अखन्ड सुदूरपश्चिम पार्टी नेपालको चियादानी पनि उस्तै प्रकारका चुनाव चिन्ह रहेका छन । रासस

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार १५:२७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो