नेपाल अन्डामा ‘आत्मनिर्भर’

शुभ खबर,  सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अन्डामा आत्मनिर्भर भएको छ ।

सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अन्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अन्डा उत्पादक संघले जनाएको छ ।

गत वर्ष कुल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ ओटा अन्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झन्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर भएको हो ।

आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।

गत तीन वर्षदेखि हाँस र कुखुराको अन्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ । आव ०७०/७१ मा हाँसको अन्डा एक करोड ३४ लाख तीन हजार, ०७१/७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२/७३ मा एक करोड ३९ लाख ६ हजार अन्डा उत्पादन भएको थियो ।

त्यसैगरी, कुखुराको अन्डा ०७०/७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१/७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२/७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अन्डा उत्पादन भइ नेपाल अन्डामा आत्मनिर्भर भएको अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अन्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अन्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अन्डाको अभाव छैन । यद्यपि, भारतको खुला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अन्डाको आयात रोकिएको छैन ।

नेपालमा हाल अन्डा दिने कुखुराको संख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको संख्या एक लाख ८० हजार ९२७ रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २०७४, ६ पुष बिहीबार १६:२७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो