शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने- शिक्षामन्त्री

शुभ खबर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गर्नुभयो ।

“जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले राजनीतिक पार्टीपिच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताउनुभयो ।

‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ । (रासस)

प्रकाशित मिति : २०७४, १३ चैत्र मंगलवार १६:०८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो