यादवको परिवारलाई रु दुई लाख

 शुभ खबर, मन्त्रिपरिषद्को निर्णयअनुसार सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका वडा नं १५ देउरीभरुवाका बेपत्ता डोमी यादवका परिवारजनलाई शुक्रबार रु दुई लाख हस्तान्तरण गरेको छ ।

प्रजिअ भगिरथ पाण्डेले यादवकी धर्मपत्नी घनादेवीलाई सो रकम हस्तान्तरण गर्दै सरकारी राहत घरमै पुगेर वितरण गरिने जानकारी दिनुभयो । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले समेत घनादेवीलाई रु पाँच हजार प्रदान गर्नुभयो । पीडित परिवारजनका लागि तीन महिनाको खाद्यान्नसमेत उपलब्ध गराइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

यस्तै बाढीमा परेर मृत्यु भएका तिलाठी कोइलाडीका बालक कमलु सदाका परिवारलाई सरकारका तर्फबाट पठाइएको राहत रु दुई लाख उपलब्ध गराइएको छ । सो रकम र लत्ताकपडा जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ पाण्डेले घरमै पुगेर प्रदान गर्नुभयो ।
रोगको प्रकोप बढ्दै

एक हप्ता अगाडि वर्षासँगै विभिन्न खोला तथा नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न किसिमको रोग फैलिँदै गरेको छ । त्यहाँ झाडापखाला, विषमज्वर, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जीउ चिलाउनेजस्ता रोग फैलेको स्थानीयवासीले जनाएका छन् ।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्र र सदरमुकाम राजविराजलगायत हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बर्साइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचनरुप नगरपालिका, सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायत ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका रोगको प्रकोप फैलिएको बताइएको छ । जिल्लामा वर्षा र बाढीका कारण डुबानमा परेका बस्ती तथा अस्थायी शिविरमा दैनिक छाक टार्ने तथा स्वास्थ्य समस्या रहेको तर उचित उपचार हुन नसकेको बाढीपीडितको गुनासो छ । । जिल्लाको एक मात्र सरकारी अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी तथा खानपान एवं सरसफाइमा ध्यान नदिइएकाले पनि महामारी फैलिनसक्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् । बाढीपीडितको राहत तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पूर्णरुपमा परिचालित रहेकाले केही दिनमै बाढीपीडितको स्थितिमा सुधार आउने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । सप्तरीमा बाढीबाट झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् भने छ जनाले ज्यान गुमाएका छन् । रासस

प्रकाशित मिति : २०७४, ३ भाद्र शनिबार ११:५२

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो