तीन करोडको लागतमा खानेपानी आयोजना निर्माण शुरु

 

शुभ खबर, बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा निलदह खानेपानी तथा सरसफाइ आयोजना निर्माण कार्य शुरु भएको छ ।

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध रु दुई करोड ७४ लाख ६० हजार ४६० कूल लागत अनुमान गरिएको आयोजनाबाट नेप्टेचौर, तिनमाने, कुवागैरा, बतासे, डाँडाबारीका २५३ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव बुद्धिबहादुर चोखालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । रु दुई लाख ७४ हजार ६०४ मर्मत सम्भार कोषमा जम्मा गरिसकेका उपभोक्ताले रु ५२ लाख १७ हजार ४८७ बराबरको श्रमदान गर्नुपर्नेछ ।

सरकारले रु दुई करोड १९ लाख ६८ हजार ३६८ अनुदान उपलब्ध गराउने जनाइएको छ । विसं २०७२ मा सर्वेक्षण भएको आयोजनाका लागि गत वर्ष सामान खरिद गरिएको थियो भने यस वर्षदेखि पूर्वाधार निर्माण शुुरु भएको छ ।

काँडाखोर सामुदायिक वन क्षेत्रको निलदह भन्ने ठाउँमा मुहान रहने आयोजनाको नेप्टेचौर गाउँको शिरानमा ५० हजार लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण भइरहेको छ । डिलाघरमा ५० हजार लिटर, तिनमाने, डल्लोपोखरी र काँडाखोरमा २०÷२० हजार लिटर क्षमताको थप चारवटा रिजर्भ ट्यांकी निर्माण हुने सचिव चोखालले बताउनुभयो ।

चालू आवमा रु २१ लाख बजेट विनियोजन भएको आयोजना आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताले श्रमदान गरेर शाखा पाइपलाइन निर्माण गर्ने बताइएको छ ।

स्थानीयवासीको अग्रसरतामा सडक विस्तार बेनी नगरपालिका–१० पात्लेखेतका बासिन्दाको पहलमा सडक विस्तार भएकोे छ । जग्गा मासिने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध र अवरोध गर्दा कतिपय ठाउँमा सडक विस्तारको काम प्रभावित बनेको अवस्थामा पात्लेखेतबासीले सडक फराकिलो बनाउन खेतबारी मात्र नभएर नगद नै सहयोग गरेका छन् ।

बेनी नगरपालिका–९ को सिमानामा पर्ने गिठीनीदेखि पात्लेखेत हुँदै रघुगंगा गाउँपालिका–५ झिँको सीमा क्षेत्र हिला जोड्ने दुई किलोमिटर ४०० मिटर सडक फराकिलो बनाएर विस्तार गरिएको हो ।

बेनी नगरपालिकाले चार लाख विनियोजन गरेको योजना सम्पन्न गर्न रु १३ लाख खर्च भएको अध्यक्ष रोकाले बताउनुभयो ।

नगरपालिकाको अनुदान अपुग भएपछि आमा समूह, वन उपभोक्ता समूह, युवा क्लबको सहयोग र उपभोक्ताबाट चन्दा संकलन गरेर सडक विस्तार गरिएको रोकाले बताउनुभयो । रासस

प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार १४:५५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो