अटो जिमखाना भव्यतापूर्वक सम्पन्न गर्न लागिपरेका छौ ।

नेपालमै पहिलो पटक आफ्नै रेसिड सर्किटमा आज शुक्रबारदेखि अटो जिमखाना प्रतियोगिता प्रारम्भ भएको छ । हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सञ्चालन गरिने सो प्रतियोगितामा ६० भन्दा बढी गाडीले सहभागिता जनाउने छन् । प्रतियोगिताको मूख्य प्रायोजकको रुपमा भक्सवागन रहेको छ भने प्रायोजकको रुपमा गल्फ लुब्रिकेन्ट, रेडबुल, आइसर, सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स रहेका छन् ।

यसै सन्दर्भमा आयोजक नेपाल मोटर स्पोर्ट्स क्लबका अध्यक्ष दीपक आचार्यसँग गरिएको कुराकानी :

नेपालमा पहिलोपटक अटो जिमखाना प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ ? कस्तो छ तयारी ?
नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजनामा पहिलोपटक नेपालमा नेसनल जिमखाना कम्पिटिसन हुन लागेको छ । आज पहिलो दिन ट्रायल राउन्ड हुँदैछ । भोलि खास च्याम्पियनसिप हो । ६० भन्दा बढी सहभागी हुने अपेक्षा गरेका छौं । दुई प्रकारको प्रतियोगिता हुनेछ । फ्रि ल्याप रेस ७ सय मिटरको ट्रयाकमा हुनेछ । अर्को अटो जिमखाना हो । जिमखानामा प्रथम हुनेलाई इन्डोनेसियामा हुने प्रतियोगितामा सहभागिताका लागि पठाइने छ ।

सो प्रतियोगिता भब्यताका साथ सम्पन्न पार्न हामी सबैजना निकै मेहनत गरिरहेका छौ ।

मोटर स्पोर्ट्स क्षेत्रमा नयाँ अध्यायको शुभारम्भ गर्नुभएको छ, यो अवधारणा कसरी आयो ?
हामीले नेपालमा मोटर स्पोर्ट्सको लागि छुट्टै खालको क्लबको आवश्यकता पहिले देखि नै महसुस गरेका थियौ । हामीसँग पर्याप्त स्रोत साधन नहँुदा हामीले त्यसलाई व्यवहारमा उतार्न सकिरहेका थिएनौ । जसले गर्दा हामी केही समय अध्ययन, अनुसन्धानमा लागिरहेका थियौ र त्यसपछि २०७२ सालमा नेपाल मोटर्स स्पोर्टस् क्लब गठन गरेका थियौ । जसमा ११ जना कार्यसमिति चयन गरेका छौ । त्यही क्लबले नै हाल विभिन्न प्रकारका गतिविधि गर्न प्रारम्भ गरेको हो ।

नेपालमा भएका अन्य थुप्रैै खेलहरु जस्तै यो मोटर स्पोर्ट्सलाई लोकप्रिय बनाउनका लागी यहाँहरुले कस्ता कार्य योजनाहरु निर्माण गर्नुभएको छ ?
हामीले एक वर्षभित्र जिमखाना प्रतियोगिता र ¥यालीक्रस धुलिखेल, पावर टु पावर स्टेयरिङ्ग, सिन्सियर सिटिजन मोटर ¥याली, कलेज टु कार्ट् ,मार्सल तालिम, ड्राइभर तालिम, अन्तर्राष्ट्रिय सहभागिता, कर्पोरेट जस्ता कोलाबोरेसन क्याम्पिङ र अर्गनाईजेसनल म्यानेजमेन्ट जस्ता कार्यक्रमहरु गर्ने गरी आवश्यक कार्ययोजना तय गरेका छौ ।

यो क्षेत्रमा कस्तो सम्भावनाहरु रहेका छन् ?
हाम्रो जस्तो विकासोन्मुख देशका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक छ । यसले खेल पर्यटकलाई भित्र्याउने काम गर्छ । जुन कार्यले नेपालको अर्थतन्त्रलाई समेत टेवा पु¥याउने देखिन्छ । त्यसले गर्दा मोटर स्पोर्टस्मा हामीले एकदमै धेरै सम्भावना देखेका छौ ।

सम्भावनाका कुरा गरिरहँदा मोटर स्पोर्ट्सको क्षेत्रमा कस्ता–कस्ता चुनौतीहरु रहेका छन् ?
मोटर स्पोर्टस् भन्नासाथ खर्चिलो, फराकिलो र ठूलो ठाउँ चाहिन्छ मेहनत पनि धेरै गर्नुपर्दा थुप्रै चुनौतीहरुको सामना गर्नुपर्ने भने हुन्छ ।

मोटर स्पोर्ट्सको क्षेत्रमा राज्यको सहभागिता कस्तो हुनुपर्छ र यहाँहरुले के–कस्ता सहयोगहरु प्राप्त गर्नुभएको छ ?
हरेक क्षेत्रमा राज्यको भूमिका आफैमा महत्वपूर्ण हुन्छ । मोटर स्पोर्टस्को क्षेत्रमा पनि राज्यले नै ध्यान दिनुपर्छ र राज्यले हामीलाई सहयोग नै नगरेको भन्न मिल्दैन । हामीलाई विभिन्न किसिमका सहयोगहरु भईरहेकै छन् र आगामी दिनमा पनि सहयोग हुनेछ भन्ने विश्वास लिएका छौ ।

क्लबको अध्यक्षको हैसियतले आम नेपाली जन समुदायहरुलाई के भन्नु हुन्छ ?
म सम्पूर्ण नेपाली समुदाय, सरोकारबाला निकाय र खेलकुद प्रेमीहरुलाई के भन्न चाहन्छु भने यो खेल हाम्रो हो, यसबाट राष्ट्रिय, महादेशीय तथा अन्तर्राष्ट्रिय रुपमा राष्ट्रको झण्डालाई फहराउन सकिन्छ । यसलाई अरु खेल झै सहज बनाउन सकिन्छ, सबैको सहयोग निकै जरुरी छ । जसले गर्दा सबैले मोटर स्पोर्ट्सको क्षेत्रमा आ—आफ्नो ठाउँबाट विशेष सहयोग गर्न सबै प्रति हार्दिक अपिल गर्दछु । Source: Nepal Auto

प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार १३:५८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो