घरेलु तथा साना उद्योगहरुको अबस्था अझै पनि नाजुक : जगन्नाथ नेपाल

२७ औ राष्ट्रिय औद्योगिक मेला २०७२ को आयोजक  घरेलु तथा साना उद्योग बिकास समितिका अध्यक्ष जगन्नाथ नेपालसँग शुभ खबर डटकमको संवाददाताले गरेको कुराकानीमा आधारित

================================================================

यो मेलामा अवलोकनकर्ताहरुले अरु भन्दा के फरक पाउनेछन् ?
अरु संगठनहरुले गर्ने मेलामा चिन तथा भारत लगायत बिभिन्न देशहरुमा उत्पादन भएका सामाग्रीहरु समेत समावेश भएर चाँहि यहाँका घरेलु बस्तुहरु पनि मिसाएर मेला गरिन्छ भने हाम्रो चाँही बिशुद्ध नेपाली उत्पादन, र नेपाली कच्चा पदार्थमा आधारित देशका बिभिन्न जिल्लाहरुमा उत्पादन भएका नेपाली बस्तुहरु हामीले यहाँ राखेका छौँ । जुन अरु भन्दा भिन्न नै रहेको छ ।

कस्तो बर्गलाई लक्षित गरिएर यो मेला आयोजना गरिएको हो ?

यो मेलाको उदेश्य भनेको लघु घरेलु तथा साना उद्योगलाई प्रवद्धृत गर्ने उदेश्यले यो मेला आयोजना गरिएको हो लघु घरेलु उद्योग भन्ने बित्तिकै साना साना उद्योगहरुलाई जनाउँछ र त्यस्ता उद्योगबाट उत्पादित बस्तु मन पराउनेहरुको लागि नै यो मेला रहेको छ ।

अहिलेको नेपाली परिवेशमा घरेलु तथा साना उद्योगहरुको अबस्था कस्तो रहेको छ ?

अब यतिखेर सम्म आईपुग्दा थोरै बिकास त भएको छ, तर पनि घरेलु तथा साना उद्योगहरुको अबस्था अझै पनि नाजुक रहेको छ । यी उद्योगीहरुको अबस्थालाई उठाउनको लागि, यसको प्रवद्र्धन गर्नको लागि र लोकल कच्चा पदार्थमा आधारित देशका बिभिन्न भेगमा छरिएको यी उद्योगहरुले एकातिर देशको आबश्यकतालाई पुरा गर्छ, रोजगार सिर्जना गर्छ र अर्कोतिर ठूला उद्योगको लागि कच्चा पदार्थ समेत यसले पुर्ति गर्छ । त्यसकारण यसको महत्व अरुको भन्दा फरक रहेको छ ।

सरकारले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्नको निम्ति कस्तो कस्तो नितिहरु ल्याएको छ ?

अहिले चाँही सरकारले घरेलु तथा साना उद्योगको प्रवद्र्धनको लागि लघु घरेलु र  साना उद्योग निति एउटा जारी गरेको छ । त्यो निती अनुसार चाँही हामीले बिभिन्न उद्योगहरुलाई प्रवद्र्धन गर्नको निम्ती तालिम दिन्छौ, प्रबिधी हस्तान्तरण गर्छौ अरु बिभिन्न खालका तालिम प्रदान गर्छौ । साथै अरु बिभिन्न खालका सुबिधाहरु चाँही हाम्रो समिती र बिभागको तर्फबाट चाँहि प्रदान गरिरहेको छ ।

नेपालका धेरैजसो युवाहरु बिदेशिने चलन छ, के घरेलु तथा साना उद्योग नेपाली युवालाई नेपाललाई रोजगारी प्रदान गर्ने एउटा माध्यमको रुपमा बिकास हुन सक्छ ?

सरकारले सहयोग गर्न सक्यो, साथै घरेलु नितिका आधारमा रहेर बजेटहरु ब्यवस्थापन गर्न सक्यो भने हामीले देशका बिभिन्न कुना काप्चामा रहेका बिभिन्न ठाउँको कच्चा पदार्थमा आधारित रहेको लघु उद्यमीहरुको बिकास गर्न सक्यौँ भने निश्चय पनि हामीले युवाहरुलाई नेपालमै रोकेर केही गर्न सक्छौँ ।

तपाईहरुको तर्फबाट त्यस्ता युवाहरुलाई घरेलु उद्योगको माध्यमबाट नेपालमै रोजगार दिन कस्तो नितिहरु अपनाईराख्नु भएको छ ?

त्यो मध्येको एउटा काम त यो मेला पनि हो किनकी यहाँ राखेर हाम्रा उत्पादनहरु देखाएर नेपालमा केही गर्न सकिँदो रहेछ भन्ने कुरा देखाउन खोजेको एउटा उपाय यो पनि हो । भने हामी युवाहरुलाई लक्षित गराएर सिपमुलक तालिमहरुको ब्यवस्था पनि गर्छौ रोजगारी मुलक तालिमहरुको ब्यवस्था गर्छौ । त्यस्तै खालका कामहरु अहिले हामीले गर्दै आएका छौँ ।

भनिन्छ, घरेलु उत्पादन तुलनात्मक रुपमा महँगो हुन्छ के यो सत्य हो ?

निश्चय पनि मिसिनबाट उत्पादित बस्तु भन्दा हातले उत्पादन गरिएका बस्तुहरुको हिसाब गर्न आउँदा  महँगो पर्न आउँछ । तर बस्तुमा गुणस्तर पनि त्यही अनुसारको हुन्छ । त्यही अनुसारको रुचिपुर्ण पनि रहेको हुन्छ हेर्नलायक हुन्छ । तपाईले हेर्दा खेरि पनि पाउनु भयो होला पैसा चाँही महँगो छ तर पनि बस्तु लिनु मन हुन्छ । त्यसकारण यस्ता बस्तु महँगो भए पनि गुणस्तर, रुचिपुर्ण, हेर्न लायक हुन्छन् ।

यो एउटा मेला भनेको नेपाल भरि छरिएर रहेको घरेलु तथा साना उद्यमीहरुलाई एकै ठाउँमा ल्याएर बस्तु प्रवद्र्धन गर्ने उपाय नै भयो यो बाहेक केही अरु उपायहरुको लागि हजुरहरु लागि राख्नु भएको छ ?

यो एउटा कार्यक्रम हो भने हामीले देशका बिभिन्न संघ संस्थाहरु संग मिलेर आफैले पनि देशका बिभिन्न भागमा बिभिन्न जिल्लामा गएर अन्तरक्रियाहरु गर्ने मान्छेहरुलाई यसप्रति प्रेरित गर्ने लघु तथा साना उद्योगमा आउनुुस् जहाँ रोजगारी पनि हुन्छ देशको लागि योगदान पनि हुन्छ, देशको आबश्यकता पुर्ति पनि हुने केही चिज बिदेश निर्यात गर्न पनि सकिने भन्दै उनीहरुलाई प्रेरित गर्ने गरेका छौँ । यस्ता कार्यक्रमहरु हामीले चलाउने गरेका छौँ । कतिपय मानिसहरु त्यसबाट उद्योगमा लागेका कुराहरु पनि हामीले पाएका छौँ । कतिपय मानिसहरु तालिम प्राप्त भएका कथाहरु हामीसंग छन् ।

सरकारी तवरबाट यो घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्नको लागि कस्तो अपेक्षा राखिएको छ ?

अघिल्लो बर्षको तुलनामा यो बर्ष सरकारी बजेटका हिसाबले कार्यालयलाई तथा यो अन्तर्गतका बिभिन्न जिल्लामा बजेट बढि आएको पनि छ । यसैगरि लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्नको लागि यिनीहरुलाई अझ बिकास गर्ने प्रबिधीमा समेत ल्याउने हिसाबले ध्यान दिन जरुरी छ अहिले बर्षको तुलना अझ प्रत्येक बर्ष बजेटमा बृद्धि गर्ने तालिमहरु बढाउँदै जिल्लामै अझ यसलाई मजबुत बनाउँदै लान जरुरी र जस्तो मलाई लाग्छ ।

यी घरेलु तथा साना उद्यमीहरुलाई हजुरको समितीबाट कस्ता कार्यक्रमहरु प्रदान गरिएको छ ?

हामीले एउटा सिप दिन्छौँ । सिपमुलक तालिम दिन्छौ साथै यदी काम गर्दै जाँदा बिचमा केही कमि आएमा त्यसलाई अझ बिकास गर्न थप सुबिधा प्रदान पनि गर्छौ । यसको साथै उनीहरुलाई साना मिसीन औजारको सहयोग पनि हामीले प्रदान गर्ने गरेका छौँ । प्रबिधीमा आएका नयाँ कुरालाई उहाँको हाते मिसिनबाट माथि उठाएर उनीहरुलाई नयाँ प्रबिधी सम्बन्धि बिकासमा पनि सहयोग गर्ने गरेका छौँ जसबाट उनीहरुलाई काम गर्न पनि सहज हुन्छ र फिनिसिङ पनि राम्रो दिन्छ ।

प्रसंग जोडौँ नाकाबन्दीको समयतिर नाकाबन्दीको समयमा घरेलु तथा साना उद्योगहरुमा कस्तो असर परेको थियो ?

बास्तवमा आवत जावतको हिसाबले त हामीलाई अरुको जस्तै असर परेको हो । हामीलाई घरमा बसेर गर्न पर्ने काममा चाँही असर पारेन तर हाम्रो समान कच्चा पदार्थ ल्याउने क्रममा असर पारेको हो । काम कै हिसाबले उद्योगकै हिसाबले त्यति असर पारेको छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा घरेलु तथा साना उद्योगलाई माया गर्ने सम्पुर्णलाई के भन्न चाहनु हुन्छ ?

मुख्य कुरा चाँही स्वदेशी बस्तु तथा उत्पादनलाई प्रयोग गरौँ । सकेसम्म हामीले हाम्रो देशमै उत्पादन भएका बस्तुहरुलाई प्रयोग गर्न सक्यौँ भने नेपाली उद्योग प्रवद्र्धन हुन्छ । नेपाली उद्योग प्रवद्र्धन भयो भने नेपालमै रोजगारी सिर्जना हुन्छ । यसको साथै नेपाली बस्तुलाई अरु देशमा बिक्री गर्न सकियो भने बिदेशी मुद्रा पनि आर्जन हुन्छ । त्यस हिसाबले नेपाली बस्तु प्रयोग गरौँ भन्ने सन्देश दिन चाहन्छु ।

प्रकाशित मिति : २०७२, ९ फाल्गुन आईतवार १२:१६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो