हाथीलेटमा सामूहिक गाईपालन

शुभ खबर, महोत्तरीको बर्दिवास–८ हाथीलेट लटियानीटोलमा ओम नुङ्गेली मगर, वीरेन्द्र महतो, सत्यनारायण महतो, राजनारायण महतो र दिलबहादुर किङ्रिङ मगरले सामूहिक रुपमा गाईपालन गर्नुभएको छ ।

उक्त समूहले हालेस्टेन र जर्सी जातका २० वटा गाई, आठवटा बाच्छाबाच्छी तथा दुईवटा साँढेसमेत पालेको छ । तिनको सम्भारमा पाँचजना गोठालालाई भ्याइनभ्याइ छ ।

पाँच बिघा जग्गामा पाँचजना किसानले गाई दुहुने, गोठ सफा गर्ने र गाईको आहार व्यवस्थापन गर्दैआएका छन् । आठवटा दुहुना गाईबाट ८० लिटर दूध दुहिने गरेको ओम नुङ्गेली मगरले बताउनुभयो ।

पाँच जनाको समूहले सञ्चालन गरेको प्रगतिशील गाईपालन समूह अहिले जिल्लाकै पशुपालक किसानका लागि प्रेरणा बनेको छ । आधुनिक गोठ बनाएर गाईपालन शुरु गरेका यी पाँचमध्ये ओम नुङ्गेलीले दुग्ध व्यवसायमै भविष्य देखेर घरमा समेत चारवटा भैँसी पाल्नु भएको छ ।

कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको गाईपालन तथा दुग्ध उत्पादन उपआयोजनाको सहयोगमा सामूहिक र संस्थागत रुपमा गाईपालन शुरु गरेको सो समूहका अध्यक्ष दिलबहादुर किङ्रिङ मगरले बताउनुभयो ।

समूहले गर्भाधानका लागि दुईवटा हेलेस्टेन जातका उन्नत साँढे पनि आफ्नै गोठमा पालेको छ । साँढे गोठका आफ्ना गाईका अतिरिक्त छरछिमेकका किसानका घरपालुवा गाईमा पनि प्रजनन गराउने सुविधा दिने गरिएको छ । गाईको स्वास्थ्य जाँचपछिमात्र सो सुविधा दिने गरिएको किङ्रिङले बताउनुभयो ।

एक बिघा पाँच कट्ठा क्षेत्रफलभित्रको आधुनिक गोठ परिसरमै थरिथरिका घाँस खेती गरिएको छ । जिल्ला पशु सेवा कार्यालय महोत्तरीको सिफारिसमा लगाइएका डाले, लहरे र बन्से घाँस काटेर गोठअघि ल्याइनासाथ मेसिनले टुक्र्याएर गाईको आहार बनाइन्छ । अहिले दूधबाट दैनिक रु आठ हजार आम्दानी भइरहेको गोठ सम्भारमा संलग्न वीरेन्द्र महतो बताउनुहुन्छ ।

नगरपालिका क्षेत्रभित्र भए पनि ग्रामीण परिवेशको लटियानीमा किसानले सामूहिक रुपमा सञ्चालन गरेका आधुनिक गोठ र यहाँका गाई हेर्न टाढाटाढाबाट किसान आउने गरेका छन् । सो समूहले प्याक्टको रु ३४ लाख ९९ हजार अनुदान तथा आफ्नो रु ३६ लाख ४४ हजारको लागतमा गाईपालन व्यवसायमा शुरु गरेको हो ।

जिल्लामा परम्परागत रुपमा मात्र पशुपालन हुँदै आएको परिवेशमा लटियानीमा सञ्चालित सामूहिक र संस्थागत गाईपालन व्यवसाय जिल्लाकै लागि नमूना बनेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा जीवनकुमार सिंहले बताउनुभयो ।  (रासस)

प्रकाशित मिति : २०७४, १३ चैत्र मंगलवार १६:२४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो