भेरी सहकारीको मुनाफा १ करोड बढी

शुभ खबर, सोम गुुरुङ्ग, पुुुस २३ नेपालगन्ज ÷ भेरी सहकारी वित्तिय संस्था लिमिटेड नेपालगन्जले १ करोड ७ लाख ७८ हजार ५ सय ४१ रुपैया मुनाफा गरेको छ । संस्थाको शनिबार नेपालगन्जमा भएको २२ औ साधारण सभा कार्यक्रममा सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष बसन्त लामिछानेद्धारा प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष ७२÷७३ मा ९३ लाख १५ हजार २३ रुपैंया ४ मुनाफा गरेको प्रतिबेदनमा उल्लेख छ ।


१ करोड ८५ लाख २५ हजार ४ सय चुक्त्ता पुजी रहेको उक्त सहकारीले यस आर्थिक बर्षमा २० करोड ७ लाख ५९ हजार ९ सय ५२ रुपैया निक्षेप गरेको छ भने कर्जातर्फ २३ करोड ९५ लाख ७० हजार ५ सय रहेको छ ।

२०५३ साल फागुन २४ गते स्थापना भएको सहकारीको हाल ३३३८ सेयर सदस्य रहेका छन । संस्थाका अध्यक्ष बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देब बहादुुर केसी, विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, अथितिहरुमा जिल्ला सहकारी संघका सदस्य विन्दा खरेल शेयर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका केन्द्रीय सदस्य देब बहादुर केसीले जिल्लामा रहेका सम्पूर्ण सहकारीहरु सहकारी ऐन अनुुसार पुुस महिना भित्रै स्थानीय तहमा सूचीकृत हुुनुु पर्ने बताउनुु भयो । उहाँले यस भेरी सहकारीले बाँके जिल्लामा रहेर सहकारी ऐन अनुुसार कार्य गरेको भन्दै आगामी भविष्यमा बाँकेको सहकारीहरुमध्ये नमूनाको रुपमा परिचित हुुन र कार्यदिशामा अगागि बढ्न समेत शुुभकामना ब्यक्तगर्नुु भयो ।

सो कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बाँके जिल्लामा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार नियमन र कानुुनी प्रक्रियामा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

यस जिल्लामा ४०९ वटा सहकारी रहेका छन । कार्यक्रममा तिन जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा बेलभार ५ का गुुरुदेव शरण मिश्र, कोहपुुर ८ का डिल बहादुुर थापा र बनकटवा ९ निवासी भैरवी कार्की रहनुु भएको थियो । प्रमुख अथिति राष्ट्रिय सहकारी विकास बोर्डका केन्द्रिय सदस्य देब बहादुुर केसी र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई मायाको चिनो प्रदान गरिएको संस्थाका सहायक ब्यवस्थापक शोभा गुुरुङ्गले जानकारी दिनुु भयो ।

प्रकाशित मिति : २०७४, २२ पुष शनिबार १८:४४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो