कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

शुभ खबर, खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।

प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो ।

अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उहाँको भनाइ थियो । खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेको उहाँको तर्क थियो । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्नेमा मन्त्री खनालले जोड दिनुभयो ।

अब जमिन बाँझो राख्नेउपर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।  (रासस)

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतवार २२:१७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो