मन्त्रिपरिषद् विस्तार, १९ मन्त्रीद्वारा शपथ

शुभ खबर, प्रधानमन्त्रीशेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) हुनुहुन्छ ।

उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राख्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली काँग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ जना हुनुहुन्छ ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

त्यसैगरी, काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

प्रकाशित मिति : २०७४, ११ श्रावण बुधबार १८:४९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो