नुवाकोटमा गोरु जुधाउने तयारी

शुभ खबर, हरेक वर्ष नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा माघ १ गते गोरु जुधाउने मेला गर्दै आएकोमा यस वर्ष विशेष रूपमा मनाउने तयारी भइरहेको छ । कला, संस्कृति र परम्पराको जगेर्ना गरौँ, उत्तरगया क्षेत्र बेत्रावतीको पहिचान र विकासमा एकजुट होऔँ भन्ने नाराका साथ बेत्रावतीमा माघ १ गते भव्य मेलाको तयारी भइरहेको छ ।

परापूर्वकालदेखि नै माघेसङ्क्रान्तिका दिन बेत्रावतीवासीले घिउचाकु खाएर, तेल घसेर मनोरञ्जनका रूपमा गोरु जुधाउँदै आएका छन् । लामो समय हराएको यो चलनको सुरुवात एक दशकदेखि फेरि सुरु भएको छ ।

नेपाल र हाल चीनको स्वशासित क्षेत्र तिब्बतसँग १८४९ सालमा मैत्रीपूर्ण ऐतिहासिक सन्धि भएको स्मरणमा बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाउन थालिएको हो । बेत्रावती युवा क्लबका अध्यक्ष सुरज लवटका अनुसार यसपालि गोरुजुधाई मेलामा सहभागी हुन चाहने गोरुधनीहरूले पुस २० गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ ।

प्रतियोगितामा विजेता गोरुधनीलाई आयोजकले नगदसहित पुरस्कृत गर्दै आएको छ । यसपालि पनि राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित गोरुजुधाई मेलाको आयोजना गरिएको छ । मेलाको तयारी सुरु भएको र यसपालि पनि नुवाकोट र रसुवाका गोरुहरूको भिडन्त हुने स्थानीय सामाजिक अभियन्ता चक्रबहादुर डङ्गोलले बताए । बेत्रावती क्षेत्रको महत्व र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न गोरु जुधाउने मेलाले सहयोग पुगेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोलले बताए । बेत्रावतीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको उजागर गर्न मेला महोत्सवले टेवा पुग्ने स्थानीय युवा समाजसेवी गणेश श्रेष्ठले बताए । Source:  Trishuli Prawaha

प्रकाशित मिति : २०७४, २४ पुष सोमबार १९:४०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

सुनगाभा फुडल्याण्डले मःम फेस्टिबल गर्ने – मःमः मात्र रु. ९९ मा

शुभ खबर, सुनगाभा फुडल्याण्डले बालुवाटारमा मःम पारखीहरुलाई मध्यनजर गर्दै आगामी माघ २६ गते शुक्रबार मःम फेस्टिबल आयोजना गर्ने भएको छ […]

२०७४, ९ माघ मंगलवार १८:१२
स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न […]

२०७४, ७ माघ आईतवार १४:०३
नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

नुवाकोटे धामीलाई ‘नुवाकोट घर’ को अभिनन्दन

शुभ खबर, नुवाकोटको प्रसिद्ध भैरवीस्थान मन्दिरका पुजारी हरिमानसिंह डंगोल (धामीदाइ) लाई सानेपाको ‘नुवाकोट घर’ ले आज अभिनन्दन गरेको छ । गोर्खालीको […]

२०७४, ६ माघ शनिबार २२:००
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

शुभ खबर, निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । […]

२०७४, ५ माघ शुक्रबार १६:४१
उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

शुभ खबर, उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ […]

२०७४, ५ माघ शुक्रबार १६:३७
प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

प्रभाव र प्रतिकूल हुने गतिविधि कसैबाट नहोस्: प्रमुख निर्वाचन आयुक्त डा यादव

शुभ खबर, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय संसद्लाई पूर्णता दिनका लागि सहयोग […]

२०७४, ४ माघ बिहीबार १४:५२
भिडियो