बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र

शुभ खबर,  बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्ती कार्यक्रमको तयारी तीव्र पारिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र पारेको छ ।

लुम्बिनी विकास कोषले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५०१ सदस्यीय मूलसमारोह समिति र विभिन्न १३ वटा उपसमिति निर्माण गरेर काम थालेको हो ।

वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, १७ गते मूल कार्यक्रम २५६२औँ बुद्धजन्यती तथा लुम्बिनी दिवस मनाइने छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीन, भारत, जापान, फ्रान्स, पोल्याण्ड, मलेसिया, जर्मनी, श्रीलंकालगायत १५ राष्ट्रका प्रतिनिधि पर्यवेक्षकले कार्यपत्र प्रस्तुत गर्नाका साथै सम्मेलनमा ४५० जनाले प्रत्यक्ष भाग लिनेछन् ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २५६२ बुद्धजयन्ती तथा लुम्बिनी दिवस वैशाख १५ गते उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो । सो कार्यक्रममा देश विदेशबाट गरी डेढलाख भिक्षु भिक्षुणीको सहभागिता रहनेछ ।

त्यसका लागि करीब तीन हजारजना अट्ने गरी कार्यक्रमस्थल निर्माण भइरहेको छ । चैत ५ गतेदेखि रु तीन करोड ९७ लाखको लागतमा अस्थायी सम्मेलन हल निर्माण थालिएको हो । सभाहलको ३५ प्रतिशत काम सकिएको लुम्बिनी विकास कोषका योजना प्रमुख निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार १६:५६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो