जनविरोधी गतिविधि गर्नेलाई जनताले मत दिँदैनन्- मन्त्री पाण्डे

शुभ खबर, वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने बताउनुभयो ।

जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै उहाँले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताउनुभयो ।

“स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,” उहाँले भन्नुभयो । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो ।

“व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ” उहाँले भन्नुभयो ।

माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उहाँले बताउनुभयो ।

“उहाँ भर्खर चितवन आउनुभयो, यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ,” उहाँले भन्नुभयो । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उहाँले आफूलाई सहजरुपमा भेट्न सक्ने बताउनुभयो । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उहाँको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ ।

पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनुभयो । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उहाँले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताउनुभयो । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उहाँले विदेशिएका युवालाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रम आफूले तयार पारेको बताउनुभयो ।

रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मनत्री पाण्डेले बताउनुभयो । तटबन्धमाथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्नेलगायतका काम आफूले गर्ने उहाँको भनाइ थियो । (रासस)

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार १९:११

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो