बोइङ खरिद गर्न भवन भट्टलाई ४५ दिने म्याद

शुभ खबर, नेपाल वायुसेवा निगमले लिलामीमा राखेको बोइङ ७५७ खरिदका लागि बीबी एयरवेजलाई ४५ दिने म्याद दिएको छ । यो समयमा जहाज खरिदको लागि सबै रकम बुझाउनु पर्नेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजले असोज अन्तिम साता बोइङ खरिदका लागि अग्रिम भुक्तानी बापत एक करोड ५० लाख बुझाएको थियो ।

तर, लामो समय खरिद सम्झौता गर्न आनाकानी गरेपछि निगमले एक हप्ते म्याद दिँदै सार्वजनिक सूचना निकाल्यो । नियम र एयरवेजबीच गत मंगलबार खरिद सम्झौता भएको छ ।

निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले भने, ‘खरिद सम्झौता अनुसार अब ४५ दिन भित्रमा बाँकी रकम बुझाउनु पर्छ ।’

निगमले बीबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गर्न लागेको छ । यसमध्ये १० प्रतिशत अर्थात एक करोड ५० लाख अग्रिम भुक्तानी दिइएको छ । अब बीबी एयरवेजले १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि वायु सेवा निगम बोइङ ७५७ बेच्ने निर्णयमा पुगेको थियो । यो विमान सञ्चालनमा ल्याउनका लागिमात्र झण्डै ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

निगमले सन् १९८७ मा खरिद गरेको यो विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् । एक उच्च अधिकारीले भने, ‘अब यात्रु बोक्नका लाग यो विमान उचित हुँदैन । यसलाई मर्मत गरेर कार्गाेको रुपमा प्रयोग गर्न सकिन्छ ।’

विमान १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको सुरुअाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बेचेको छ । स्रोत: अनलाईनखबर

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार १९:२७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो