एसियाली विकास बैंकद्वारा १५ अर्ब ४० करोड ऋण सहयोग

शुभ खबर, एसियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरे ।

आगामी पाँच वर्षभित्रमा वीरगन्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगन्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ ।

परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजनासम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए ।

उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजनासम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरे ।

देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताए । रासस

प्रकाशित मिति : २०७४, ११ मंसिर सोमबार १७:०४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

शुभ खबर, प्रदेशसभा र संघको निर्बाचन पश्चात प्रदेशमा बिभिन्न व्यक्तिहरुलाई बिभन्नि जिम्मेवारी प्रदान गरिएको जस अन्र्तगत प्रत्येक प्रदेशको प्रदेश प्रमुख, […]

२०७४, १२ फाल्गुन शनिबार ११:३०
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

शुभ खबर, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । […]

२०७४, ११ फाल्गुन शुक्रबार १९:०९
ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख […]

२०७४, ११ फाल्गुन शुक्रबार १३:५०
नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

शुभ खबर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा […]

२०७४, ११ फाल्गुन शुक्रबार ०९:३७
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

शुभ खबर, विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको […]

२०७४, ११ फाल्गुन शुक्रबार ०८:५५
पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

शुभ खबर, नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको पाँचौ नुवाकोट महोत्सवको तयारी तिव्र […]

२०७४, १० फाल्गुन बिहीबार १९:०२
भिडियो