गोलभेडाको तीन दशक सुसारे बनेका एक सफल वैज्ञानिक

केदार बुढाथोकी : ‘टमाटर–क्रान्ति’ का नायक

शुभ खबर, दशकयता डा. केदार बुढाथोकीको हुलिया बदलिएको छ । पिता–पुर्खाले अँगालेका खेती–किसानीमै फर्किएका छन् । अवकाशपछिको जीवन कसरी बिताउने भन्ने द्विविधामा उनी फसेनन् । २०६२ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को वरिष्ठ वैज्ञानिकबाट बिदा लिएपछि तीन दशकपूर्व आफूले गहन अध्ययन–अनुसन्धान थालेको टमाटर खेतीमै घोत्लिन थाले । साढे तीन दशकको जागिरे–यात्राले बिट मार्दा उनको हातमा ३० लाख रुपैयाँ पर्‍यो । उनले तत्काल संकल्प उमारे, ‘यो रकम म टमाटर खेतीकै अनुसन्धानमा लगाउँछु ।’ तरकारीको बीउ आयात गर्दा बर्सेनि लाखौं रुपैयाँ विदेशिन्छ । आफूले टमाटरको बीउ उत्पादन गर्न थालेपछि अहिले ८० प्रतिशत बीउमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ ।

जबकि, अरू तरकारीका बीउ भने भारत, जापान, थाइल्यान्ड, कोरियाबाट आयात गरिन्छ । उनले नार्कका अवकाशप्राप्त वैज्ञानिकहरूलाई हाइब्रिड तरकारीको बीउ उत्पादन अनुसन्धान कार्यमा अभिप्रेरित गर्न राज्यलाई नगुहारेका होइनन् । तर्क गरे पनि, ‘एउटा वैज्ञानिकमा ४० लाख रुपैयाँ लगानी गर्ने हो भने उसले पाँच वर्षमा एउटा नयाँ जात निकाल्छ ।’ तर, भएनन् केही पनि । डा. बुढाथोकी र टमाटर पर्याय नै बनिसके । उनलाई ‘टमाटर–क्रान्तिको नायक’ भन्दा असान्दर्भिक नहोला । ०२८ सालमा भारतको राजस्थानस्थित उदयपुर युनिभर्सिटीबाट बीएस्सी–एजी गरेपछि नेपाल फर्किएर सहायक तरकारी विकास अधिकृतको रूपमा जागिर थालेका उनले एक वर्ष पोखरामा बिताए । त्यसलगत्तै उनी सर्लाहीको नवलपुर सरुवा भए । त्यहाँ पूरै चारकोसे झाडी थियो । उनले झाडी फाड्न लगाइ फार्म बनाए ।

त्यतिबेला पूर्व–पश्चिम राजमार्गले छोएको सर्लाहीको अधिकांश भेगका किसान तोरी खेतीमै मग्न थिए । आफूले टमाटर खेतीमै स्नातक गरेका हुँदा उनले किसानहरूलाई टमाटर खेतीमा लगाउने विचार गरे । भन्छन्, ‘मैले किसानहरूलाई तोरीको ठाउँमा टमाटर लगाए धेरै आम्दानी हुने बताएँ र गाउँ–गाउँ पुगी रातभरि मइन्टोल बालेर तालिम दिएँ ।’ लालबन्दीबाट आरम्भ भएको टमाटर–क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो । अहिले पूर्वमा ढल्केबरदेखि पश्चिममा निजगढसम्म टमाटर खेती फस्टाउने श्रेय डा. बुढाथोकीलाई नै जान्छ । त्यतिबेला वीरगन्जका व्यापारीहरू भारतबाट टमाटर ल्याउँथे र काठमाडौं र पोखरा लगेर बेच्थे । डा. बुढाथोकीले ती व्यापारीहरूलाई समाते र लालबन्दीको टमाटर गुणस्तरीय र स्वादिलो रहेको बताएर बेच्न प्रेरित गरे । नभन्दै उनको प्रयत्नले ‘गोल’ गर्‍यो । ०३२ सालदेखि लालबन्दीको टमाटर भित्रिन थाल्यो, काठमाडौं । उनी दाबी गर्छन्, ‘हिउँदमा भारतबाट आउने टमाटरलाई लालबन्दीको टमाटरले विस्थापित गर्‍यो ।’ त्यतिबेला हिउँदमा भारतको नासिक र वर्षाद्मा हिमाञ्चल प्रदेशबाट काठमाडौंमा टमाटर भित्रिन्थ्यो ।

लालबन्दीबाट आरम्भ भएको टमाटर–क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो

सन् १९४८ मा कीर्तिपुरको चारघरेमा जन्मिएका डा. बुढाथोकीलाई कृषि क्षेत्रमा लाग्ने उत्प्रेरणा घरायसी वातावरणले नै दियो । बुवा तरकारी खेतीमा तन्मयपूर्वक लागेको सानैदेखि देखे उनले । कीर्तिपुरमा उत्पादित तरकारी कालीमाटीसम्म डोकोमै पु¥याउनुपर्ने जमाना थियो त्यो । उनी सम्झिन्छन्, ‘०३० सालमा कीर्तिपुरमा गाडी पुगेपछि मात्रै गाडीमै तरकारी ओसार्न थालिएको हो ।’ त्यसो त, आधा शताब्दीअघिको कीर्तिपुर उनको स्मृतिमा गढेरै बसेको छ । भन्छन्, ‘कीर्तिपुरका घरका कोठाहरू अत्यन्तै साँघुरा हुन्थे । ठूलो परिवार भएको हुँदा सबै सदस्यलाई कोठा पु¥याउनुपर्ने कारण त्यसो गरिएको रहेछ ।’

पुरानो समयको कीर्तिपुर सम्झिँदा डा. बुढाथोकी ‘हरितन्नम कीर्तिपुर’को स्मरण गर्न पुग्छन् । भन्छन्, ‘चारघरेमा ८० घर थियो । तर, ६–७ घरपरिवारका मानिसलाई मात्र खान पुग्थ्यो ।’ ०२१ सालमा नयाँ विकासे धान (ताइचिन), विकासे मकै (खुमल) र नयाँ गहुँ (पीटी ६२) लगाउन थालेपछि भने त्यसले कायापलट नै ल्यायो । भन्छन्, ‘चार रोपनी जग्गामा पुरानो धान रोप्दा १० मुरी फल्थ्यो, ताइचिन रोप्दा भने ३२ मुरीसम्म फल्न थाल्यो । उत्पादन बढ्न थालेपछि कीर्तिपुरका मानिसले खाद्य संकटबाट छुट्कारा पाए ।’

डा. बुढाथोकी ०५२ सालमा वागवानी अनुसन्धान महाशाखाका प्रमुख भए । त्यसपछि उनले ‘प्लास्टिक–घर’ को अवधारणा ल्याए । मध्यपहाडी भेगमा हिउँदमा तुषारो र वर्षामा अत्यधिक वर्षात्ले तरकारीलाई नोक्सानी तुल्याउने देखेपछि ‘प्लास्टिक–घर’को बाटो रोजेका उनले शुरुमा लुभुका तीन, धर्मस्थलीका दुई र टौदहका दुई किसानको जग्गामा प्रयोग गरे । ती सबै जग्गामा टमाटर रोपे । भन्छन्, ‘प्लास्टिक–घरको उत्पादनपछि किसानहरूले एक रोपनीबाटै दुई लाखसम्म आम्दानी गर्न थालेपछि यसको माग बढ्न थाल्यो । मैले पनि नक्खुमा ५० रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गर्न थालेँ ।’ जेठदेखि साउनसम्म नेपालको पहाडी भेगमा उत्पादित टमाटर भारतसम्मै पुग्ने डा. बुढाथोकी बताउँछन् ।

नयाँ जातको नाम राखियो– ‘सिर्जना’ । उनै सिर्जना आचार्यको नाम

२०५४ सालमा नार्कमा वरिष्ठ वैज्ञानिक भएर प्रवेश गरेका उनी त्यही वर्ष काभ्रेको पाँचखाल गएका थिए । त्यहाँ उनले ‘ब्याक्टेरियल विइल्ड’ नामक जीवाणुका कारण ८० प्रतिशत टमाटर ओइलाएको पाए । एउटा किसानले त ठाडै चुनौती दिँदै भने, ‘अब कुनै माइकालालले पनि नओइलाउने जातको टमाटर निकाल्न सक्दैनन्, कसैले निकाल्छन् भने हामी सुनकै शालिक बनाइदिन्छौँ ।’ ती किसानका चुनौतीले डा. बुढाथोकीलाई घोत्लिन बाध्य पार्‍यो ।

२०५२ सालमा लन्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’मा विद्यावारिधि गरे पनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे।

एक दिन, नार्कमै बसिरहेका बेला काठमाडौं, पशुपतिकी सिर्जना आचार्य उनलाई भेट्न आइन् र भनिन्, ‘सर, मैले हिमाञ्चलबाट बीएस्सी–एजी गरेकी छु । तर, जागिर पाइनँ । जागिर पाइन्छ कि भनेर आएकी हुँ ।’ डा. बुढाथोकीले उनीसामु एउटा प्रस्ताव राखे, ‘तिमी हिमाञ्चल प्रदेशमा जाऊ र नओइलाउने जातको टमाटर लिएर आऊ ।’ डा. बुढाथोकीले सिर्जनालाई उक्त कामका निम्ति ५० हजारसमेत दिए । सिर्जनाले भाले–पोथी गरेर १६ वटा जात ल्याइन् । भन्छन्, ‘त्यसपछि म र सिर्जना त्यो जीवाणु सहन सक्ने नयाँ जात विकास गर्नमा लाग्यौं । हामीले १६ जातलाई विस्तार गरेर ६४ वटा कम्युनिकेसन बनायौं । पाँच वर्षको अनुसन्धानपछि हामीले ब्याक्टेरियल विइल्ड नामक जीवाणुलाई सहन सक्ने नयाँ जातको टमाटर विकास गर्‍यौं ।’

नयाँ जातको नाम राखियो– ‘सिर्जना’ । उनै सिर्जना आचार्यको नाम । डा. बुढाथोकी भन्छन्, ‘जसले मिहिनेत गरेको छ, उनैको नाम राखेको हुँ, मैले ।’ डा. बुढाथोकीले ‘सिर्जना’लाई एउटै बोटमा ३१ केजीसम्म फलाए । त्यसको बीउको माग बढ्न थालेपछि भने उनले बीउ उत्पादनमै जोड दिँदै आए ।

हरेक वर्ष उनी एक सय १५ केजीजति बीउ उत्पादन र बिक्री गर्छन् । एक केजी बीउ बेच्दा एक लाख आम्दानी हुन्छ । त्यसो त, सिर्जना ६० ग्रामको टमाटर हो । तर, उनले सिर्जनापछि धेरै ग्राम हुने टमाटरहरू पनि विकास गर्दै आए । ‘उन्नत सिर्जना’ ८० ग्रामसम्म हुन्छ भने ‘सम्झना’ चाहिँ सय ग्राम । एक सय २५ ग्रामसम्मको ‘डा.सरिता’ फलाएपछि उनले गत वर्ष मात्रै एक सय ५० ग्रामको ‘डा. तीन’ नामक नयाँ जातको विकास गरे । सम्झना, सरिता भने उनकै फार्ममा कार्यरत केटीहरू हुन् । र, उनीहरूकै नामबाट राखे, विकसित टमाटरको नाम । भन्छन्, ‘जुन काममा जसको श्रम परेको छ, तिनैको नाम राख्न मन पर्छ मलाई ।’

२०५२ सालमा लन्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’ मा विद्यावारिधि गरे पनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे । त्यसो त उनी प्याजको अनुसन्धानमा पनि लागे । बेमौसमी–१ नामको नयाँ जात पनि विकास गरे । तर, त्यसलाई रजिस्टर्ड गर्न सकेनन् । देशलाई टमाटरमा आत्मनिर्भर बनाएर उनी प्रशन्न छन् । भन्छन्, ‘मजस्तै अरू वैज्ञानिकहरू पनि यसरी नै अनुसन्धानमा दत्तचित्त भएर लाग्ने हो भने हामीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्छौं ।’ Source: Newsagro

प्रकाशित मिति : २०७४, २२ पुष शनिबार १८:२४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो